फलित ज्योतिषः- नारायण भण्डारी
मेष राशिः- चु चे चो ला लि लु ले लो अ
यो साता तपाईलाई बैदेशिक कार्यवाट सफलता मिल्नेछ। विभिन्न शुभ कार्यहरुमा सरिक हुने अवसर मिल्नेछ। लामो समय देखि रोकिएका कामहरुलाई दोहोर्याएर प्रयत्न गर्दा कार्य सफलता मिल्नेछ। तर साताको उत्तरार्धमा भने आर्थिक समस्याले सताउनेछ। आर्थिक संकट पर्नेछ। तपाईको बोलिको बिपरीत अर्थ लाग्नेछ निकै सोचविचार गरेर बोल्नुहोला। १ र ४ शुभ अंक रहेका छन भने रातो रंग शुभ रंगमा परेको छ। शंकर भगवानको आराधना पस्चात गरेका कामले तपाईलाई सफलता तर्फ डोर्याउनेछ।
वृष राशिः- इ उ ए ओ वा वि वु वे वो
यो साता तपाईको शरीरमा जोस जागर र हिम्मत हराउने छ। तपाईका दैनिक कार्यहरुमा ढिलासुस्ती हुनेछ। मनमा नैरास्यता बढ्नेछ। निकै सोच बिचार गरेर अगाडि बढ्नुहोला नत्र निकै दुख पाईने योग रहेको छ। तर साताको मध्यवाट भने लगानी गर्ने सोचमा हुनुहुन्छ भने शेयर बजारको लगानि उत्तम हुनेछ। शुभ कार्यको चर्चा चल्नेछ। आर्थिक अवस्था मजवुत हुनेछ। शेयर बजारको लगानीले तपाईलाई राम्रो प्रतिफल दिनेछ। २ र ४ शुभ अंक रहेका छन भने सुन्तला रंग शुभ रंगमा परेको छ। बंगलामुखि माताको आराधना पस्चात गरेका कार्यले तपाईलाई सफलता तर्फ डोर्याउनेछन।
मिथुन राशिः- का कि कु घ ङ छ के को ह
यो साता तपाईको परिवारमा निकै राम्रो वातावरण बन्नेछ। सामाजिक, धार्मिक र परोपकारका काममा समय खर्चनु पर्नेछ। तपाईले गर्नुभएको राजनीति र सामाजिक क्षेत्रबाट तपाईलाई सफलता मिल्नेछ। नयॅा साथिभाई संग भेटघाट हुने योग रहेको छ। शेयर बजारको कारोवार भने सामान्य नै रहला। ३ र ५ शुभ अंक रहेका छन भने कालो रंग शुभ रंगमा परेको छ। तपाईका ईष्ट देवताको आराधना पस्चात गरेका कामले तपाईलाई सफलता तर्फ डोर्याउने छन।
कर्कट राशिः- हि हु हे हो डा डि डु डे डो
यो साता तपाईलाई धार्मिक एवं सांस्कृतीक कार्यहरुमा रुचि बढ्ने छ। कुटनीतिक क्षेत्रको कामबाट तपाईलाई सफलता मिल्नेछ। शुभ कार्यको चर्चा चल्नेछ। कुनैपनी मुद्दामामिला लड्दै हुनुहुन्छ भने सफलता तपाईको पक्षमा हुनेछ। नगद लगानी गरेर गरेका कार्यले तपाईलाई लाभ दिलाउनेछ। स्वविवेकले कामगर्ने वानीले तपाईलाई फाईदा पुग्नेछ। पर निर्भरताले गर्दा तपाईको बिश्वास गुम्न सक्नेछ। ४ र ८ शुभ अंक रहेका छन भने गुलावी रंग शुभ रंगमा परेकोछ। शिद्धिदाता गणेश भगवानको आराधना पस्चात गरेका कार्यले तपाईलाई सफलता तर्फ डोर्याउनेछन।
