साप्ताहिक राशिफल ९ असोज देखि १५ असोज २०७८ सम्म


फलित ज्योतिष :- नारायण भण्डारी

AD146B25 777E 4E80 8A18 775731DAFFA6

मेष राशि :-  चु चे चो ला लि लु ले लो अ

यो साता तपाईलाई साहित्य र संगीत प्रतिको रुची बढ्नेछ । राजनीतिक र सामाजिक कार्यहरु गरेर तपाईले नाम राख्ने बेला आएको छ । यो साता तपाईंको लागि आफूले गरेको कामको जिम्मेवारी आफै लिने  अर्थात कर्तव्यबोध हुनेछ । तर साताको उत्तरार्धमा भने तपाईले गरिरहनुभएको व्यापार व्यवसायमा नोक्सानी व्यहोर्न पर्ने अवस्था हुनेछ स सचेत भएर अग वढनुहोला । तपाईंले ताके सोचेअनुरुप कार्य नहुनाले तपाईंलाई दिक्क लाग्नेछ छ । तपाईंको लागि १ र ७ सुभ अंक हुन भने सुन्तला रङको रङ्ग शुभ रङ्ग मा परेको छ । कुनैपनि शुभकार्य र शुभ यात्रा गर्नुभन्दा पूर्व भगवान भोलेनाथ को दर्शन गरी आराधना गरी वा पूजा गरी  गरेको कामले तपाईंलाई सफलता दिलाउनेछ ।

B92FF335 C8B1 4A44 8D1A 795A535C876B

वृष राशि :-  इ उ ए ओ वा वि वु वे वो 

यो साता तपाईंको लागि अनावश्यक ठाउँमा धन खर्च हुने योग देखिएको छ । स्वास्थ्यप्रति निकै चनाखो रहनुहोला अन्यथा तपाइँको स्वास्थ्यमा गडबडी हुने योग रहेको छ । तपाईंका विरोधीहरु तपाईंको काम विगार्न लागि पर्ने छन चनाखो भएर कार्य गर्नु होला । तर मध्य साताबाट बने तपाईंको लगानीले सही प्रतिफल दिने छ लगानी गर्दा आफूलाई ज्ञान भएको अथवा अनुभव भएको ठाउँ मात्रै लगानी गर्नुहोला । एउटा काम गरेर दोहोरो फाइदा लिन सक्नुहुनेछ । २ र ६ शुभ अंक रहेका छन भने  नीलो रङ्ग शुभ रङ्ग मा परेको छ र पितृ देवताको स्मरण गरेर गरेका कार्यालयले तपाईलाई अत्याधिक सफलता दिलाउनेछ ।

5E456FF6 2C89 42E9 AB9A D3BDBD7F5F70

मिथुन राशि :-  का कि कु घ ङ छ के को ह

यो साता  तपाइको लागि काममा प्रमोशन हुने पदोन्नति हुने र कामको जिम्मेवारी थपिने बेला आएको छ काम गर्दा निकै चनाखो भएर कार्य काम गर्नुहोला । पर्यटकीय क्षेत्रको भ्रमणले गर्दा तपाईंको मन लोभिनेछ आनन्दीत पनि हुनेछ । लामो समयदेखि रोकिएका कामहरु लाई पुनः दोहोर्याएर प्रयत्न गर्दा कार्य सफलता हुनेछ। तपाइको मन मिल्ने साथीको सुझावले तपाईंको जीवनमा महत्वपूर्ण भूमिका खेल्नेछ । यदि वैदेशिक क्षेत्रको कार्य गर्ने सोचमा हुनुहुन्छ भने यो साता उत्तम रहेको छ । ४ र ७ अङ्क यो साताको लागि शुभ अङ्क रहेका छन र हारियो रङ्ग शुभ रङ्ग मा परेको छ कुनै पनि शुभ कार्यमा र शुभ यात्रा गर्नुभन्दा पूर्व  भैरवनाथ भगवानको आराधना गरी पूजा गरी  अथवा मनमा स्मरण गरी गरेका कामले तपाईलाई सफलता दिलाउने छन ।

 

