साप्ताहिक राशिफल ८ असोज देखि १४ असोज २०७९ सम्मको


फलित ज्योतिषः- नारायण भण्डारी

AD146B25 777E 4E80 8A18 775731DAFFA6

 

मेष राशिः- चु चे चो ला लि लु ले लो अ

यो साता तपाईलाई बिभिन्न अवसरहरु आउनेछन सहि अवसरलाई सहि समयमा सदुपयोग गर्न सक्नुभयो भने तपाईको जिबन परिवर्तन हुनेछ।तपाईको मन मिल्ने मित्रसंग भेटघाट हुनेछ। शैक्षिक क्षेत्रमा राम्रो प्रगती उन्नति हुनेछ। तर साताको उत्तरार्धमा भने अनावस्यक खर्च बढ्नेछ निकै होसियारीका साथ अगाडि बढ्नुहोला। १ र ५ शुभ अंक रहेका छन भने पहेलो रंग शुभ रंगमा परेको छ। कार्य शिद्धिदाता गणेश भगवानको आराधना पस्चात गरेका कार्यले तपाईलाई सफलता दिलाउनेछ।

 

B92FF335 C8B1 4A44 8D1A 795A535C876B

वृष राशिः-  इ उ ए ओ वा वि वु वे वो

यो साता तपाईले आटेताकेका काममा ढिलासुस्ति हुनेछन। तपाइको योजना अनुरुप काम नबन्नाले दिक्क लाग्नसक्नेछ। राजनीतिक कार्यहरुमा बिभिन्न बाधा बिरोधहरु उत्पन्न हुनेछन। तपाईको मालसामान हराउने या चोरीहुने योग रहेको छ निकै साबधानिका साथ रहनुहोला । तर साताको मध्यबाट भने दैनिक कार्यहरुमा प्रगति हुनेछ। तपाईको स्वास्थ्यमा सुधार आउनेछ। मिष्ठान्न भोजन प्राप्त हुनेछ। २ र ८  शुभ अंक रहेका छन भने खैरो रंग शुभ रंगमा परेकोछ। दक्षिणकाली माताको आराधना पस्चात गरेका कार्यले तपाईलाई सफलता दिलाउनेछन।

5E456FF6 2C89 42E9 AB9A D3BDBD7F5F70

 

मिथुन राशिः- का कि कु घ ङ छ के को ह

यो साता तपाईलाई आकस्मिक रुपमा नसोचेको ठाउबाट धन प्राप्त हुनेछ। नयॅा वस्त्र उपहारको रुपमा प्राप्त हुने योग रहेकोछ।  शुभ समाचार सुन्न पाउनुहुनेछ जसले गर्दा तपाईको मन प्रसन्न हुनेछ। तपाईका आफन्त एवं साथीभाईबाट राम्रो साथ सहयोग मिल्नेछ जसको कारणले तपाईले उल्लेख्य कार्य संपादन गर्न सक्नुहुनेछ। पराक्रममा बृद्धि हुनेछ शत्रुहरु हटेर जानेछन। छोटो दुरीको तर लाभदायक यात्रा हुनेछ। ३ र ५ शुभ अंक रहेका छन भने रातो रंग शुभ रंगमा परेको छ। भैरवनाथ भगवानको आराधना पस्चात गरेका कार्यहरुले तपाईलाई सफलता दिलाउनेछन।

 

6DBF53EC F9B9 4B2C 8D33 EF84F53081B1

 

कर्कट राशिः- हि हु हे हो डा डि डु डे डो

यो साता तपाईका आफ्ना आफन्तहरुसंगको संबन्धमा चिसोपना आउनेछ। तपाईले गरिरहनुभएका दैनिक कार्यहरुमा बाधा अडचनहरु आउनेछन। शैक्षिक क्षेत्रमा पनि खासै राम्रो देखिएको छैन मेहनत गरेर पढेमा राम्रै हुनेछ। तर साताको मध्यबाट भने तपाईले गरिरहनु भएको उधोग एवं व्यापार व्यवसायमा राम्रो आम्दानी हुनेछ। तपाईका नजिकका आफन्त एवं साथीभाईसंग पूनर्मिलनको योग रहेकोछ। दैनिक आहार बिहारमा भने निकै ख्याल गर्नुहोला। ४ र ६ शुभ अंक रहेका छन भने गुलावी रंग शुभ रंगमा परेकोछ। तपाईका ईष्ट देवताको आराधना पस्चात गरेका कार्यहरुले तपाईलाई सफलता दिलाउनेछन।

C2E065F7 9DA3 4E06 9E55 9A34A332EA6E

 

