साप्ताहिक राशिफल १२ चैत्र देखि १८ चैत्र २०७८ सम्म


फलित ज्योतिषः- नारायण भण्डारी

AD146B25 777E 4E80 8A18 775731DAFFA6

मेष राशिः- चु चे चो ला लि लु ले लो अ

यो साता तपाईले शुभ समाचार सुन्न पाउनुहुनेछ। समाजसेवा एवं धार्मिक कार्यमा रुचि बढ्ने योग रहेको छ। बेरोजगारलाई रोजगार एवं रोजगारलाई अझ राम्रो काम पाईने योग रहेको छ। मन मिल्ने साथी भाईको साथ सहयोगले कार्य संपादनमा सहजता मिल्नेछ। दैनिक कार्यवाट राम्रो सफलता प्राप्त हुनेछ। आफन्तको प्रगतिमा मन रमाउनेछ। तपाईको आफ्नै दक्षतामा बिभिन्न कार्यहरु संपादन हुनेछन। १ र ५ शुभ अंक रहेका छन भने गुलावी रंग शुभ रंग रहेको छ। पसुपतीनाथ भगवानको आराधना पस्चात गरेका कामले तपाईलाई सफलता उन्मुख गराउने छ।

 

B92FF335 C8B1 4A44 8D1A 795A535C876B

वृष राशिः- इ उ ए ओ वा वि वु वे वो

यो साता तपाईले आटे ताकेका शुभ र राम्रा कामहरु पुरा हुनेछन। राजनीतिक क्षेत्रको कार्य सहजै अगाडि बढ्नेछ। साथी भाई संगको भेटघाटले मन प्रसन्न हुनेछ। प्रेम प्रस्ताव पनी आउने योग रहेको छ। एउटा कामबाट दोहोरो फाईदा लिन सक्नुहुनेछ।शेयर बजार प्रति तपाईको झुकाव वढ्नेछ। अकस्मात धन संपत्ती हात पर्नेयोग समेत रहेकोछ। १ र ७ शुभ अंक हुन भने सेतो रंग शुभ रंगमा परेको छ। तपाईका कुल देवताको आराधना पस्चात गरेका कामले तपाईलाई सफलता उन्मुख गराउनेछ।

5E456FF6 2C89 42E9 AB9A D3BDBD7F5F70

 

मिथुन राशिः- का कि कु घ ङ छ के को ह

यो साता तपाईको राम्रो उन्नती र प्रगतीको वातावरण बन्नेछ। नविन कार्यको थालनी हुने योग रहेको छ। तपाईका आफन्तहरुसंग सहकार्यको वातावरण बन्नेछ। छोटो तर लाभदायक यात्राको योग रहेको छ। कुटनैतिक क्षेत्रको कार्य सहजै अगाडि बढ्नेछ। तर साताको अन्त्यमा भने निकै होसियारी पुर्वक अगाडि बढ्नुहोला। खराव संगतको कारणले आफैलाई हानीगर्ने कार्य गर्न सकिनेछ। ३ र ८ शुभ अंक रहेका छन भने खैरो रंग शुभ रंगमा परेको छ। भैरवनाथ भगवानको आराधना पस्चात गरेका कामले तपाईलाई सफसता उन्मुख गराउनेछन।

 

6DBF53EC F9B9 4B2C 8D33 EF84F53081B1

कर्कट राशिः- हि हु हे हो डा डि डु डे डो

यो साता तपाईलाई परिश्रम अनुसारको फल प्राप्त हुनेछ। प्रेममा माधुरता छाउनेछ। शुभ कार्यको चर्चा चल्नेछ। मुद्धा मामिलाहरुमा तपाईको पक्षमा फैसला हुनेछ। मनमा हर्ष उमंग र उत्साह छाउनेछ।  तर साताको मध्यवाट भने आर्थिक कारोवारमा मन्दि छाउनेछ। व्यापार व्यवसायमा खासै प्रगती हुने देखिदैन। मन खिन्नहुने योग रहेकोछ। १ र ३ शुभ अंक रहेका छन भने हरियो रंग शुभ रंगमा परेको छ। माता वंगलामुखीको आराधना पस्चात गरेका कामले तपाईलाई सफलता उन्मुख गराउनेछ।

C2E065F7 9DA3 4E06 9E55 9A34A332EA6E

 

