साप्ताहिक राशिफल २४ बैशाख देखी ३० बैशाख २०७९ सम्मको


फलित ज्योतिषः- नारायण भण्डारी

 

 

AD146B25 777E 4E80 8A18 775731DAFFA6

मेष राशिः- चु चे चो ला लि लु ले लो अ

यो साता तपाईलाई रचनात्मक कार्य वा नयॅा उधोग गर्ने योग रहेको छ। नयॅा र मनमोहक स्थानको भ्रमण गर्ने योग रहेकोछ। परोपकार एवं सामाजिक कार्यमा तपाईको रुचि बढेर जानेछ। व्यापारमा राम्रो प्रगती उन्नती हुनुको साथै राम्रो आम्दानी हुनेछ। कुटनितीक कार्यवाट तपाईलाई सफलता मिल्नेछ। २ र ४ शुभ अंक रहेका छन भने सेतो रंग शुभ रंगमा परेकोछ। नारायण भगवानको आराधना पस्चात गरेका कार्यले तपाईलाई सफलता तर्फ डोर्याउनेछन। 

 

B92FF335 C8B1 4A44 8D1A 795A535C876B

वृष राशिः- इ उ ए ओ वा वि वु वे वो

यो साता तपाईका रोकिएका कामहरु पुनः संचालन हुनेछन। सरकारी तवरबाट वा राज्यवाट सहयोग प्राप्तहुनेछ। नयॅा नयॅा काम प्राप्त हुने वा नयॅा कामको प्रस्ताव आउनेछ। नगद लगानी गरेर गरिने कार्यबाट अर्थात  शेयर बजारवाट राम्रै लाभ मिल्नेछ। तर साताको उत्तरार्धबाट भने तपाईलाई व्यापार व्यवसायमा नोक्सानी बेहोर्न पर्ने देखिन्छ। पढाई लेखाईमा अर्थात शैक्षिक क्षेत्रमा वाधा व्यवधान आउन सक्छन। मन खिन्न हुनेछ। सतर्कताका साथ अगाडि बढ्नुहोला। ४ र ७ शुभ ॲक रहेका छन भने कलेजी रंग शुभ रंगमा परेको छ। माता वंगलामुखिको आराधना पस्चात गरेका कार्यले तपाईलाई सफलता तर्फ डोर्याउनेछन।

 

5E456FF6 2C89 42E9 AB9A D3BDBD7F5F70

मिथुन राशिः- का कि कु घ ङ छ के को ह

यो साता तपाईलाई आफुभित्र लुकेर रहेको क्षमता प्रदर्शन गर्ने अवसर मिल्नेछ। तपाईको नजिकको मन मिल्ने साथिको साथ र हौसला मिल्नेछ जसलेगर्दा तपाईले सहजै कार्य संपादन गर्न सक्नुहुनेछ। आफ्नै वुद्धिको प्रयोग गरेर जटिल ठानिएका कार्यहरुपनी सहजै संपादन गर्न सक्नुहुनेछ। स्वास्थ्यमा सुधार आउनेछ। पॅुजिवजारमा गरेको लगानी भने डुव्ने वा घाटामा जाने योग रहेकोछ। ३ र ५ शुभ अंक। रहेका छन भने खैरो रंग शुभ रंगमा परेकोछ। तपाईका कुल देवताको आराधना गरी गरेका कामले तपाईलाई सफलता तर्फ डोर्याउनेछन।

 

6DBF53EC F9B9 4B2C 8D33 EF84F53081B1

कर्कट राशिः- हि हु हे हो डा डि डु डे डो 

यो साता तपाईलाई व्यवसायको लागि नयॅा साथी संग सहकार्य गर्ने योग रहेकोछ । शुभ कार्यको चर्चा चल्नेछ। तपाइको लगनसिलताले कामहरु सहजै अगाडि बढ्नेछन। तपाईले गरीरहनुभएको काममा पदोन्नती र सरुवा समेत हुने योग रहेकोछ। तर साताको मध्यवाट भने तपाईले गरीरहनु भएको कार्यमा वाधा व्यवधान आउन सक्नेछन। तपाईका नजिकका साथीभाईवाट तपाईको काममा हानी वा वाधा व्यवधान पुर्याउन सक्नेछन। ४ र ८ शुभ ॲक रहेका छन भने हरियो रंग शुभ रंगमा परेको छ। माता पिताको आशिर्वाद लिएर गरेका कामले तपाईलाई सफलता तर्फ डोर्याउनेछन।

 

