फलित ज्योतिषः- नारायण भण्डारी
मेष राशिः- चु चे चो ला लि लु ले लो अ
यो साता तपाईले लगानी गरेको शेयर बजारबाट समेत अपेक्षाकृत आम्दानी हुनेछैन। तपाईको अधिकार प्राप्तिकोलागि निकै संघर्ष गर्नुपर्नेछ। जिद्दिगर्ने बानिले गर्दा तपाईलाई आएका राम्रा अवसरहरु पनी गुम्ने र कामहरु बिग्रने डर रहेको छ। तर साताको मध्यबाट भने शैक्षिक प्रगती हुनेछ। मनमा शान्ति छाउने समाचार सुन्न पाउनुहुनेछ। ३ र ६ शुभ अंक रहेका छन भने निलो रंग शुभ रंगमा परेकोछ। कार्यशिद्धिदाता गणेश भगवानको आराधना पस्चात गरेका कार्यले तपाईलाई सफलता दिलाउनेछन।
वृष राशिः- इ उ ए ओ वा वि वु वे वो
यो साता तपाईलाई सामाजिक एवं धार्मिक कार्यहरुमा रुचि बढ्नेछ। रमाईलो यात्राको योग रहेकोछ। प्रेम संबन्धमा निखारता आउनेछ संबन्ध मजबुत हुनेछ। तपाईबाट छुटेर गएका साथीभाईहरुसंग पुनर्मिलनको योग रहेकोछ। तर साताको मध्यबाट भने तपाईमा आलश्यता बढेर जानेछ। अनावस्यक रुपमा धन खर्चहुनेछ। मनमा नैराश्यता छाउनेछ। ५ र ७ शुभ अंक रहेका छन भने गुलाबी रंग शुभ रंगमा परेकोछ। तपाईका ईष्ट देवताको आराधना गरेर गरेका कार्यले तपाईलाई सफलता दिलाउनेछन।
मिथुन राशिः- का कि कु घ ङ छ के को ह
यो साता तपाईको लगानीले सार्थकता दिलाउनेछ। शेयर बजारमा गरेको लगानिले राम्रो प्रतिफल दिनेछ। रमाईलो यात्राको योग रहेकोछ। तपाईका दैनिक कार्यहरु सहजरुपमा अगाडि बढ्नेछन। भौतिक शुख सुविधाका साधनहरु जोड्ने समय ररहेकोछ। धार्मिक एवं सामाजिक कार्यहरुमा रुचिबढ्नेछ। मनमा आनन्द मिल्नेछ। १ र ४ शुभ अंक रहेका छन भने सेतो रंग शुभ रंगमा परेकोछ। तपाईका मातापिताको आशिर्वाद लिएर गरेका कार्यले तपाईलाई सफलता दिलाउनेछन।
कर्कट राशिः- हि हु हे हो डा डि डु डे डो
यो साता तपाईका कुनैपनी मुद्दामामिलामा तपाईको पक्षमा फैसला हुनेछ र जित तपाईको पक्षमा हुनेछ।अतिथीको रुपमा सम्मान र सत्कार प्राप्तहुनेछ। तपाईको आफ्नो बुद्धिबिबेकको प्रयोगले जटिल ठानिएका कार्यहरुपनी सहजै कार्य संपादन हुनेछन। सुभ र राम्रा कार्यहरुमा सहजै कार्यसंपादन हुनेछन। महिला वर्गबाट बिशेष साथ सहयोग प्राप्त हुनेछ। आर्थिक प्रगती राम्रो हुनेछ। ४ र ६ शुभ अंक रहेका छन भने पहेलो रंग शुभ रंगमा परेकोछ। नव ग्रहहरुको आराधना पस्चात गरेका कार्यहरुले तपाईलाई सफलता दिलाउनेछन।
सिंह राशिः- मा मि मु मे मो टा टि टु टे
