फलित ज्योतिषः- नारायण भण्डारी
मेष राशिः- चु चे चो ला लि लु ले लो अ
यो साता तपाईको व्यापार व्यवसायमा राम्रो प्रगती र उन्नती हुनेछ। परिवारमा मेलमिलाप हुनुका साथै एक अर्का प्रती सदभाव बढ्नेछ। बिपरीत लिंगप्रती आकर्षण बढ्नेछ। आर्थिक बृद्धि हुनेछ। प्रेमी जीवन सफल हुनेछ। दैनिक आहार बिहार एवं खानपानमा निकै ख्याल गर्नुहोला। स्वास्थ्यमा गडबढि आउने योग रहेकोछ। १ र ३ शुभ अंक रहेका छन भने गुलाबी रंग शुभ रंगमा परेकोछ। माता पाथीभराको आराधना पस्चात गरेका कार्यहरुले तपाईलाई सफलता दिलाउनेछ।
वृष राशिः- इ उ ए ओ वा वि वु वे वो
यो साता तपाईले आफ्नो स्वास्थ्यको बारेमा निकै ख्याल गर्नुपर्नेछ। कुनैपनि कुरा बोल्दा वा कसैलाई बचन दिदा निकै ख्याल गर्नुहोला तपाईको बोलिको बिपरीत अर्थ लाग्नेछ। तपाईका दैनिक कार्यहरुलाई संपादन गर्दा समस्या देखिनेछ। घरपरिवारमा पनि समस्या एवं झैझमेलाहरु आउनेछन। तर साताको उत्तरार्धबाट भने तपाईका आफन्तहरुले गरेको प्रगतीमा मन रमाउनेछ। तपाईले आटे ताकेका शुभ र राम्रा ईच्छा आकंक्षाहरुले तिब्रताका साथ अगाडी बढ्नेछन। मनमा आनन्द आउनेछ। ४ र ७ शुभ अंक रहेका छन भने पहेलो रंग शुभ रंगमा परेकोछ। पसुपतिनाथ भगवानको आराधना पस्चात गरेका कार्यहरुले तपाईलाई सफलता दिलाउनेछन।
मिथुन राशिः- का कि कु घ ङ छ के को ह
यो साता तपाईका मित्रहरुबाट साथ सहयोग र हौसला प्राप्त हुनेछ। सामाजिक एवं राजनीतिक कार्यहरुबाट तपाईलाई सफलता हात लाग्नेछ। तपाईको सुन्दर पहिरनको चर्चा चल्नेछ। अचल संपत्ति हातपार्ने योग रहेकोछ। तपाईका प्रेम / प्रेमीका भएर नयॅा ठाउको भ्रमण गर्नुहुनेछ जसको सुन्दरताले तपाईको मन लोभ्याउनेछ। मनमा प्रसन्नता छाउनेछ। ३ र ५ शुभ अंक रहेका छन भने रातो रंग शुभ रंगमा परेकोछ। तपाईका ईष्ट देवताको आराधना पस्चात गरेका कार्यहरुले तपाईलाई सफलता दिलाउनेछ।
कर्कट राशिः- हि हु हे हो डा डि डु डे डो
यो साता तपाईलाई तपाइका बन्धु बान्धबहरुको साथ सहयोग मिल्नेछ जसको कारणले तपाईले उल्लेख्य कार्य संपादन गर्न सक्नुहुनेछ। कृषिकार्यमा महत्वपूर्ण कार्यको थालनी हुनेछ। तपाई भित्र लुकेर रहेको क्षमता प्रदर्शन गर्ने अबसर जुर्नेछ। तपाईका नजिकका मित्रहरुको साथ सहयोग र हौसला मिल्नेछ। तपाईमा रहेको कला र गलाको प्रभाब पनि बढ्नेछ। प्रेममा सफलता मिल्नेछ। २ र ३ शुभ अंक रहेका छन भने हरियो रंग शुभ रंगमा परेकोछ। नारायण भगवानको आराधना पस्चात गरेका कार्यहरुले तपाईलाई सफलता दिलाउनेछ।
सिंह राशिः- मा मि मु मे मो टा टि टु टे
