साप्ताहिक राशिफल कार्तिक १९ गतेदेखि २५ गतेसम्म २०७९ साल


फलित ज्योतिषः- नारायण भण्डारी

 

AD146B25 777E 4E80 8A18 775731DAFFA6

मेष राशिः- चु चे चो ला लि लु ले लो अ

यो साताको सुरुवाति दिनहरुमा तपाईको काम बिगार्नेहरु सक्रिय भएर लाग्नेछन। स्वास्थ्यमा गडबढि आउने देखिएको छ जसको कारणले गर्दा तपाईका नियमित  एवं दैनिक कार्यहरुमा समेत असर पर्ने देखिएको छ सजग रहनुहोला। तर साताको मध्यबाट भने तपाइका कुनैपनि लामो समयदेखि रोकिएका कार्यकहरुले पूर्णता पाउनेछन। तपाईले आटे ताकेका शुभ र राम्रा ईच्छाहरु पूर्णहुनेछन। सामाजिक कार्यहरुमा रुचि बढ्नेछ। ३ र ५ शुभ अंक रहेका छन भने गुलाबी रॅग शुभ रंगमा परेकोछ।  कार्य शिद्धिदाता गणेश भगवानको आराधना पस्चात गरेका कार्यहरुले तपाईलाई सफलता दिलाउनेछन।

 

B92FF335 C8B1 4A44 8D1A 795A535C876B

वृष राशिः- इ उ ए ओ वा वि वु वे वो

यो साता तपाईले अतिथीको रुपमा मान सम्मान तथा सत्कार प्राप्त गर्न सक्नुहुनेछ। तपाईका नजिकका मित्रहरुले तपाईलाई राम्रो साथ सहयोग गर्नेछन। शुभ कार्यको चर्चा चल्ने योग रहेकोछ। तपाईको मनको मित्रसंग भेटधाट हुने योग रहेकोछ। तपाईको आफ्नै बलबुतामा सानो प्रयासले पनि ठूलै सफलता प्राप्त गर्नुहुनेछ। बित्तिय संघ संस्थाहरुबाट पनि तपाईले साथ सहयोग प्राप्त गर्नसक्नुहुनेछ। दैनिक कार्यहरु सहज रुपमा संपादन गर्न सक्नुहुनेछ। २ र ७ शुभ अंक रहेका छन भने सेतो रंग शुभ रंगमा परेकोछ। तपाईका ईष्ट देवताको आराधना पस्चात गरेका कार्यहरुले तपाईसाई सफलता दिलाउनेछन।

 

5E456FF6 2C89 42E9 AB9A D3BDBD7F5F70

मिथुन राशिः- का कि कु घ ङ छ के को ह

यो साता तपाईका बन्धुबान्धवहरुबाट तपाईलाई राम्रो साथ सहयोग मिल्नेछ। तपाईको आफ्नै बलबुद्धिको प्रयोगले अर्थात आफ्नै दक्षतामा बिभिन्न कार्यहरु संपादन हुनेछन। तपाईलाई कसैसंग प्रतिष्पर्धा नगरेरै फाईदा मिल्नेछ। तपाईका आदर्श ब्याक्तिहरुसंगको सहकार्यले तपाईलाई नया अनुभव एबं ज्ञान मिल्नेछ। तर साताको उत्तरार्धमा भने तपाईमा जोस जागरको कमि हुनेछ। तपाई स्वयंमले आफुलाई कमजोर भएको महसुस हर्नुहुनेछ। मन खिन्न हुनेछ। ५ र ९ शुभ अंक रहेका छन भने हल्का नीलो रंग शुभ रंगमा परेकोछ। पवनपुत्र हनुमानको आराधना पस्चात गरेका कार्यहरुले तपाईलाई सफलता दिलाउनेछ।

 

6DBF53EC F9B9 4B2C 8D33 EF84F53081B1

कर्कट राशिः- हि हु हे हो डा डि डु डे डो

यो साता तपाईले बिशेष गरि कृषि कार्यहरुबाट बढि लाभ लिन सक्नुहुनेछ। तपाईले काम गरिरहनुभएको क्षेत्रमा आफ्नो प्रभुत्व जमाउन सक्नुहुनेछ। धार्मिक एवं सामाजिक कार्यहरुमा रुचि बढ्नेछ।  मनमा आनन्द मिल्नेछ। तर साताको उत्तरार्धमा भने तपाईले यात्रा नगर्दा उत्तम हुनेछ। यात्रा गर्नै परे वा बाटो काट्दा समेत निकै सतर्कताका साथ काट्नुहोला । तपाईको स्वास्थ्यको पनि निकै ख्याल गर्नुहोला। ७ र ९ शुभ अंक रहेका छन भने ध्वासे रंग शुभ रंगमा परेकोछ। भैरवनाथ भगवानको आराधना पस्चात गरेका कार्यहरुले तपाईलाई सफलता दिलाउनेछन।