यो साता तपाईलाई स्वास्थ्यमा समस्या देखिनेछ जसमा नाक कान तथा घाटिमा समस्या देखिनेछ। अनावस्यक झै झमेलामा फस्न सक्ने देखिएको छ। कसैलाई पनी वचनदिदा निकै संयमता अपनाउनु होला। तर साताको मध्यबाट भने तपाईलाई नसोचेको ठाउबाट आकस्मिक रुपमा धनागमन हुनेछ। बैदेशिक क्षेत्रका कार्यहरु अगाडि बढ्नेछन। तपाईका शुभ र राम्रा ईच्छाहरु पुरा हुनेछन।शुभ कार्यको चर्चा चल्नेछ। ३ र ५ शुभ अंक रहेका छन भने रातो रंग शुभ रंगमा परेकोछ। नारायण भगवानको आराधना पस्चात गरेका कार्यले तपाईलाई सफलता दिलाउनेछन।
कन्या राशिः- टो पा पि पु ष ण ठ पे पो
यो साता तपाईको घरमा अतिथीको आगमन हुनेछ। लामो समयदेखी रोकिएका कार्यहरुलाई पूनः दोहोर्याएर प्रयत्नगर्दा कार्यसंपादन हुनेछन। यात्रा हुने योग पनी रहेकोछ। शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ। भौतिक सुख सुबिधाका साधनहरु खरिद गर्ने योग रहेकोछ। तर साताको मध्यवाट भने घरायसी झैझमेलामा परिनेछ। तपाईले आफुलाई कमजोर भएको महसुस गर्नुहुनेछ। ४ र ९ शुभ अंक रहेका छन भने क्रिम रंग शुभ रंगमा परेकोछ। तपाईका कुल देवताको आराधना गरी गरेका कार्यले तपाईलाई सफलता दिलाउनेछन।
तुला राशिः- रा रि रु रे रो ता ति तु ते
यो साता तपाईलाई प्रेम र मित्रताको बन्धन कस्नको लागि उत्तम समय रहेकोछ। रमाईलो र सुखद यात्राको योग रहेकोछ।शुभ कार्यको चर्चा चल्नेछ। बैदेशिक क्षेत्रका कार्यहरु सहज रुपमा अगाडि बढ्नेछन। साथीभाई संग पूनर्मिलनको योग रहेको छ। नियम कीनुनहरुलाई मध्यनजर गरी अगाडि बढेमा तपाईलाई लाभ मिल्नेछ। ४ र ६ शुभ अंक रहेका छन भने सेतो रंग शुभ रंगमा परेको छ। भैरवनाथ भगवानको आराधना गरी गरेका कार्यले तपाईलाई सफलता दिलाउनेछन।
वृश्चिक राशिः- तो ना नि नु ने नो या यि यु
यो साता तपाईले आटे ताकेका शुभ र राम्रा कार्यहरु सहजै पुरा हुनेछन। दैनिक कार्यहरुमा सहजता मिल्नेछ। साहित्यका तिनै बिधाहरु कला साहित्य तथा संगितमा रुचि बढ्नेछ। परीवारको सल्लाहमा गरेका कार्यहरुबाट राम्रो प्रतिफल मिल्नेछ। नयॅा सवारी साधन प्राप्तगर्ने योग रहेकोछ। २ र ४ शुभ अंक रहेका छन भने घ्यु रंग शुभ रंगमा परेको छ। विष्णु भगवानको आराधना पस्चात गरेका कार्यहरुले तपाईलाई सफलता दिलाउनेछन।
धनु राशिः- ये यो भा भि भु धा फा ढा भे
यो साता तपाईको व्यापार व्यवसायमा मन्दि छाउनेछ। घरव्यवहारको समस्याले तपाईलाई सताउनेछ। तपाईका विस्वास पात्रहरुले तपाईमाथीको विस्वास कमी आउनेछ। तर साताको उत्तरार्धबाट भने व्यापार व्यवसायको लागि यात्राहुने योग रहेकोछ। तपाईको पहिरनको चर्चा चल्नुको साथै अरुको मन लोभ्याउनेछ। मानिसहरुके आकर्षण तपाईमाथी हुनेछ। २ र ५ शुभ अंक रहेका छन भने कलेजी रंग शुभ रंगमा परेको छ। माता वंगलामुखीको आराधना पस्चात गरेका कार्यले तपाईलाई सफलता दिलाउनेछ।