सिंह राशिः- मा मि मु मे मो टा टि टु टे

यो साता तपाईले आटे ताकेका शुभ र राम्रा कामहरु पुरा हुनेछन । शुभ समाचारहरु सुन्न पाउनुहुनेछ। शुभ कार्यको योग समेत रहेकोछ। दाम्पत्य जीवन सुमधुर रुपमा रमाईलो वातावरणमा बित्नेछ। वस्त्रालंकारहरु उपहारको रुपमा प्राप्त हुनेछन। मनमा आनन्द प्राप्त हुनेछ। तर साताको उत्तरार्धमा भने तपाईलाई अनावस्यक लाल्छना लगाउन सक्ने योग रहेको छ। निक्कै सोच बिचार गरेर अगाडि बढ्नुहोला। ३ र ७ शुभ अंक रहेका छन भने बैजनी रंग शुभ रंगमा परेकोछ। तपाईका कुल देवताको आराधना पस्चात गरेका कार्यहरुले तपाईलाई सफलता दिलाउनेछन।

 

ADE63758 7FDE 4B5C A8EB 9EBEA3A73A82

कन्या राशिः- टो पा पि पु ष ण ठ पे पो

यो साता तपाईलाई अनावस्यक र झण्झटिलो यात्रा हुने योग रहेको छ।  अनावस्यक खर्चमा बृद्धि हुनेछ। तपाईको स्वास्थ्य प्रती निकै सचेत रहनुहोला। तर साताको मध्यबाट भने तपाईका दैनिक कार्यमा प्रगती हुनेछ। तपाईका बिरोधीहरुले तपाईको साथ र समर्थन गर्नेछन। पारीवारिक वातावरण निकै रमाईलोका साथ बित्नेछ। सामाजिक एवं धार्मिक कार्सहरुमा रुचि बढ्नेछ।  ५ र ८ शुभ अंक रहेका छन भने सेतो रंग शुभ रंगमा परेकोछ। पसुपतीनाथ भगवानको आराधना पस्चात गरेका कार्यले तपाईलाई सफलता दिलाउनेछन।

 

5270EBBF 03AD 4605 9CD1 2790EA165C5A

 

तुला राशिः- रा रि रु रे रो ता ति तु ते

यो साता तपाईलाई व्यापार व्यवसायबाट राम्रो आम्दानी प्राप्त हुनेछ। मिष्ठान्न भोजन प्राप्तहुने योग रहेकोछ। सन्तानसुखको योग समेत रहेको छ। सन्तानहरुबाट तपाईले शुभ समाचार पाउन सक्नुहुनेछ। महिला मित्रहरुबाट तपाईलाई बिषेश सहयोग प्राप्त हुनेछ। राजनीतिक कार्यमा रुचि बढ्नेछ। साताको उत्तरार्धमा तपाईका बिरोधीहरुबाट सचेत रहनुहोला। बोलिमा लगाम लगाउनुहोला अर्थात निकै सोच बिचार गरेर मात्र बोल्नुहोला। १ र ९ शुभ अंक रहेका छन भने घिउ रंग शुभ रंगमा परेको छ। तपाईका पितृहरुको आराधना पस्चात गरेका कार्यहरुले तपाईलाई सफलता दिलाउनेछन।

 

4B79A69F 4834 42BB 86D8 66C044CBC56E

 

बृश्चिक राशिः-  तो ना नि नु ने नो या यि यु

यो साता तपाईले आटे ताकेका कार्यहरु सहजरुपमा अगाडि बढ्नेछन। काम गरेर दाम नाम र प्रतिष्ठा कमाउने समय आएकोछ। तपाईका आदर्श व्याक्तिहरुसंको सहकार्यले तपाईलाई नयॅा ज्ञान सिक्ने अवसर प्राप्त हुनेछ। तपाईले गरेको कार्यलाई  तपाईका आदर्श व्याक्ति एवं साथीभाईले तारिफ गर्नेछन। कसैलाई वचन दिदा निकै सोचविचार गरेर  वोल्नुहोला अन्यथा तपाईको वोलिले तपाईलाईनै अप्ठ्यारोमा पार्नेछ।  ६ र ८ शुभ अंक रहेका छन भने आकासे निलो रंग शुभ रंगमा परेको छ। मॅाहा कालिमाताको आराधना पस्चात गरेका कार्यले तपाईलाई सफलता दिलाउनेछ।

0A8BCA82 414D 4986 ADFE 4FC30AB5827C

 