यो साता तपाईलाई नगद लगानी गरेर गरिने कार्यहरुबाट राम्रो लाभ मिल्नेछ। शेयर बजारबाट पनि तपाईलाई लाभ मिल्नेछ। तपाईको बुद्धि बिबेकको प्रयोग गरेर जटिल ठानिएका कार्यहरु पनि सहजै कार्य संपादन हुनेछन। तपाईको मनमिल्ने साथीको राम्रो साथ सहयोग र हौसला मिल्नेछ। तर साताको मध्यबाट भने तपाईले ताके आटे अनुरुपका कार्यहरु नबन्नाले दिक्क लाग्नेछ। तपाईलाई कसैको दबाब र तनाब बढेको महसुस हुनेछ। बक्क लाग्ने स्थिती हुनेछ। ३ र ६ शुभ अंक रहेका छन भने गुलाबी रंग शुभ रंगमा परेको छ। तपाईका कुल देवताको आराधना पस्चात गरेका कार्यहरुले तपाईलाई सफलता दिलाउनेछन।
कन्या राशिः- टो पा पि पु ष ण ठ पे पो
यो साता तपाईलाई शेयर बजारबाट राम्रो लाभ मिल्नेछ। छोटो समयमा बिषेश उपलब्धि हासिल गर्न सक्नुहुनेछ। तपाईले आफ्नो अधिकार प्राप्तिको लागि भने संघर्ष गर्नुपर्नेछ। तर साताको मध्यबाट भने तपाईलाई सामाजिक कार्यहरुमा बिशेष रुचि बढ्नेछ। आर्थिक बृद्धि राम्रो संग हुनेछ। मन प्रसन्न हुनेछ। ५ र ८ शुभ अंक रहेका छन भने खैरो रंग शुभ रंगमा परेकोछ। आदित्य नारायण भगवानको आराधना पस्चात गरेका कार्यहरुले तपाईलाई सफलता दिलाउनेछन।
तुला राशिः- रा रि रु रे रो ता ति तु ते
यो साता व्यापार व्यवसायमा बृद्धि हुनुका साथै आर्थिक अबस्था पनि सुदृढ हुनेछ। नयॅा कार्ययोजना बन्नेछ। राजनीतिक कार्यमा ख्याति कमाउन सक्नुहुनेछ। काममा वा समाजबाट तपाईलाई नयॅा कामको जिम्मेबारी हातलाग्नेछ। तर साताको उत्तरार्धतिरबाट भने व्यापार व्यवसायमा मन्दि आउनेछ। शेयर बजारबाट पनि नोक्सान हुने योग रहेकोछ। आर्थिक संकट पर्ने योग रहेको छ। निकै ख्याल गरेर अगाडि बढ्नुहोला। ७ र ९ शुभ अंक रहेका छन भने निलो रंग शुभ रंगमा परेको छ। श्रीकृष्ण भगवानको आराधना पस्चात गरेका कार्यहरुले तपाईलाई सफलता दिलाउनेछन।
बृश्चिक राशिः- तो ना नि नु ने नो या यि यु
यो साता तपाईलाई कृषिकार्यको व्यवसायबाट राम्रो लाभ पाउन सक्नुहुनेछ। तपाईलाई नयॅा नयॅा ज्ञान सिक्ने अवसर प्राप्त हुनेछ। मेहेनत गरे अनुसारको प्रतिफल प्राप्त गर्नुहुनेछ। सामाजिक कार्यहरुबाट तपाईलाई मान सम्मान र प्रतिष्ठा मिल्नेछ। यात्रा गर्दा वा बाटो काट्दा निकै ख्याल गर्नुहोला सकभर यात्रा नगरेकै राम्रो यात्रा गर्नैपरे शुभ साईत हेराएर मात्र गर्नुहोला। बाटो काटदा समेत निकै होसियारी अपनाउनुहोला। ४ र ६ शुभ अंक रहेका छन भने सुन्तला रंग शुभ रंगमा परेको छ। पितृहरुको आराधना पस्चात गरेका कार्यहरुले तपाईलाई सफलता दिलाउनेछन।
धनु राशिः- ये यो भा भि भु धा फा ढा भे