 

C2E065F7 9DA3 4E06 9E55 9A34A332EA6E

सिंह राशिः- मा मि मु मे मो टा टि टु टे

यो साताको सुरुवाति दिनहरुमा तपाईले  तपाईका आफन्त एवं नातागोताहरुलाई नगद सापटि दिएकाहरुले वचन पुरा नगर्दा तपाईलाई आर्थिक हैरानी बेहोर्नुपर्नेछ। तपाईले राम्रै काम गर्दा पनि त्यसको अपजस बेहोर्नु पर्नेछ। मन बेचैन हुनेछ। तर साताको मध्यबाट भने तपाईका लामो समयदेखि  रोकिएका कार्यहरुले निरन्तरता पाउनेछन।कार्य संपादनमा सहजता आउनेछ। रोकिएका कुनैपनि अधुरा कार्यहरु सहजरुपमा कार्यसंपादन हुनेछन।६ र ७ शुभ अंक रहेका छन भने सिन्दुरे रंग शुभ रंगमा परेकोछ। पाथिभारामाताको आराधना पस्चात गरेका कार्सहरुले तपाईलाई सफलता दिलाउनेछन।

 

ADE63758 7FDE 4B5C A8EB 9EBEA3A73A82

कन्या राशिः- टो पा पि पु ष ण ठ पे पो 

यो साताको सुरुका दिनहरुमा तपाईले व्यापार व्यवसायमा राम्रो सफलता प्राप्तगर्नुहुनेछ। शुभ कार्यको चर्चा पनि चल्ने योग रहेकोछ। तपाईका लामो समयदेखि रोकिएका कार्यहरु सहजरुपमा अगाडि बढ्नेछन। मनमा हर्ष मिल्नुका साथै मुहारमा क्रान्ति छाउनेछ। तर साताको मध्यबाट भने तपाईले नियम कानुनको निकै ख्याल गर्नुहोला सरकारी पक्षबाट तपाईलाई भय रहेको छ। तपाईलाई आएका अबसरहरुपनि गुम्न सक्नेछन त्यसैले निकै चनाखो भएर लाग्नुहोला। ५ र ६ शुभ अंक रहेका छन भने हरियो रंग शुभ रंगमा परेकोछ। तपाईका कुल देवताको आराधना पस्चात गरेका कार्यले तपाईलाई सफलता दिलाउनेछ।

 

5270EBBF 03AD 4605 9CD1 2790EA165C5A

तुला राशिः- रा रि रु रे रो ता ति तु ते

यो साता तपाईले शुभ समाचार सुन्न पाउनुहुनेछ। राजनीतिक एवं सामाजिक कार्यहरुबाट तपाईलाई सफलता मिल्नेछ। तपाईले नसोचेको ठाउबाट धनागमन हुनेछ। भाग्यले बिभिन्न अबसरहरु जुराउनेछ। शैक्षिक क्षेत्रको राम्रो उन्नति एवं प्रगती हुनेछ। धन आर्जनका नयॅा नयॅा श्रोतहरु देखापर्नेछन। मन प्रसन्न हुनेछ।   ३ र ४ शुभ अंक रहेका छन भने पहेलो रंग शुभ रंगमा परेकोछ। वंगलामुखीमाताको आराधना पस्चात गरेका कार्यले तपाईलाई सफलता दिलाउनेछन।

 

4B79A69F 4834 42BB 86D8 66C044CBC56E

बृश्चिक राशिः- तो ना नि नु ने नो या यि यु

यो साता तपाईको लागि प्रेम संबन्धमा बाधिनकोलागि उपयुक्त समय रहेकोछ। सामाजिक कार्यहरु गर्दा तपाईलाई साम्रो साथ सहयोग मिल्नेछ। तपाईको नजिकको मित्रसंग भेटघाटहुने योग रहेकोछ। प्रणय प्रसंगका लागि पनि उत्तम समय रहेकोछ। तर साताको उत्तरार्धमा भने तपाईका बिरोधीहरु सल्वलाउने छन होसियार रहनुहोला। तपाईका प्रतिद्वन्दीहरुले तपाईले गरिरहनुभएका कार्यहरुमा बाधा अबरोध खडा गर्नेछन। ४ र ६ शुभ अंक रहेका छन भने  नीलो रंग शुभ रंगमा परेकोछ। दक्षिणकाली माताको आराधना पस्चात गरेका कार्यहरुले तपाईलाई सफलता दिलाउनेछन।

