साप्ताहिक राशिफल ११ असार देखि १७ असार २०७९ साल सम्मको


फलित ज्योतिषः- नारायण भण्डारी

 

AD146B25 777E 4E80 8A18 775731DAFFA6

मेष राशि ः- चु चे चो ला लि लु ले लो अ

यो साता तपाईलाई नयॅा काम वा रोजगार प्राप्त हुनेछ। तपाईका आफन्तहरुको राम्रो साथ सहयोग रहनेछ। भाग्यले विभिन्न अवसरहरु जुराउनेछ। साहित्य कला र सङ्गीतमा तपाईको रुचि बढ्नेछ। शैक्षिक क्षेत्रमा राम्रो प्रगती हुनेछ। तपाईका नजिकका व्याक्तिहरुको साथ समर्थनले गर्दा महत्वपूर्ण कार्यहरु संपादन गर्न सक्नुहुनेछ। प्राविधिक क्षेत्रको कार्यमा तपाईको रुचि बढेर जानेछ। ३ र ७ शु अंक रहेका छन भने सेतो रंग शुभ रंगमा परेको छ। भोलानाथ भगवानको आराधना पस्चात गरेका कार्यले तपाइलाई सफलतामा पुर्याउनेछ।

 

B92FF335 C8B1 4A44 8D1A 795A535C876B

वृष राशिः- इ उ ए ओ वा वि वु वे वो

यो साताको सुरुवाती दिनहरुमा तपाईको स्वास्थ्यमा प्रतिकुलता आउनेछ। दैनिक आहारबिहारको साथै सरसफाईमा ध्यन दिनुहोला। सरीरमा जोस जागर र फुर्ति एवं उमंगको कमी हुनेछ। तर साताको मध्यबाट भने तपाईका आदर्श व्याक्तीहरु संगको सहकार्यले नयॅा ज्ञान सिक्ने मौका मिल्नेछ। बैदेशिक क्षेत्रको कार्यहरुमा सफलता मिल्नेछ। रमाईलो र सुखद यात्राको समेत योग रहेकोछ। विभिन्न सांस्कृतिक कार्यहरुमा रुचि बढ्नेछ। २ र ५ शुभ अंक रहेका छन भने नीलो रंग शुभ रंगमा  परेकोछ। तपाईका  कुल देवताहरुको आराधना पस्चात गरेका कार्यहरुले तपाईलाई सफलतामा पुर्याउनेछ।

 

5E456FF6 2C89 42E9 AB9A D3BDBD7F5F70

मिथुन राशिः- का कि कु घ ङ छ के को ह

यो साता तपाईलाई सामाजीक क्षेत्रको कार्यवाट सफलता मिल्नेछ। सुन्दर र रमणिय क्षेत्रको भ्रमण हुनेछ साथै मनमा आनन्द मिल्नेछ। धर्मकर्म एवं सामाजसेवाका कार्यहरुमा रुचि बढ्नेछ। परिवारमा रमाईलो वातावरण बन्नेछ साथै पारिवारीक सद्भाब पनि बढेर जानेछ। तर साताको उत्तरार्धमा भने तपाईको परिवारमा केहि असामान्य परिस्थितीको स्थिती उत्पन्न हुनेछ। व्यापार व्यवसायमा वाधा व्यवधानहरु आउनेछन। घर व्यवहारको समस्याले सताउनेछ। ४ र ६ शुभ अंक रहेका छन भने गुलावी रंग शुभ रंगमा परेको छ। वंगलामुखी माताको आराधना पस्चात गरेका कार्यहरुले तपाईलाई सफलतामा पुर्याउनेछन।

 

6DBF53EC F9B9 4B2C 8D33 EF84F53081B1

कर्कट राशिः- हि हु हे हो डा डि डु डे डो

यो साता तपाईले गरिरहनुभएका दैनिक कार्यहरु सहज रुपमा अगाडि बढ्नुको साथै प्रगती पनि हुनेछ। तपाईले नसोचेको ठाउबाट धनागमन पनि हुनेछ। लामो समयदेखि रोकिएका कामहरु पूनः दोहोर्याएर प्रयत्न गर्दा कार्य संपादन हुनेछन। कलाप्रविधिका क्षेत्रमा प्रगती हुनेछ।  मनोरञ्जन र हासखेल गरेरै समय वित्नेछ। स्वास्थ्यको क्षेत्रमा भने तपाईले निकै ध्यान दिनुपर्नेछ। १ र ७ शुभ अंक रहेका छन भने रातो रंग शुभ रंगमा परेको छ। कार्यशिद्धिदाता गणेश भगवानको आराधना पस्चात गरेका कार्यले तपाईलाई सफलतामा पुर्याउनेछन।