मकर राशिः- भो जा जि जु जे जो ख खि खु खे खो गा गि
यो साता तपाई कुनैपनी मुद्दा मामिला लड्दै हुनुहुन्छ भने न्याय अर्थात फैसला तपाईको पक्षमा हुनेछ। तपाको लगनसिलताले गर्दा दैनिक कार्यहरु सहजरुपमा अगाडि बढ्नेछन। गित संगितमा रुचि बढ्नेछ। तपाईका दाजुभाई एवं दिदीबहिनीहरुले तपाईका विचारहरुलाई साथ समर्थन गर्नेछन जसको कारणले सहजै कार्यसंपादन गर्न सक्नुहुनेछ। पॅुजि बजारको लगानीले तपाईलाई राम्रो प्रतिफल दिनेछ। लामो समयदेखी रोकिएका कार्यहरुलाई दोहोर्याएर प्रयत्नगर्दा कार्यसंपादन हुनेछन। ३ र ८ शुभ अंक रहेका छन भने खरानी रंग शुभ रंगमा परेकोछ। तपाईका पितृहरुको आराधना गरी गरेका कार्यले तपाईलाई सफलता दिलाउनेछन।
कुम्भ राशिः- गु गे गो सा सि सु से सो द
यो साता तपाईलाई कुनैपनी प्रतिष्पर्धाका कामहरुमा सफलता तपाइको हातमा हुनेछ। तपाईको लागि वस्त्र अलंकारहरु उपहारको रुपमा प्राप्तहुनेछन। पुराना कार्यहरुलाई दोहोर्याएर प्रयत्नगर्दा सहजै कार्यसंपादन हुनेछन। घार्मिक यात्राहुने प्रवल संभावना रहेकोछ। तर साताको उत्तरार्धबाट भने पढाई लेखाईको काममा जोस जागर घट्नेछ। प्रेम संवन्धमा चिसो पना बढ्नेछ। बन्नैलागेका कार्यहरुपनी बिग्नेछन निकै होसियारीका साथ अगाडि बढ्नुहोला। मनमा नैरास्यता छाउनेछ। ६ र ९ शुभ अंक रहेका छन भने सुन्तला रंग शुभ रंगमा परेकोछ। माता भवानीको आराधना गरी गरेका कार्यले तपाईलाई सफलता दिलाउनेछन।
मीन राशिः- दि दु थ झ ञ दे दो चा चि
यो साता तपाईलाई प्राविधिक क्षेत्रका कार्यहरुबाट बढि सफलता र लाभ मिल्नेछ। तपाईका आफन्त वा साथीभाईबाट बिशेष सहयोग मिल्नेछ जसको कारणले तपाईले उल्लेख्य कार्य संपादन गर्न सक्नुहुनेछ। तपाईको बोलिको प्रभाव बढ्नेछ। सन्तान सुखको योग रहेकोछ। माङ्गलिक कार्यहरु गर्ने योग रहेकोछ। तर साताको उत्तरार्धमा भने यात्रा नगर्दा उत्तम हुनेछ। यदि यात्रा गर्नैपरेपनी निकै साबधानिका साथ यात्रा गर्नुहोला । बाटो काट्दा पनी निकै होसियारीका साथ बाटो काट्नुहोला। ५ र ९ शुभ अंक रहेका छन भने ध्वासे रंग शुभ रंगमा परेकोछ। पितृहरुको स्मरण पस्चात गरेता कार्यहरुले तपाईलाई सफलता दिलाउनेछन।
राशिफलमा जे जस्तो फलित गरेतापनि तपाई आफ्नो कर्ममा बिश्वास गरेर अगाडि बढ्नुहोला सफलता तपाईको हातमा हुनेछ।
यो साता तपाईको शुभ रहोस जयतु संस्कृतम जयतु सनातनम