यो साता तपाईलाई सामाजिक क्षेत्रबाट मानसम्मान मिल्नेछ। कुनैपनि रोकिएका कार्यहरुलाई दोहोर्याएर प्रयत्नगर्दा कार्य संपादन हुनेछन। तपाईबाट छुटेर टाढा रहेका आफन्तहरुसंग प्रतक्ष वा प्रबिधिको माध्यमबाट पुनर्मिलन हुने योग रहेकोछ। तर साताको मध्यबाट भने तपाईको स्वास्थ्य प्रति निकै ध्यान दिनुहोला बिरामी पर्ने योग रहेकोछ। तपाईको जिद्धिपनाले गर्दा कामहरु बिग्रने संभावना रहनेछ। ३ र ५ शुभ अंक रहेका छन भने पहेलो रंग शुभ रंगमा परेकोछ। तपाईका माता पिताको आराधन पस्चात गरेका कार्यहरुले तपाईलाई सफलता दिलाउनेछन।
मकर राशिः भो जा जि जु जे जो ख खि खु खे खो गा गी
यो साता तपाईलाई शेयर बजारबाट नोक्सानी बेहोर्नुपर्नेछ। अरुले भनेका गरेका कुराहरुमा चित्त नबुझ्न सक्छ होसियारीका साथ अगाडि बढ्नुहोला। तर साताको मध्यबाट भने तपाईले बिभिन्न कार्यक्रमहरुमा नेतृत्वदायी भुमिका निर्वाह गर्ने मौका पाउनुहुनेछ। शुभ कार्यको चर्चा चल्नेछ। बित्तिय संघ संस्थाहरुले तपाईलाई सहयोग गर्नेछन। शुभ समाचारहरु सुन्न पाउनुहुनेछ। तपाईको मन प्रसन्न हुनेछ साथै मुहारमा क्रान्ती छाउनेछ। ७ र ९ शुभ अंक रहेका छन भने सेतो रंग शुभ रंगमा परेकोछ। नवग्रहहरुको आराधना पस्चात गरेका कार्यहरुले तपाईलाई सफलता दिलाउनेछन।
कुम्भ राशिः- गु गे गो सा सि सु से सो द
यो साता तपाईको फसेको रकम हातलागि हुनेछ भने नियमित आम्दानी समेत बढ्नेछ। शेयर बजारमा गरेको लगानीले तपाईलाई राम्रै प्रतिफल दिनेछ। राज्यस्तरबाट तपाईलाई मान सम्मान प्राप्तहुनेछ। परिवारको राम्रो साथ सहयोग मिल्नेछ र उल्लेख्य कार्यहरु संपादन हुनेछन। तपाईले दैनिक आहार बिहार एवं खानपानमा निकै ख्याल गर्नुहोला तपाईको स्वास्थ्यमा गडबढि आउने योग रहेकोछ। ३ र ७ शुभ अंक रहेका छन भने सेतो रंग शुभ रंगमा परेकोछ। पवनपुत्र हनुमानको आराधना पस्चात गरेका कार्यहरुले तपाईलाई सफलता दिलाउनेछन।
मीन राशिः- दि दु थ झ ञ दे दो चा चि
यो साता तपाईलाई धार्मिक कार्यहरु भैरहेको ठाउमा सहभागी हुने अवसर मिल्नेछ। अरुलाई प्रभावित पारेर आफ्ने काम बनाउन सक्नुहुनेछ। जग्गा जमिनको कारोबारबाट पनि तपाईलाई राम्रो प्रतिफल प्राप्त हुनेछ। तपाईका आफन्तहरुको राम्रो साथ सहयोग प्राप्तहुनेछ। नविन एवं शुभ कार्यको योजना बन्नेछ। २ र ५ शुभ अंक रहेका छन भने पहेलो रंग शुभ रंगमा परेको छ। कार्य सिद्धिदाता गणेश भगवानको आराधना पस्चात गरेका कार्यहरुले तपाईलाई सफलता दिलाउनेछन।
राशिफलमा जे जस्तो फलित गरेता पनि तपाई आफ्नो कर्ममा बिस्वास गरेर अगाडि बढ्नुहोला सफलता तपाईको हातमा हुनेछ।
तपाईको यो साता शुभ रहोस
जयतु संस्कृतम जयतु सनातनम हरि ॐ