फलित ज्योतिष :- नारायण भण्डारी
मेष राशि :- चु चे चो ला लि लु ले लो अ
यो साता तपाईको मन दोधारमा हुनेछ । निर्णय गर्ने कार्यमा तपाईंको क्षमता कमजोर हुनेछ । अनावश्यक ठाउमा धन खर्च हुनेछ । तर साताको मध्यवाट भने शुभ कार्यको योग रहेको छ । सामाजीक एवं राजनीतिक क्षेत्रमा सफलता हात लाग्ने छ । अनुहारमा खुसिको बहार देखिने छ । लामो समयदेखि रोकिएका कामहरूलाई दोहोर्याएर प्रयत्न गर्दा सफलता हात लाग्ने छ । १ र७ शुभ अंक रहेका छन भने हरियो रंग शुभरंगमा परेको छ । भैरवनाथ भगवानको आराधना पस्चात गरेका कामले तपाईलाई सफलता दिलाउने छन ।
वृष राशि :- इ उ ए ओ वा वि वु वे वो
यो साता तपाईलाई साहित्यिक क्षेत्रमा रुचि बढेर जानेछ । तपाईका निकटतम व्यक्तिहरूले राम्रो साथ सपोट गर्नेछन जसले गर्दा तपाईलाई कार्य संपादनमा सजिलो हुनेछ । यात्रा हुने योग रहेको छ । सामाजिक क्षेत्रमा साथ सर्मथन प्राप्त गर्नहुनेछ । साथीभाई एवं पारिवारिक भेटघाट एवं पूर्नमिलन हुने योग रहेको छ । राजनीतिक कार्यमा सफलता हात लाग्नेछ । स्वास्थको राम्रो ख्याल राख्नुहोला । ३ र ९ शुभअंक रहेका छन भने क्रिम करलरको रंग शुभरंगमा परेको छ । वंगलामुखी माताको आराधना पस्चात गरेका कामले तपाईलाई सफलता दिलाउने छन ।
मिथुन राशि :- का कि कु घ ङ छ के को ह
यो साता तपाईले शुभ समाचार सुन्न पाउनु हुनेछ ।सामाजिक कार्यमा मन रमाउने छ । तपाईले कामगरेर नाम राख्ने समय आएको छ । तपाईको वाकचतुर्याईले गर्दा वोलीको भरमा कार्य सिद्ध गर्न सक्नुहुनेछ । तपाईका निकटतम व्यात्तिहरूले साथ सहयोग गर्नेछन । प्रविधीको माध्यमवाट तपाईका टाढा रहेका साथीभाई एवं आफन्त संग पुर्नमिलन हुनेछ । खानपानमा भने ख्याल गर्नपर्ने छ । स्वास्थ्य प्रति निकै सचेत रहनुहोला । ३ र ७ शुभ अंक रहेका छन भने रातो रंग शुभरंगमा परेको छ । भगवान भोलेनाथको आराधना पस्चात गरेका कामले तपाईलाई सफलता दिलाउनेछन ।
कर्कट राशि :- हि हु हे हो डा डि डु डे डो
यो साता तपाईलाई सामाजिक क्षेत्रको काममा सफलता मिल्नेछ । तपाईको बुद्धि विवेकले आईपरेका समस्याहरु सुल्झाउन सक्नुहुनेछ । प्रेम जीवनमा सफलता प्राप्त हुनेछ । धन आर्जनका नयाँ नयाँ श्रोतहरु देखापर्नेछन । पूजि बजारमा गरेको लगानीले राम्रो प्रतिफल दिनेछ । नसोचेको ठाउबाट धन आगमन हुनेछ । चिसो मैसम बाट जोगीनु होला । १ र ६ शुभ अंक रहेका छन भने खैरो रंग शुभरंगमा परेको छ । इष्टदेवताको आराधना पस्चात गरेका कामले तपाईलाई सफलता दिलाउने छन ।
सिंह राशि :- मा मि मु मे मो टा टि टु टे