C2E065F7 9DA3 4E06 9E55 9A34A332EA6E

सिंह राशिः- मा मि मु मे मो टा टि टु टे

यो साता तपाईलाई शत्रुहरुवाट निकै हानी नोक्सानी पुर्याउने संभावना रहेको छ। नचाहिने ठाउमा धन खर्च हुने योग रहेकोछ। खर्च गर्दा निकै सावधानिका साथ सोच विचार गरेर मात्र खर्च गर्ने वानी गर्नुहोला। तर साताको मध्यवाट भने तपाईले गरेको लगानीले राम्रो प्रतीफल दिनेछ। तपाईका आफन्तको प्रगतीमा मन रमाउनेछ। एउटा कामवाट दोहोरो फाईदा लिन सक्नुहुनेछ। शेयर बजारमा गरेको लगानीले पनी राम्रो प्रतिफल दिनेछ। ६ र ९ शुभ ॲक रहेका छन भने कालो रंग शुभ रंगमा परेकोछ। भैरवनाथ भगवानको आराधना पस्चात गरेका कामले तपाईलाई सफलता तर्फ डोर्याउनेछन।

 

 

ADE63758 7FDE 4B5C A8EB 9EBEA3A73A82

कन्या राशिः- टो पा पि पु ष ण ठ पे पो

यो साता तपाईलाई नयॅा कार्य थालनी गर्न श्रेष्ठ समय रहेकोछ। अकस्मात यात्रा गर्न सक्ने वा यात्रा हुने योग रहेकोछ। विभिन्न पाटि वा सेमिनार तर्फ सहभागि हुने अवसर प्राप्त हुने योग रहेकोछ। प्राविधिक क्षेत्रको कार्यमा सफलता हात लाग्नेछ। तर साताको उत्तरार्धमा भने तपाईले सोचे अनुसारका काममा प्रगती नहोला। तपाईको भाग्य कमजोर रहनेछ। तपाईले आटे ताकेका काममा सोचेजस्तो सफलता नमिल्ला। मन खिन्न हुने स्थितीको सृजना हुनेछ। १ र ५ शुभ अंक रहेका छन भने नीलो रंग शुभ रंगमा परेकोछ। श्रीमान श्रीमतीको विचमा सर सल्लाह गरेर गरेका कार्यले तपाईलाई सफलता तर्फ डोर्याउनेछ।

 

5270EBBF 03AD 4605 9CD1 2790EA165C5A

तुला राशिः- रा रि रु रे रो ता ति तु ते

यो साता तपाइलाई शैक्षिक क्षेत्रको राम्रो उन्नती प्रगती हुनेछ। लामो समयदेखि रोकीएका कार्यहरुको पुनः सुचारुभएर कार्य संपादन तर्फ जानेछन। तपाईको आफ्नो वुद्धिको उपयोग गरेर जटिल ठानिएका कार्यहरुपनी सहजै कार्य संपादन गर्न सक्नुहुनेछ। धार्मिक यात्रा हुने योग रहेकोछ। तर मध्य साताबाट भने तपाईको मनमा दुविधा उत्पन्न हुनेछ। मन अस्थिर रहनेछ। छटपटि बढ्ने योग रहेकोछ। ७ र ९ शुभ अंक रहेका छन भने पहेलो रंग शुभ रंगमा परेको छ। नव ग्रहको स्तुती पस्चात गरेका कार्यले तपाईलाई सफलता तर्फ डोर्याउनेछन।

 

4B79A69F 4834 42BB 86D8 66C044CBC56E

वृश्चिक राशिः- तो ना नि नु ने नो या यि यु

यो साता तपाईले गरेका कार्यमा सफलता मिल्नेछ। वन्द रहेका कल कारखाना र वन्द व्यापारहरु पुनः संचालन हुनेछन। पढाई लेखाईको क्षेत्रमा राम्रो उन्नती प्रगती हुनेछ। सफल र आरामदायी यात्रा हुनेछ। शेयर बजारमा गरेको लगानीले पनी राम्रो प्रतीफल दिनेछ। तर साताको अन्त्यमा यात्रा गर्दा वा बाटो काट्दा निकै सावधानी अपनाउनु होला ।अति आवस्यक कार्य बाहेक यात्रा नगरेकै वेस हुनेछ। ५ र ६ शुभ अंक रहेका छन भने ध्वासे रंग शुभ रंगमा परेकोछ। पवन पुत्र हनुमानको आराधना गरी गरेका कार्यले तपाईलाई सफलता तर्फ डोर्याउनेछन।

 