 

C2E065F7 9DA3 4E06 9E55 9A34A332EA6E

 

सिंह राशिः- मा मि मु मे मो टा टि टु टे 

यो साता तपाईका आफन्तहरु संग पूनर्मिलन हुने योग रहेको छ। तपाईभित्र लुकेर रहेको क्षमता पेरदर्शन गर्ने समय आएको छ यसैमार्फत तपाईको अगाडिको यात्रा तय हुनेछ। काम गरेर दाम नाम प्रतिष्ठा र शु अवसर प्राप्त हुनेछ। तपाईका आफन्तहरुसंगको सहकार्य वा सल्लाह सुझावले महत्वपूर्ण भुमिका निर्वाह गर्नेछ। तर साताको उत्तरार्धमा भने तपाईका विरोधीहरुसंग बचेर अगाडि बढ्नुहोला। तपाईले गरिरहनुभएका कार्यहरुमा अवरोध खडा गर्नेछन। ५ र ९ शुभ अंक रहेका छन भने ध्वासे रंग शुभ रंगमा परेकोछ। तपाईका ईष्ट देवतीको आराधना गरी गरेको कार्यले तपाईलाई सफलतामा पुर्याउनेछन।

 

ADE63758 7FDE 4B5C A8EB 9EBEA3A73A82

कन्या राशिः- टो पा पि पु ष ण ठ पे पो

यो साता तपाईको आफ्नै बिचार संग तपाईनै बेखुसी रहनुहुनेछ। आफुले ठिक मानेर गरेको निर्णयबाट पछि तपाईलाई नै सन्तुष्टि मिल्नेछैन। तपाईको सामान हराउने वा चोरीहुने योग रहेको छ। निकै सावधानिका साथ किनमेल वा आफ्नो सामानको सुरक्षा गर्नुहोला।तर मध्यसाताबाट भने गोप्यतरिकाले गरेका कामले तपाईलाई सफलता दिलाउनेछन। मनमा शान्ति छाउनेछ। सरीरमा फुर्तीबढ्नेछ। ४ र ५ शुभ अंक रहेका छन भने सेतो रंग शुभ रंगमा परेको छ। कार्यशिद्धिदाता गणेश भगवानको आराधना पस्चात गरेका कार्यहरुले तपाईलाई सफलतामा पुर्याउनेछन।

 

5270EBBF 03AD 4605 9CD1 2790EA165C5A

तुला राशिः- रा रि रु रे रो ता ति तु ते

यो साता तपाईको सुन्दर पहिरनले व्याक्तित्वमा निखारता ल्याउनेछ। तपाईमा जोसजागर र उमंग बढ्नेछ। तपाईले गरिरहनुभएको महत्वपूर्ण काममा तपाईका आफन्त, सहयोगी र मित्रहरुको साथ सहयोगले महत्वपूर्ण भुमिका निर्बाह गर्नेछ। तर साताको उत्तरार्धमा भने तपाईको परिश्रम अनुसारको फल प्राप्तहुनेछैन। धेरै परिश्रम गरेर थोरै फल प्राप्तहुनेछ। ३ र ८ शुभ अंक रहेका छन भने नीलो रंग शुभ रंगमा परेकोछ। पवन पुत्र हनुमानको आराधना पस्चात गरेका कार्यले तपाईलाई सफलतामा पुर्याउनेछन।

 

4B79A69F 4834 42BB 86D8 66C044CBC56E

बृश्चिक राशिः-  तो ना नि नु ने नो या यि यु

यो साता तपाईको लागि नयॅा काम पाइने योग रहेकोछ। सामाजीक एवं धार्मिक कार्यमा रुचि बढ्नेछ।  बित्तिय संघसंस्थाहरुवाट सहयोग प्राप्त हुनेछ। तपाईका आफन्तहरुसंग पूनर्मिलनको योग रहेकोछ। तर साताको मध्यबाट भने तपाईमा स्फुर्ति कम हुनेछ। जोस जागर र साहसमा कमी आउनेछ। ४ र ६ शुभ अंक रहेका छन भने नीलो रंग शुभ रंगमा परेको छ। दक्षिणकाली माताको आराधना पस्चात गरेका कार्यहरुले तपाईलाई सफलतामा पुर्याउनेछन।

