फलित ज्योतिषः- नारायण भण्डारी

मेष राशिः- चु चे चो ला लि लु ले लो अ
यो साता नविन कार्य योजना बन्नेछ। सामाजिक कार्यहरुमा तपाईको रुचि बढ्नेछ। लगनशील भएर कामगर्ने वानीले कामहरु सहजरुपमा अगाडि बढ्नेछन। बोलीको प्रभाव बढ्नेछ। नयॅा नयॅा ज्ञान सिक्ने मौका मिल्नेछ। कामको सिलसिलामा समस्याहरु अनेक आउनेछन तर कार्यमा भने सफलता हातलाग्नेछ। ३ र ५ शुभ अंक रहेका छन भने रातो रंग शुभ रंगमा परेकोछ। वंगलामुखी माताको आराधना पस्चात गरेका कार्यले तपाईलाई सफलता दिलाउनेछन।

वृष राशिः- इ उ ए ओ वा वि वु वे वो
यो साता तपाईको दाम्पत्य जिवन सुमधुर रुपमा अगाडि बढ्नेछ। धार्मिक कृत्यहरुमा रुचि बढ्नेछ। भाग्यले विभिन्न अवसरहरु जुराउनेछ। शुभ समाचार सुन्न पाउनुहुनेछ। तर साताको उत्तरार्धबाट भने तपाईको नियमित खर्चमा समेत बढोत्तरी हुनेछ। साथीभाईबाट विरोध एवं मनमुटाव हुनेछ। १ र ७ शुभ अंक रहेका छन भने सेतो रंग शुभ रंगमा परेकोछ। तपाईका माता पिताको आशिर्वाद लिएर गरेका कार्यहरुले तपाईलाई सफलता दिलाउनेछन।

मिथुन राशिः- का कि कु घ ङ छ के को ह
यो साताको सुरुवाति दिनहरुमा तपाईको मालसामान हराउने योग रहेकोछ। विभिन्न झमेला एवं चुनौतीहरु आईपर्नेछन। तर साताको उत्तरार्धबाट भने धार्मिक एवं सामाजीक कार्यमा रुचि बढ्नेछ। सहज रुपमा दिनहरु र दैनीक कार्यहरु अगाडि बढ्नेछन। पुराना साथीभाईसंग पूनर्मिलन हुने योग रहेकोछ। ६ र ९ शुभ अंक रहेका छन भने कालो रंग शुभ रंगमा परेको छ। भोलानाथ भगवानको आराधना गरी गरेका कार्यहरुले तपाईलाई सफलता दिलाउनेछन।

कर्कट राशिः- हि हु हे हो डा डि डु डे डो
यो साता तपाईले शुभ समाचार सुन्न पाउनुहुनेछ। लामो समयदेखि रोकिएका कामहरुलाई दोहोर्याएर प्रयत्नगर्दा कार्य संपादन हुनेछन। मिस्ठान्न भोजन प्राप्तहुने योग रहेकोछ। तपाईका साथीभाईको साम्रो साथ सहयोग रहनेछ। तर साताको उत्तरार्धमा भने निकै ख्याल गर्नुहोला नत्र दुष्ट व्याक्तिको संगतले आत्मघाती काम गर्न सक्नुहुनेछ।मनमा नैरास्यता छाउनेछ। २ र ६ शुभ अंक रहेका छन भने गुलाबी रंग शुभ रंगमा परेकोछ। तपाईका ईष्ट देवताको आराधना पस्चात गरेका कार्यले तपाईलाई सफलतामा पुर्याउनेछन।

सिंह राशिः- मा मि मु मे मो टा टि टु टे
यो साता तपाईलाई भौतिक सुख सुविधाका साधनहरु खरिद गर्ने योग रहेकोछ। नयॅा नयॅा ज्ञान सिक्ने मौका मिल्नेछ। आफन्तहरुले गरेको प्रगतीमा तपाईको मन प्रसन्नहुनेछ। लामो समयदेखी रोकिएका कार्यहरुलाई पूनः दोहोर्याएर प्रयत्नगर्दा कार्यसंपादन हुनेछन। अरुलाई प्रभावित बनाएर आफ्नो काम बनाउन सक्नुहुनेछ। ३ र ६ शुभ अंक रहेका छन भने सेतो रंग शुभ रंगमा परेकोछ। माता दुर्गा भवानीको आराधनागरी गरेका कार्यहरुले तपाईलाई सफलता दिलाउनेछन।

कन्या राशिः- टो पा पि पु ष ण ठ पे पो
यो साता तपाईको घरमा अतिथीको आगमन हुनेछ। लामो समयदेखि फसेको धन हातपार्न सक्नुहुनेछ। तपाईका आफन्तहरुको राम्रो साथ सहयोग प्राप्तहुनेछ जसको कारणले उल्लेख्य कार्यहरु संपादन गर्न सक्नुहुनेछ। तर साताको मध्यबाट भने अनावस्यक ठाउमा धन खर्चहुनेछ। मनमा नैरास्यता छाउनेछ। दैनिक कार्यहरुमा ढिलासुस्ति हुनेछ। ४ र ८ शुभ अंक रहेका छन भने पहेलो रंग शुभ रंगमा परेकोछ। तपाईका पितृहरुको स्मरण गरि गरेका कार्यहरुले तपाईलाई सफलता दिलाउनेछन।