0A8BCA82 414D 4986 ADFE 4FC30AB5827C

धनु राशिः- ये यो भा भि भु धा फा ढा भे

यो साता तपाईलाई राजनीतिक कार्यमा बाधा व्यवधान आउन सक्छन। तपाईले गरीरहेका महत्वपूर्ण कार्यमा वाधा उत्पन्न हुनेछन। तपाईको मनमा नरमाईलो लाग्नेछ। कुनै कुनै कुराले तपाईको चित्त दुख्नसमेत सक्ने योग रहेकोछ। तर मध्य साताबाट भने शेयर बजारमा गरेको लगानीले तपाईलाई राम्रो लाभ दिलाउनेछ। तपाईको प्रेमी वा मनमिल्ने साथीले नयॅा ठाउको भ्रमण गर्न प्रस्ताव गर्नेछन। मनमा आनन्द आउनेछ। १ र ३ शुभ अंक रहेका छन भने बैजनी रंगको रंग शुभ रंगमा परेकोछ। तपाईका ईष्ट देवताको आराधना पस्चात गरेका कामले तपाईलाई सफलता तर्फ डोर्याउनेछन।

 

74F8ADE1 B89F 4060 AB00 ED174C539A48

मकर राशिः- भो जा जि जु जे जो ख खि खु गे गो गा गि

यो साता तपाईका लामो समयदेखि रोकिएका कार्यहरु पुनः सुचारु हुनेछन। सामाजिक एवं राजनीतिक कार्यमा रुचि बढ्नेछ। तपाईले शुभ समाचार सुन्न पाउनुहुनेछ। सुन्दर र पर्यटकिय क्षेत्रको भ्रमणले तपाईको मन लोभ्याउनेछ। प्राविधिक क्षेत्रको कार्यमा तपाईलाई सफलता मिल्ने योग रहेकोछ। सामाजिक एवं राजनीतिक क्षेत्रमा कार्य गरेर तपाईको नाम र ईज्यत बढाउने योग समेत रहेकोछ। ५ र ८ शुभ अंक रहेका छन भने सुन्तला रंगको रंग शुभ रंगमा परेकोछ। कार्यशिद्धिदाता गणेश भगवानको आराधना पस्चात गरेका कार्यले तपाईलाई सफलता तर्फ डोर्याउनेछ।

 

 

6210C06B 5597 4051 95C6 56DBDC566971

कुम्भ राशिः- गु गे गो सा सि सु से सो द

यो साता तपाईको आदर्श व्याक्तीहरु संगको सहकार्यले नयॅा ज्ञान सिक्ने अवसर प्राप्त हुनेछ। तपाईलाई परिवारको साम्रो साथ सहयोग रहनेछ जसको कारणले तपाईले उल्लेख्य कार्य संपादन गर्न सक्नुहुनेछ। तपाईका शत्रुहरु पराजित हुनेछन। सफल र आरामदायी यात्राको योग रहेकोछ। १ र २ शुभ अंक रहेका छन भने घ्यु रंग शुभ रंगमा परेकोछ। नवग्रहहरुको दर्शन गरी गरेका कार्यले तपाईलाई सफलता तर्फ डोर्याउनेछन।

 

00C28400 35D3 47F5 B5B7 9C64B8FA69A4

मीन राशिः- दि दु थ झ ञ दे दो चा चि

यो साता तपाई भित्र लुकेर रहेको क्षमता प्रदर्शन गर्ने समय आएको छ। बैदेशिक क्षेत्रबाट तपाईलाई मनग्गे आम्दानी हुनेछ। रोकिएका अधुरा कार्यहरुले पूर्णता पाउनेछन। व्यापार व्यवसायमा राम्रो उन्नती प्रगती हुनेछ। नयॅा उधोग वा रचनात्मक कार्यमा जुट्ने बेला आएकोछ। तर साताको उत्तरार्धमा भने दैनिक क्रियाकलापमा निकै ख्याल गर्नुहोला। खानपान एवं आहार बिहारमा सजगता अपनाउनुहोला। स्वास्थ्यमा गडबढि हुने योग रहेकोछ। १ र ५ शुभ अंक रहेका छन भने सेतो रंग शुभ रंगमा परेकोछ। भगवान भोलानाथको आराधना पस्चात गरेका कामले तपाईलाई सफलता तर्फ डोर्याउनेछन।

 

राशिफलमा जे जस्तो फलित गरेता पनी तपाई आफ्नो कर्ममा विश्वास गरेर अगाडि बढ्नुभयो भने अवस्य सफलता तपाईको हातमा हुनेछ।

”यो साता तपाईको शुभ रहोस”

“जयतु संस्कृतम जयतु संस्कृतम” हरि ॐ


Translate »