 

0A8BCA82 414D 4986 ADFE 4FC30AB5827C

धनु राशिः- ये यो भा भि भु धा फा ढा भे

यो साता तपाईले सजितै अरुको मन जित्न सक्नुहुनेछ। फसिरहेको धन सहजै फिर्ता दिन आउनेछन। तपाईमा बिधा र बुद्धिको बिकास हुनेछ। तपाईको वाकपटुताले कामहरु सहजै बन्नेछन। धार्मिक क्षेत्रको भ्रमण हुनेछ। सन्तान सुखपनी मिल्नेछ।छोटो तर लाभदायक यात्राको योग पनी रहेकोछ।  १ र ७ शुभ अंक रहेका छन भने तपाईका पितृहरुको आराधना र स्मरण पस्चात गरेका कार्यले तपाईलाई सफलतामा पुर्याउनेछन।

 

74F8ADE1 B89F 4060 AB00 ED174C539A48

मकर राशिः- भो जा जि जु जे जो ख खि खु खे खो गा गि

यो साताका सुरुवाती दिनहरुमा तपाईले यात्रा नगरेकै बेस हुनेछ। तपाईका पुराना साथीभाईले व्यर्थैमा तपाईको कुरा काट्नेछन। तपाईको समय खराव रहेकोछ। तर साताको मध्यवाट भने तपाईको लागि तिर्थाटनको योग रहेकोछ। मनमा हर्ष उमंग र उत्साह मिल्नेछ।सुन्दर पहिरनले तपाईको व्याक्तित्वमा निखारता ल्याउनेछ। १ र ३ शुभ अंक रहेकाछन भने हरियो रंग शुभ रंगमा परेको छ। नवग्रह हरुको स्तुती पस्चात गरेका कार्यहरुले तपाईलाई सफलतामा पुर्याउनेछन।

 

6210C06B 5597 4051 95C6 56DBDC566971

कुम्भ राशिः- गु गे गो सा सि सु से सो द

यो साता तपाईको लागि शेयर बजारले राम्रो लाभ दिनेछ। तपाईको घरमा अतिथीको आगमन हुनेछ। तपाईको लागि नयॅा ठाउमा लगानी वा  वसोवासको लागि लगानी गर्ने वातावरण बन्नेछ। तपाईको लगनशिलतालाई मानिसहरुले मनमनै मन पराएका हुनेछन। लाभदायक यात्राको योग रहेकोछ। तपाईलाई अचल सम्पत्ति हातपर्नेछ। ८ र ९ शुभ अंक रहेका छन भने पहेलो रंग शुभ रंगमा परेकोछ। माता पिताको आशिर्वाद लिएर गरेका कार्यहरुले तपाईलाई सफलतामै पुर्याउनेछन।

 

00C28400 35D3 47F5 B5B7 9C64B8FA69A4

मीन राशिः- दि दु थ झ ञ दे दो चा चि

यो साता तपाईका लामो समयदेखी अधुरा रहेका कार्यहरुले पूर्णता पाउनेछन। तपाईका शुभ र राम्रा कामहरु सहजै संपादन हुनेछन। प्रेममा माधुर्यता छाउने योग रहेकोछ। परोपकार र मानव सेमामा लगानी गर्ने बेला आएकोछ। तर तपाईको बोलि बचनमा भने निकै संयमता अपनाउनु पर्नेछ। ४  र ९ शुभ अंक रहेका छन भने सुन्तला रंग शुभ रंगमा परेकोछ। तपाईका मान्यजनको सरसल्लाह गरेर गरेका कार्यले तपाईलाई सफलतामा पुर्याउनेछन।

“राशिफलले जे जस्तो फलादेश गरेता पनी तपाई आफ्ने काममा लगनसिल भएर अगाडि बढ्नुहोला सफलता तपाईको हातमा हुनेछ।”

यो साता तपाईहरुको शुभ रहोस

सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामया।
सर्वे भद्राणि पश्यन्तु मा कश्चित्  दुःखभाग् भवेत्।


Translate »