सिंह राशिः- मा मि मु मे मो टा टि टु टे
यो साता तपाईको लागि प्रेम र मित्रताको बन्धन कस्न श्रेष्ट समय रहेको छ। तपाईले गरीरहेको कामको क्षेत्रमा प्रभुत्व जमाउन सक्नुहुनेछ। लामो समयदेखि रोकिएका कार्यहरुलाई दोहोर्याएर प्रयत्न गर्दा कार्य संपादन हुनेछन। तपाईको पहिरनको चर्चा चल्नेछ। तर साताको मध्यवाट भने तपाईमा लगनसिलताको कमी देखिने छ लगनसिलताको कमिले गर्दा तपाईलाई आएका अवसरहरुपनी गुम्नेछन। निकै होसियारीका साथ अगाडि बढ्नुहोला। २ र ४ शुभ अंक रहेका छन भने खैरो रंग शुभ रंगमा परेको छ। माता पिताको आशिर्वाद लिएर गरेका कार्यले तपाईलाई सफलता तर्फ डोर्याउनेछन।
कन्या राशिः- टो पा पि पु ष ण ठ पे पो
यो साता तपाईलाई चोट पटक लाग्ने योग रहेको छ निकै साबधामिका साथ रहनुहोला। मन अस्थिर रहनेछ। तपाईले गरेका काममा ढिला सुस्ती हुनेछन। स्वास्थ्य प्रति निकै सचेत रहनुहोला। आफन्तको साथ र सहयोग भने निरन्तर पाईरहनुहुनेछ। तर मध्य साताबाट भने तपाईलाई नसोचेको ठाउबाट आकस्मिक धनलाभ हुनेछ। सामाजिक एवं धार्मिक कार्यहरुमा रुचि बढेर जानेछ। १ र ५ शुभ अंक रहेका छन भने सेतो रंग शुभ रंगमा परेकोछ। पवन पुत्र हनुमानको आराधना पस्चात गरेका कामले तपाईलाई सफलता तर्फ डोर्याउनेछन।
तुला राशिः- रा रि रु रे रो ता ति तु ते
यो साता तपाईलाई शैक्षिक क्षेत्रवाट लाभ एवं सफलता मिल्नेछ। तपाईले गरिरहनुभएको कार्यक्षेत्रमा प्रभुत्व जमाउन सक्नुहुनेछ। भाग्यले एकपछि अर्को अवसर जुराउनेछ। अचल संपत्ती हातपार्ने योग रहेकोछ। राजनीतिक क्षेत्रबाट सफलता मिल्नेछ। स्वास्थ्यमा सुधारात्मक अवस्था देखिनेछ। ३ र ४ शुभ अंक रहेका छन भने सेतो रंग शुभ रंगमा परेको छ। कुल देवताको आराधना पस्चात गरेका कामले तपाईलाई सफलता तर्फ डोर्याउनेछ।
वृश्चिक राशिः- तो ना नि नु ने नो या यि यु
यो साता तपाईलाई जग्गा जमिनको कारोबार अर्थात घर जग्गाको कारोबार बाट राम्रो लाभ मिल्नेछ। रोकिएका महत्वपूर्ण कामहरु यसैसाताबाट पूनः संचालनमा आउन सक्नेछन। सामाजिक एवं राजनीतिक कार्यमा सफलता मिल्नेछ। कुटनीतिक क्षेत्रको कार्य भने बिस्तारै अगाडि बढ्नेछ। ३ र ६ शुभ अंक रहेका छन भने खैरो रंग शुभ रंगमा परेकोछ। नव ग्रहहरुको स्तुती पस्चात गरेका कामले तपाईलाई सफलता तर्फ डोर्याउनेछन।
धनु राशिः- ये यो भा भि भु धा फा ढा भे