तुला राशिः- रा रि रु रे रो ता ति तु ते
यो साता तपाईको वेसुरमा अरुलाई वचन दिने बानीले तपाईलाई नै अप्ठ्यारो परिस्थीतीमा पार्नेछ। तपाईको फजुल र अनावस्यक कुराहरुमा खर्चको बढोत्तरी हुनेछ। मनमा नैरास्यता छाउनेछ। तर साताको उत्तरार्धबाट भने तपाईको पारीवारीक जमघटको योग रहेकोछ जसले तपाईको मन प्रसन्न गराउनेछ । कुटनीतिक क्षेत्रको काम सहजरुपमा अगाडि बढ्नेछन। लामो समयदेखि रोकिएका कार्यहरुलाई पूनः दोहोर्याएर प्रयत्नगर्दा कार्य संपादन हुनेछन। मनमा आनन्द मिल्नेछ। २ र ४ शुभ अंक रहेका छन भने क्रिम रंग शुभ रंगमा परेकोछ। भगवान नारायणको स्तुती पस्चात गरेका कार्यले तपाईलाई सफलता दिलाउनेछन।

वृश्चिक राशिः- तो ना नि नु ने नो या यि यु
यो साता तपाईको बुद्धिबिबेकले बिभिन्न कार्यहरु संपादन हुनेछन। दाम्पत्य जिवन सुमधुर रुपमा अगाडि बढ्नेछ। छोटो तर लाभदायक यात्राको योग रहेकोछ। नगद लगानी गरेर गरेका कार्यहरुमा राम्रो प्रतिफल प्राप्त हुनेछ। मनमा शन्तोष मिल्नेछ। दैनिक कार्यहरु सहज रुपमा अगाडि बढ्नेछन। परोपकारका कार्यहरुमा रुचि बढ्नेछ। १ र ५ शुभ अंक रहेका छन भने हरियो रंग शुभ रंगमा परेकोछ। पारीवारीक सरसल्लाह गरेर गरेका कार्यले तपाईलाई सफलता दिलाउनेछन।

धनु राशिः- ये यो भा भि भु धा फा ढा भे
यो साता तपाईलाई भाग्यले एकपछि अर्को अवसर जुराउनेछ। लामो समयदेखि प्रतिक्षामा रहेको कार्य सहजै रुपमा कार्यसंपादन हुनेछ। शेयर बजारमा गरेको लगानीले तपाईलाई राम्रो प्रतिफल दिलाउनेछ। शुभ कार्यको चर्चा पनी चल्नेछ। तर साताको मध्यवाट भने तपाईको मन दोधारे हुनेछ। निर्णय क्षमतामा कमी आउनेछ। मनमा बेचैनीहुनेछ। ३ र ७ शुभ अंक रहेका छनभने कालो रंग शुभ रंगमा परेकोछ। नवग्रहहरुको आराधना पस्चात गरेका कार्यले तपाईलाई सफलता दिलाउनेछन।

मकर राशिः- भो जा जि जु जे जो ख खि खु खे खो गा गि
यो साता तपाईको मन प्रसन्न हुने समाचार सुन्न पाउनुहुनेछ। लामो समय देखि रोकिएको काम यसैसाता कार्य संपादन हुनेछ। शैक्षिक क्षेत्रमा सफलता हातलाग्नेछ। तपाईको बोलि बिक्नेछ। मनमा उत्साह बढ्नेछ। तर साताको मध्यवाट भने तपाईको आर्थिक पक्ष कमजोर रहनेछ। तपाईको मन उत्ताउलो हुनेछ भने भावुकतामा रहनेछ। २ र ८ शुभ अंक रहेका छन भने पहेलो रंग शुभ रंगमा परेकोछ। तपाईक कुल देवताको आराधना पस्चात गरेका कार्यले तपाईलाई सफलतामा पुर्याउनेछन।

कुम्भ राशिः- गु गे गो सा सि सु से सो द
यो साता तपाईको विचार संग अन्यव्याक्ति सहमत नहुन सक्छन। तपाईको मन खिन्न हुनसक्नेछ। तर साताको मध्यबाट भने सामाजिक एवं धार्मिक कार्यहरुमा तपाईको रुचि बढ्नेछ। बैदेशिक कार्यहरु सहजरुपमा अगाडि बढ्नेछन। सानातिना समस्याहरुको सामना गर्नपरेपनी तपाईका कामहरु सहजरुपमा अगाडि बढ्नेछन। ४ र ८ शुभ अंक रहेका छन भने बैजनी रंग शुभ रंगमा परेको छ। तपाईका ईष्ट देवताको आराधना गरेर गरेका कार्यहरुले तपाईलाई सफलता दिलाउनेछन।

मीन राशिः- दि दु थ झ ञ दे दो चा चि
यो साता तपाईको लागि रमणिय र सुखद यात्रा हुने योग रहेकोछ। व्यापार व्यवसाय एवं कलकारखानाबाट तपाईलाई मनग्ये आम्दानी हुनेछ। शैक्षिक क्षेत्रको प्रगती उन्नती हुनेछ। सास्कृतीक कार्यहरुमा तपाईको रुचि बढ्नेछ। मनमा भएको डर पनी हराएर जानेछ। बिभिन्न धार्मीक कार्यहरु गर्ने योग रहेकोछ। ३ र ७ शुभ अंक रहेका छन भने पर्पल रंग शुभ रंगमा परेकोछ। पवनपुत्र हनुमानको आराधना पस्चात गरेका कार्यले तपाईलाई सफलता दिलाउनेछन।
सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामया।
सर्वे भद्राणि पश्यन्तु मा कश्चित् दुःखभाग् भवेत्।।
राशिफलमा जे जस्तो फलित गरिएतापनि तपाईं आफ्नो कर्ममा बिस्वास गरेर अगाडि बढ्नुहोला सफलता तपाईको हातमा हुनेछ।
जयतु संस्कृतम दयतु सनातनम हरि ॐ