सिह राशिः- मा मि मु मे मो टा टि टु टे 

यो साता तपाईको प्रेम र मित्रताको बन्धन कसिने समय आएको छ। कुनै पनी प्रतिस्पर्धाका कार्यहरुमा सफलका मिल्नेछ। कुटनैतिक क्षेत्रको कार्य सहजै अगाडि बढ्नेछ।दाम्पत्य जिवन सुमधुर रुपमा अगाडि बढ्नेछ। आफन्त संग पूनर्मिलनको योग रहेकोछ। व्यवसायको क्षेत्रमा भने प्रगती र उन्नती हुने योग रहेकोछ।  २ र ८ शुभ अंक रहेका छन भने रातो रंग शुभ रंगमा परेको छ। तपाईका पितृहरुको आशिर्वाद लिएर गरेका कार्यहरुले तपाईलाई सफलता उन्मुख गराउनेछन।

 

ADE63758 7FDE 4B5C A8EB 9EBEA3A73A82

कन्या राशिः- टो पा पि पु ष ण ठ पे पो

यो साता तपाईलाई आटे ताकेका कामहरु नबन्नाले वाक्क दिक्क लाग्ने योग रहेकोछ। तपाईका विरोधीहरुको जालझेल एवं छलकपट बाट टाढै बस्नुहोला वा निकै साबधानी अपनाउनुहोला। बन्न लागेका कामपनी बिग्रने योग रहेकोछ। तर साताको उत्तरार्धबाट भने शेयर बजारमा गरेको लगानिले राम्रो प्रतिफल दिनेछ। साझेदारीमा गरेको कामले राम्रो प्रतिफल दिनेछ। मन प्रसन्न हुने योग रहेको छ।  ४ र ८ शुभ अंक रहेका छन भने खैरो रंग शुभ रंग मा परेको छ। माता पिताको आशिर्वाद लिएर गरेका कामले तपाईलाई सफलता उन्मुख गराउनेछन।

 

5270EBBF 03AD 4605 9CD1 2790EA165C5A

तुला राशिः- रा रि रु रे रो ता ति तु ते

यो साता तपाईलाई शुभ कार्यको चर्चा चल्ने योग रहेको छ। तपाईबाट छुटेका आफन्त एवं साथीभाईसंग पूनर्मिलनको योग रहेको छ। तपाईले आटे ताकेका शुभ र राम्रा ईच्छा आकांक्षाहरु पूर्ण हुनेछन। तपाईलाई साझेदारी र सट्टापट्टामा गरेका कामबाट बिशेष लाभ मिल्नेछ। लामो समयदेखि रोकिएका कामहरु पूनः दोहोर्याएर प्रयत्न गर्दा तपाईलाई कार्य सफलता प्राप्त हुनेछ। नयॅा कार्यको थालनी गर्न श्रेष्ठ समय रहेको छ। प्रेममा सफलता पाईने योग रहेकोछ। १ र ७ शुभ अंक रहेका छन भने पहेलो रंग शुभ रंगमा परेको छ। माता सरस्वतीको आराधना पस्चात गरेका कामले तपाईलाई सफलता उन्मुख गराउनेछन।

 

4B79A69F 4834 42BB 86D8 66C044CBC56E

वृश्चिक राशिः- तो ना नी नु ने नो या यि यु

यो साता तपाईलाई मित्रहरुको साथ सहयोगले गर्दा उल्लेख्य कार्य संपादन गर्न सक्नुहुनेछ। शुभ समाचार सुन्न पाउनुहुनेछ। मनमा हर्ष उमंग र उत्साह बढेर तपाईमा फरक जोस जागर उत्पन्न हुनेछ।तर साताको मध्यवाट भने तपाईले आर्थिक संकट बेहोर्नुपर्नेछ। आर्थिक कारोवारमा मन्दि आउनेछ। तपाईको मनमा नरमाईलो वातावरणको श्रृजना हुनेछ। १ र ९ शुभ अंक हुन भने रातो रंग शुभ रंगमा परेको छ। तपाईका ईष्ट देवताको आराधना पस्चात गरेका कामले तपाईलाई सफलता उन्मुख गराउनेछन।

 