यो साता तपाईलाई शुभ र लाभदायक यात्राको योग रहेकोछ। बोलिको भरमा कार्यसंपादन गर्न सक्नुहुनेछ। मनमा शान्ति छाउने समाचार सुन्न पाउनुहुनेछ। नयॅा नयॅा ज्ञान सिक्ने अवसर तपाईले पाउनुहुनेछ। तर साताको उत्तरार्धबाट भने तपाईको मन कमजोर रहनेछ। प्रेममा मनमुटाव बढ्नेछ। तपाईको वेसुरमा वचन दिने वानीले गर्दा तपाईलाई अप्ठ्यारोमा पार्न सक्नेछ। १ र ३ शुभ अंक रहेका छन भने हरियो रंग शुभ रंगमा परेकोछ। भैरवनाथ भगवानको आराधना पस्चात गरेका कामले तपाईलाई सफलता तर्फ डोर्याउनेछन।
मकर राशिः- भो जा जि जु जे जो ख खि खु खे खो गा गि
यो साता तपाईलाई शेयर बजारबाट राम्रो लाभ मिल्नेछ। पारिवारिक जमघट हुने योग रहेकोछ। भाग्यले विभिन्न अवसरहरु जुराउनेछ जसलाई सहि समयमा यसहि सदुपयोग गरे तपाईलाई अत्याधिक लाभ मिल्नेछ। राजनीतिक क्षेत्रको काममा पनी तपाईलाई राम्रो सफलता मिल्नेछ। मनमा शान्ति मिल्नुको साथै मन प्रसन्न पनी हुनेछ। ८ र ९ शुभ अंक रहेका छन भने पहेलो रंग शुभ रंगमा परेको छ। पितृहरुको आराधना पस्चात गरेका कार्यले तपाईलाई सफलता तर्फ डोर्याउनेछन।
कुम्भ राशिः- गु गे गो सा सि सु से सो द
यो साता तपाईलाई आफन्तको साथ सहयोग मिल्नेछ। धार्मिक एवं सांस्कृतिक कार्यहरुमा रुचि बढ्नेछ। शैक्षिक क्षेत्रबाट पनी राम्रो प्रगती उन्नती हुनेछ। तर मध्य साताबाट भने तपाईको स्वास्थ्यमा गडबढि आउनेछ। तपाईमा अहमताको भाव बढ्नुको साथै रिस डाहा र क्रोध अतिनै बढ्ने योग रहेकोछ। निकै संयमता अपनाउनुपर्ने देखिएकोछ। ४ र ६ शुभ अंक रहेका छन भने आकासे निलो रंग शुभ रंगमा परेको छ। तपाईका आदर्श व्याक्तिको साथ सहयोग लिएर गरेका कामले तपाईलाई सफलता तर्फ डोर्याउनेछन।
मिन राशिः- दि दु थ झ ञ दे दो चा चि
यो साता तपाईलाई धार्मिक एवं सांस्कृतिक सभा समारोहमा सहभागि हुने अवसर मिल्नेछ। सुखद र रमणिय यात्राको योग रहेकोछ। साथीभाई संग पूनर्मिलनको योग रहेको छ। तर मध्य साताबाट भने तपाईलाई अरुको कामको लागि खट्नुपर्ने योग देखिएकोछ। परोपकारका कममा समय व्यतित हुनेछ। तपाईको व्यस्तता बढ्नेछ। ६ र ८ शुभ अंक रहेका छन भने हल्का निलो रंग शुभ रंगमा परेकोछ। ईष्ट देवताको आराधना पस्चात गरेका कार्यले तपाईलाई सफलता तर्फ डोर्याउनेछन।
”यो साता तपाईको शुभ रहोस”
राशिफलले जे जस्तो फलित गरेता पनी तपाई आफ्नो कानना लगनसिलताका साथ अगाडि बढ्नुभयो भने सफलता तपाईको हातमा हुनेछ।
”जयतु संस्कृतम जयतु सनातनम हरु ॐ”