6DBF53EC F9B9 4B2C 8D33 EF84F53081B1

कर्कट राशि :-  हि हु हे हो डा डि डु डे डो

यो साता तपाईंसँग रहेको क्षमता प्रदर्शन गर्ने बेला आएको छ । भौतिक सुखसुविधा का साधनहरु खरिद गर्ने बेला पनि आएको छ । गोप्य तरिकाले गरेका कार्यले तपाईंलाई बढी सफलता दिलाउनेछ । यसैसाता तपाईंको घरमा अथितिहरु आगमन हुनेछ । २ र ९ शुभ अंक रहेका छन् भने सेतो रंग शुभ रंगमा परेको छ । भगवान विष्णुको आरधना गरी शुभकार्य र  शुभयात्रा गरेमा तपाईलाई सफलता मिल्नेछ ।

 

C2E065F7 9DA3 4E06 9E55 9A34A332EA6E

सिंह राशि :-   मा मि मु मे मो टा टि टु टे

यो साता तपाईको नेतृत्वमा धेरै कामहरू हुनेछन । घरपरिवारमा रमाइलो र  खुसिको वातावरण बन्नेछ । यदि तपाईको घरमा कोहि गर्भवती महिला हुनुहुन्छ भने यसैसाता तपाईको घरमा नयाँ सदस्यको आगमन हुने योग रहेको छ । घरका अन्य सदस्यहरूले गरेको काममा पनि सहभागिता जनाएर हौसला दिनु होला तपाईको घरमा खुसिको वहार थपिनेछ । ३ र ९ शुभ अंक रहेका छन भने गुलावी रातो रंग शुभ रंगमा परेको छ। नवग्रहहरूको स्मरण पश्चात गरेका कामहरु ले तपाईलाई सफलता दिलाउने छन ।

 

ADE63758 7FDE 4B5C A8EB 9EBEA3A73A82

कन्या राशि :- टो पा पि पु ष ण ठ पे पो

यो साता तपाईको लागि मिश्रीत खालको समय रहेको छ । प्रेममा खटपट हुने योग रहेको छ । तपाईको मनोमानीले गरेका निर्णयहरुले तपाईलाई गलत अथवा घाटा पुर्‍याउने छन सजक भएर अगाडी बढनुहोला । काममा ढिलासुस्ती हुनेछ र तपाईलाई दिक्क लाग्ने छ  तर साताको मध्यवाट भन सानो काम गरेर पनि ठूलो उपलब्धि हासिल गर्न सक्नुहुनेछ। रमाईलो  र छोटो दुरिको यात्रा हुने योग रहेको छ । २ र ६ शुभअङ्क हुन भने सेतो रंग शुभरंग रहेको छ । कुलदेवता को स्मरण पश्चात गरेका कार्यले तपाईलाई वढि सफलता दिलाउने छन ।

 

5270EBBF 03AD 4605 9CD1 2790EA165C5A

तुला राशि :-  रा रि रु रे रो ता ति तु ते

यो साता तपाईको मनले चिताएका राम्रा र शुभ कार्यहरूले तिव्रता लिनेछन । तपाईको विद्या र बुद्धिको राम्रो विकास हुनेछ । मानसम्मान प्राप्त हुनेछ । तपाइको मन खुसी एवं प्रसन्न रहने छ । व्यवसायको लागि पनि याात्राहुने योग रहेको छ । ५ र ९ शुभ अंक हुनभने गुलावि रंगको रातो रंग शुभरंग रहेको छ । मानव एवं प्राणि सेवा  पश्चात गरेका कार्यले तपाईलाई वढि सफलता दिलाउने छन ।

 

4B79A69F 4834 42BB 86D8 66C044CBC56E

वृश्चिक राशि :-    तो ना नि नु ने नो या यि यु

यो साता तपाईको आम्दानी बढने र लगानी गरेको रकम फिर्ता आउने योग रहेको छ । तपाईको आफ्नै दक्षतामा विभिन्न कार्यहरु सम्पादन हुनेछन । पितृकार्यहरु भएको ठाउमा सरिक भए पितृप्रसाद ग्रहण गर्ने शुभ अवसर मिल्नेछ। तर साताको उत्तरार्धमा भने तपाईको महत्वपूर्ण अवसर गुम्न सक्ने छ । यात्रा गर्दा निकै सावधानि अपनाउन पर्नेछ । १ र ३ शुभ अंक रहेका छन भने पहेलो रंग शुभरंग हो । कुनैपनी शुभकार्य गर्नुभन्दा पूर्व आफ्ना आराध्यदेवता को स्मरण गर्नाले तपाईलाई वढि फाइदा हुनेछ ।