 

0A8BCA82 414D 4986 ADFE 4FC30AB5827C

धनु राशिः- ये यो भा भि भु धा फा ढा भे

यो साताका सुरुवाति दिनहरुमा तपाईको स्वास्थ्य बिग्रने योग रहेको छ। तपाईको मनमा नैरास्यता छाउनुको साथै शरिरमा पनि जोस जागरको कमि हुनेछ। खानपान तथा दैनिक आहार बिहारमा ध्यान दिनुहोला। तर साताको मध्यबाट भने सामाजिक एवं धार्मिक कार्यहरुमा तपाईको रुचि बढेर जानेछ। शुभ कार्यको चर्चा चल्ने योग रहेकोछ। तपाईको मनको मन्छेबाट बिशेष साथ सहयोग प्राप्त हुनेछ। २ र ५ शुभ अंक रहेका छन भने खरानी रंग शुभ रंगमा परेकोछ। भोलानाथ भगवानको आराधना पस्चात गरेका कार्यहरुले तपाईलाई सफलता दिलाउनेछन।

 

74F8ADE1 B89F 4060 AB00 ED174C539A48

मकर राशिः- भो जा जि जु जे जो ख खि खु खे खो गा गि

यो साता तपाईको प्रेम जीवन सफल र सबल रहनेछ। तपाईका सहोदर दाजुभाई एवं दिदी बहिनीहरुले तपाईको सकारात्मक सोचलाई साथ समर्थन गर्नेछन। शुभ कार्यको चर्चा चल्नेछ। तपाईमा पराक्रम बढ्नेछ। आकस्मिक धनलाईको योग समेत रहेकोछ। तर स्वास्थप्रति भने निकै सजगता अपनाउनु पर्नेछ। २ र ८ शुभ अंक रहेका छन भने खैरो रंग शुभ रंगमा परेकोछ। मातापिताको आशिर्वाद लिएर गरेका कार्यहरुले तपाईलाई सफलता दिलाउनेछन।

 

6210C06B 5597 4051 95C6 56DBDC566971

कुम्भ राशिः- गु गे गो सा सि सु से सो द

यो साता तपाईला नयॅा काम पाईने योग रहेकोछ। लामो समय देखि रोकिएका कार्यहरु पूनः सुरु हुनेछन। व्यापार व्यवसायमा बढोत्तरी हुनेछ। साथी भाई एवं आफन्तहरुको साथ सहयोग मिल्नेछ। दैनिक कार्यहरु सहज रुपमा अगाडि बढ्नेछन। तर साताको उत्तरार्धबाट भने शैक्षिक क्षेत्रमा तपाईलाई त्यति राम्रो देखिदैन। दैनिक कार्यहरुमा समेत अबरोध आउनेछन। तपाईले आटे ताकेका कामहरु सहजरुपमा अगाडि नबढ्दा तपाईलाई दिक्क लाग्नेछ। मनमा नैराश्यता उत्पन्न हुनेछ। ८ र ९ शुभ अंक रहेका छन भने पर्पल रंग शुभ रंगमा परेकोछ। श्रीकृष्ण भगवानको आराधना पस्चात गरेका कार्यहरुले  तपाईलाई सफलता दिलाउनेछन।

 

00C28400 35D3 47F5 B5B7 9C64B8FA69A4

मीन राशिः-  दि दु थ झ ञ दे दो चा चि 

यो साता तपाईको लागि छोटो तर रमाईलो यात्राको योग रहेकोछ। धन आर्जनका नयॅा नयॅा श्रोतहरु देखापर्नेछन। राजनीतिक कार्यहरुमा तपाईलाई सफलता मिल्नेछ। दैनिक कार्यहरु सहजरुपमा अगाडि बढ्नेछन। प्रेम र मित्रताको बन्धन कसिनेबालाछ। तपाईको मनमा प्रसन्नता छाउनेछ। दाम्पत्य जीवन सुखमय तरिकाले अगाडि बढ्नेछ। ४ र ५ शुभ अंक रहेका छन भने सुन्तला रंग शुभ रंगमा परेकोछ। मुक्तिनाथ भगवानको आराधना पस्चात गरेका कार्यहरुले तपाईलाई सफलता दिलाउनेछन।

 

राशिफल जे जस्तो फलित गरेतापनि तपाईं आफ्नो कर्ममा बिस्वास गरेर अगाडि बढ्नुहोला सफलता तपाईको हातमा हुनेछ यो साता शुभ रहोस।

जयतु संस्कृतम जयतु सनातनम हरि ॐ

 

 

 


Translate »