यो साता तपाईलाई तपाईका विरोधी हरुले छलकपट तथा जालझेल गरेर समस्यामा पार्न सक्नेछन । यात्रा नगर्दा राम्रो हुनेछ । तर साताको उत्तरार्धमा बाट भने तपाईलाई उपहारको रुपमा नयाँ वस्त्रअंलकार ( लुगा र गरगहनाहरू ) प्राप्त हुने योग रहेको छ । लगानी गर्ने सोचमा हुनुहुन्छ भने जग्गा जमिन एवं घर जग्गामा गरेको लगानीले तपाईलाई राम्र मुनाफा दिलाउने छ । शुभ समाचार सुन्न पाउनु हुनेछ । ४ र ७ भभ अंक रहेका छन भने गुलावी रातो रंग शुभरंगमा परेको छ । कुल देवताको आराधना पस्चात गरेका कामले तपाईलाई सफलता दिलाउने छन ।
कन्या राशि :- टो पा पि पु ष ण ठ पे पो
यो साता तपाईलाई भाग्यले विभिन्न किसिमका अवसरहरु जुराउने छ । नयाँ कार्ययोजना बन्ने छ । राजनीतिक कार्यमा तपाईलाई सफलता मिल्नेछ । नयाँ काम अथवा काममा बढुवा भएर कामको थप जीम्मेवारी प्राप्त हुनेछ । स्वास्थ्यप्रति भने निकै सजगता अपनाउनु पर्ने हुन्छ अन्यथा विरामी पर्न सकिने छ । तर साताको उत्तरार्धमा भने तपाई निकै चनाखो हुनुपर्नेछ अन्यथा दुष्ट व्यातिको संगतले तपाईलाई हानि पुर्याउने छ । ३ र ५ शुभ अंक रहेका छन भने रातो रंग शुभ रंगमा परेको छ । लक्ष्मीमाताको आराधना पस्चात गरेका कामले तपाईलाई सफलता दिलाउनेछन ।
तुला राशि :- रा रि रु रे रो ता ति तु ते
यो साता तपाईलाई मनोरंजनका क्षेत्रमा लगानी गर्दा बढि लाभ हुने योग रहेको छ । शुभ कार्यमा सरिक हुने अवसर प्राप्त हुनेछ । लामो समयदेखि रोकिएका कामहरुलाई यसैसाता टुङ्गोमा पुर्याउन सक्नु हुनेछ । तपाईका मन मिल्ने आफन्त एवं साथीभाईले तपाईको समर्थन गर्नेछन । तर मध्य साताबट भने तपाईको धन बदि खर्च हुने योग रहेको छ । मनमा नैरास्यता उत्पन्न हुनसक्छ । स्वास्थ्य प्रति चनाखो रहनुहोला । २ र ८ शुभ अंक रहेका छन भने हरियो रंग शुभ रंगमा परेको छ । श्रीकृष्ण भगवानको आराधना पस्चात गरेका कामले तपाईलाई सफलता दिलाउने छन ।
वृश्चिक राशि :- तो ना नि नु ने नो या यि यु
यो साता तपाईलाई बैदेशिक क्षेत्रको कामबाट सफलता मिल्नेछ । सामाजिक एवं राजनैतिक क्षेत्रको राम्रो साथ सहयोग प्राप्त हुनेछ । मनमा शान्ति मिल्ने छ । तर साताको मध्यबाट भने स्वास्थ्यमा समस्या देखापर्ने योग रहेको छ । आर्थिक कारोवारमा मन्दि आउनेछ । मन दोधारमा रहनेछ वा मनमा नैरास्यता छाउने छ । ४ र ५ शुभ अंक रहेका छन भने सेतो रंग शुभरंगमा परेको छ । पितृहरुको आराधना वा स्मरण पस्चात गरेका कामले तपाईलाई सफलता दिलाउने छन ।
धनु राशि :- ये यो भा भि भु धा फा ढा भे