 

 0A8BCA82 414D 4986 ADFE 4FC30AB5827C

धनु राशि :-  ये यो भा भि भु धा फा ढा भे

यो साता तपाईको समय परोपकारका कामहरूमा व्यतित हुनेछ । मनमा खुसि र मुहारमा प्रसन्नता देखापर्ने छ। सहि समयमा साहि निर्णय लिन सकिनेछ जसले तपाईलाई दीघकालीन फाईदा पुर्‍याउने छ । तर साताको मध्यमा भने ताके सोचे अनुरुपका काम नवन्नाले दिक्क लाग्ने छ ।  कसैको दवाव र तनाव वढेको महसुस हुनेछ। ४ र ७ शुभ अंक हुन भने घ्युरंग शुभ रंग हो ।  कार्यसिद्धि विनायक गणेश भगवानको आराधना गरी गरेका कामले तपाईलाई वढि फाईदा दिलाउने छन ।

 

74F8ADE1 B89F 4060 AB00 ED174C539A48

मकर राशि :-  भो जा जि जु जे जो ख खि खु खे खो गा गि

यो साता तपाई भित्र भएको क्षमता प्रदर्शन गर्ने समय जुर्नेछ । फसेको अथवा रोकएको धन हात पर्ने छ। मनमा दुविधा उत्पन्न हुनेछ तर यर्थाथमा फाइदा हुनेछ । तर मध्यसाता वाट भने निर्णयलिदा निकै सोचविचार  पुर्‍याए लिनुहोला । घरायसी कामधन्दामा समय व्यतित हुनेछ । ३ र ८ शुभअङ्क हुन भने हरियो रंग शुभरंग हो। वंगलामुखि माताको आराधना पश्चात गरेका कामहरुले तपाईलाई फाइदा दिनेछन ।

 

6210C06B 5597 4051 95C6 56DBDC566971

कुम्भ राशि :-   गु गे गो सा सि सु से सो द 

यो साता प्रेम प्रेमिकाको सहमतीमा गरेका कार्यले वढि फाइदा दिनुका साथै सहजै कार्यसम्पादन हुन्छन । सामाजिक एवं राजनैतिक काममा  रुचि बढ्ने छ । नया काम अथवा कुनैपनि रचनात्मक कार्यमा जुटने समय आएको छ । व्यापार व्यवसायमा विशेष फाइदा र सफलता हातलाग्ने योग रहेको छ । तपाइका प्रेमीले नया स्थानको भ्रमण गर्ने प्रस्ताव गर्नेछन । १ र ८ शुभ अंक हुन भने सेतो रंग शुभरंग हो । विष्णु भगवानको आराधना पश्चात गरेका कामले तपाईलाई बढि सफलता दिलाउने छन ।

 

00C28400 35D3 47F5 B5B7 9C64B8FA69A4

मीन राशि :-   दि दु थ झ ञ दे दो चा चि

यो साता व्यापार व्यवसायको क्षेत्रमा उल्लेख्य प्रगति हुनेछ । लामो समयदेखि रोकिएका पुराना कामहरू पुराहुने छन । नयाँकम सुरुवात गर्न उत्तम समय रहेको छ । धार्मिक यात्रा हुने योग रहेको छ तर तपाईको मालसामान हराउन सक्ने प्रवल संभावना रहेको छ । १ र ७ शुभअंक हुन भने सुन्तला रंग शुभ रंग रहेको छ । कुनैपनि शुभकर्म र शुभयात्रा गर्नुपूर्व नवग्रहको स्मरण गरेर कार्य गरेमा तपाईलाई अत्याधिक फाइदा हुनेछ।

यो साता तपाईको शुभ रहोस

जयतु संस्कृतम् जयतु सनातनम

 


Translate »