0A8BCA82 414D 4986 ADFE 4FC30AB5827C

धनु राशिः- ये यो भा भि भु धा फा ढा भे

यो साता तपाईलाई साहित्यिक क्षेत्रमा रुचि बढेर जानेछ। लामो समयदेखि रोकिएका कार्यहरुलाई पूनः दोहोर्याएर प्रयत्न गर्दा तपाईलाई कार्यसफलता मिल्नेछ। भाग्यले विभिन्न अवसरहरु जुराउनेछ। वित्तिय संघ संस्थाबाट सहयोग प्राप्त हुने योग रहेको छ। अरुलाई प्रभावित पारेर आफ्नो काम बनाउन सक्नुहुनेछ। २ र ७ शुभ अंक रहेका छन भने सेतो रंग शुभ रंगमा परेको छ। माता सरस्वतीको आराधना पस्चात गरेका कामले तपाईलाई सफलता उन्मुख गराउनेछन।

74F8ADE1 B89F 4060 AB00 ED174C539A48

 

मकर राशिः- भो जा जि जु जे जो ख खि खु खे खो गा गि

यो साता तपाईको मालसामान हराउने या चोरीहुने योग रहेको छ। मन चंचल हुनेछ। तपाईको मन धैर्य नभएका कारणले निर्णायक क्षमतामा ह्रास आउनेछ। मध्य साताबाट भने सामाजीक संघ संस्थाबाट सहयोग र  पदोन्नतीको प्रवल सम्भावना पनी रहेकोछ। शुभ र लाभदायक यात्राको योग पनी रहेकोछ। मन प्रसन्न हुनेछ। तपाईले सामाजिक कार्यमा गरेको लगानीले उचित स्थान पाउदा मन हर्षित हुनेछ। ५ र ९ शुभ अंक रहेका छन भने निलो रंग शुभ रंगमा परेको छ। बिशिष्ठ व्याक्तिहरुको आशिर्वाद एवं सुझाव लिएर गरेका कार्यले तपाईलाई सफलता उन्मुख गराउनेछन।

 

6210C06B 5597 4051 95C6 56DBDC566971

कुम्भ राशिः- गु गे गो सा सि सु से सो द 

यो साता तपाईलाई बिशिष्ट व्याक्तिको साथ र सहयोग मिल्नेछ। तपाईको आफ्नै दक्षतामा बिभिन्न कार्यहरु संपादन गर्न सक्नुहुनेछ। रमणिय एवं सुखद यात्राको योग रहेको छ। शेयर बजारबाट पनी तपाईलाई राम्रै लाभ मिल्ने योग रहेकोछ। सामाजिक क्षेत्रको कार्यमा सफलता हातलाग्नेछ। नसोचेको ठाउबाट धनागमन हुनेछ। १ र ९ शुभ अंक रहेका छन भने हरियो रंग शुभ रंगमा परेको छ। नारायण भगवानको आराधना पस्चात गरेका कामले तपाईलाई सफलता उन्मुख गराउनेछ।

00C28400 35D3 47F5 B5B7 9C64B8FA69A4

मीन राशिः- दि दु थ झ ञ दे दो चा चि 

यो साता तपाईको जिवनमा शुभ कार्यको चर्चा चल्नेछ। तपाईको घरमा अतिथीको आगमन हुने योग रहेकोछ। सामाजिक एवं राजनैतिक कार्यमा रुचि बढ्नेछ। धन आर्जनका नयॅा नयॅा स्रोतहरु देखापर्नेछन। परिवारमा सद्भाव बढ्नुका साथै मनोरञ्जनात्मक वातावरण बन्नेछ। तर साताको मध्यवाट भने अनावस्यक ठाउमा धन खर्च हुने योग रहेको छ। आटे ताकेका काम नवन्नाले दिक्क लाग्नेछ। मन खिन्नहुने अवस्थाको सृजना हुने योग रहेकोछ। ३ र ५ शुभ अंक रहेका छन भने सेतो रंग शुभ रंगमा परेकोछ। तपाईका पितृहरुको आराधना पस्चात गरेका कामले तपाईलाई सफलता उन्मुख गराउनेछन।

राशिफलमा जे जस्तो फलादेश गरेतापनी तपाई आफ्नो कर्ममा बिश्वास गरेर अगाडि बढ्नुहोला सफलता तपाईको हातमा हुनेछ

“यो साता तपाईको शुभ रहोस” जयतु संस्कृतम जयतु सनातनम हरि ॐ

 


Translate »