धनु राशिः- ये यो भा भि भु धा फा ढा भे

यो साता तपाईलाई तपाईले सोचे अनुसारको व्यापार व्यवसायले साथ नदेला। सरकारी पक्षबाट भय रहनेछ। नियम कानुनको निकै ख्याल गर्नुहोला। स्वास्थ्यमा गबढि आउनसक्ने योग देखाएकोछ। धार्मिक यात्रा तिर्थाटन एवं देवि देवताका मन्दिरहरुको दर्शन गर्ने र दान दक्षिणा गर्दा तपाईलाई शुभ फल मिल्नेछ। पितृहरुको आराधना गर्दा तपाईलाई अझ बढि लाभ मिल्नेछ। तर साताको उत्तरार्धमा भने व्यापार व्यवसाय फस्टाउनेछ। तपाईको नजिकको मित्रको साथ सहयोग मिल्नेछ। ३ र ९ शुभ अंक रहेका छन भने ध्वासे रंग शुभ रंगमा परेको छ। तपाईका पितृहरुको स्मरण गरी गरेका कार्यहरुले तपाईलाई सफलता दिलाउनेछन।

 

74F8ADE1 B89F 4060 AB00 ED174C539A48

मकर राशिः-  भो जा जि जु जे जो ख खि खु खे खो गा गि

यो साता तपाईलाई रोग व्याधीको प्रकोप रहनेछ। मनमा द्विविधा उत्पन्न हुनेछ। व्यापार व्यवसायमा सोचेजस्तो प्रगती नहुन सक्नेछ। आकस्मिक रुपमा धनक्षय हुनेछ। निकै सोचविचार गरेर मात्र अगाडि बढ्नुहोला। तर साताको मध्यबाट भने तपाईका आफन्तहरुसंगोको संबन्धमा सुधार आउनेछ। दैनिक कार्यहरु सहज रुपमा अगाडि बढ्नेछन। तपाईको निकटतम मित्रले साथ समर्थन गर्नेछन । छोटो तर लाभदायक यात्राको योग रहेकोछ। २ र ६ शुभ अंक रहेका छन भने सुन्तला रंगको रंग शुभ रंगमा परेकोछ। तपाईका माता पिताको आशिर्वाद लिएर गरेका कार्यहरुले तपाईलाई सफलता दिलाउनेछ।

 

 

6210C06B 5597 4051 95C6 56DBDC566971

कुम्भ राशिः- गु गे गो सा सि सु से सो द

यो साता तपाईको व्यापार व्यवसायबाट राम्रो आम्दानी र प्रगती हुनेछ। सामाजिक एवं परोपकारका काममा रुचि बढ्नेछ। आकस्मिक रुपमा धनागमन हुनेछ। दाम्पत्य जिवन सुमधुर रुपमा अगाडि बढ्नेछ। रमाईलो र स्मरणगर्न लायक यात्राको पनी योग रहेकोछ। तर साताको मध्यबाट भने खर्चमा मितव्ययिता अपनाउनुहोला । स्वास्थ्य प्रति निकै सचेत रहनुहोला। मनमा चंचलता हुनेछ। निकै संयमित भएर अगाडि बढ्नुहोला। ३ र ५ शुभ अंक रहेका छन भने कलेजी रंग शुभ रंगमा परेकोछ। दीनदुखी हरुको सेवा तथा भोजनदान गरेर गरेका कार्यले तपाईलाई सफलता दिलाउनेछन।

 

00C28400 35D3 47F5 B5B7 9C64B8FA69A4

 

मीन राशिः- दि दु थ झ ञ दे दो चा ची

यो साता तपाईले मन प्रसन्न गराउने शुभ समाचार सुन्न पाउनुहुनेछ। तपाईको फसेको धन हातलागि हुने समय आएको छ। तपाईका शत्रुहरु पराजय भएर आफै पाखा लाग्नेछन। तपाईलाई आध्यात्मिक एवं भौतिक सुख प्राप्तहुनेछ। तपाईका आफन्तहरुसंग पूनर्मिलनको योग रहेको छ। परोपकारका कार्यमा रुचि बढ्नेछ। स्वास्थ्यमा भने निकै ख्याल गर्नुहोला। खर्चमा भने तपाईको नियमित भन्दा बृद्धि हुनेछ। ४ र ९ शुभ अंक रहेका छन भने रातो रंग शुभ रंगमा परेको छ। पारिवारिक सरसल्लाह गरेर गरेका कार्यले तपाईलाई सफलता दिलाउनेछ।

राशिफलले जे जस्तो फलित गरेता पनि तपाई आफ्नो कर्ममा बिस्वास गरेर अगाडि बढ्नुहोला सफलता चपाईको हातमा हुनेछ।

“यो साता तपाईको शुभ रहोस”

“जयतु संस्कृतम जयतु सनातनम हरि ॐ”

DFD3B0C5 389D 4C52 91D7 A3C3AA136794

 


Translate »