यो साता तपाई लगानी गर्ने सोचमा हुनुहुन्छ भने निकै विचार गरेर मात्र लगानी गर्नुहोला तपाईको लगानी डुब्ने भय रहेको छ। नयाँ कामको सुरुवात गर्न यो साता उत्तम छैन त्यसैले नयाँ कार्ययोजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ने छ । प्रेममा खटपट हुने योग रहेको छ । तर साताको उत्तरार्धम बाट भने साथी भाईसंगको भेटघाटले मनमा प्रसन्नता दिलाउनेछ । लामो समयदेखि रोकिएका कामहरु पुनः सुरु हुनेछन । मनमा शान्ति छाउने तथा मुहारमा कान्ति देखिने छ । ६ र ७ शुभ अंक हुन भने घ्यु रंगको रंग शुभ रंगमा परेको छ । भगवान नारायणको आराधना पस्चात गरेका कामले तपाईलाई सफलता दिलाउने छन ।
मकर राशि :- भो जा जि जु जे जो ख खि खु खे खो गा गि
यो साता शुभ कार्यको योग रहेको छ । तपाईको मनमा हर्ष उमंग र उत्साह बढ्नेछ । नयाँ नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । सामाजिक र परोपकारी संघ संस्था हरुबाट सहयोग प्राप्त हुनेछ । नयाँ कार्ययोजना बन्नेछ । तर साताको मध्यबाट भने तपाईको आर्थिक कारोबारमा मन्दि आउने छ । मनमा नैरास्यता छाउने छ । स्वास्थ्य प्रति भने निकै चनाखो रहनु होला । १ र ८ शुभ अंक रहेका छन भने निलो रंग शुभरंगमा परेको छ । नवग्रहको आराधना र दर्शन पस्चात गरेका कामले तपाईलाई सफलता दिलाउनेछन ।
कुम्भ राशि :- गु गे गो सा सि सु से सो द
यो साता तपाईलाई प्रेम प्रस्ताव आउन सक्छ । अकस्मात नसोचेको ठाउबाट धन संपत्ति हातपर्ने योग रहेको छ । विपरित वर्गप्रति आकर्षण बढने छ । तपाईका साथीभई एवं आफन्तहरु संग पूर्नमिलन हुने योग रहेको छ । तपाईका आफन्तको साथ सहयोग प्राप्त हुनेछ । कुटनैतिक नियोगहरूको काम अगाडी बढने छ । ६ र ७ शुभ अंक रहेका छन भने हरियो रंग शुभ रंगमा परेको छ । दुर्गा भवानीको आराधना पस्चात गरेका कामले तपाईलाई सफलता दिलाउने छन ।
मीन राशि :- दि दु थ झ ञ दे दो चा चि
यो साता तपाईले शेयर बजारमा गरेको लगानीले राम्रो प्रतिफल दिलाउने छ । प्रविधीको माध्यमबाट परिवार तथा साथीभाइसँग पूर्नमिलन हुनेछ । लामो समयदेखि रोकिएका कामहरु पुनः दोहोर्याएर प्रयत्न गर्दा सफलता हातलाग्ने छ । कृषि क्षेत्रको कामले तपाईलाई सफलता एव फाइदा दिलाउने छ । सामाजिक एवं राजनैतिक संध संस्थाबाट सहयोग प्राप्त हुनेछ । २ र ९ २ म अंक रहेक छन भने पहेलो रंग शुभ रंगमा परेको छ । माता पिता एवं मान्यजनको आशिवाद लिएर गरेका कामले तपाईलाई बढि सफलता दिलाउने छन ।
यो साता तपाईको शुभ रहोस राशिफलमा मात्र भन्दा आफ्नो कर्ममा बढि विस्वास गर्नुहोला तपाईलाई सफलता मिल्नेछ ।
जयतु संस्कृतम् जयतु सनातनम हरि ओम