साप्ताहिक राशिफल २२ असोज देखि २८ असोज २०७९ साल सम्मको


फलित ज्योतिषः- नारायण भण्डारी

 

AD146B25 777E 4E80 8A18 775731DAFFA6

मेष राशि- चु चे चो ला लि लु ले लो अ

यो साता तपाईलाई नयॅा कामको थालनी गर्न उत्तम समय रहेकोछ। तपाईले गरेको सामाजिक कार्यहरुले सफलता मिल्नेछ। मनमा आनन्द प्राप्त हुनेछ। छोटो तर लाभदायक यात्रा हुने योग रहेको छ। कुटनीतिक क्षेत्रका कार्यहरु सहजरुपमा अगाडि बढ्नेछन। तपाईका आफन्तहरुको राम्रो साथ सपोर्ट मिल्नेछ। तर साताको उत्तरार्धमा भने खराब मानिसहरुसंगको सहकार्यले तपाईलाई घाटालाग्ने अर्थात आत्मघाति काम गर्न सक्नुहुनेछ निकै सतर्क रहनुहोला । ३ र ६ शुभ अंक रहेका छन भने गुलावी रंग शुभ रंगमा परेकोछ। माता वंगलामुखिको आराधना पस्चात गरेका कार्यले तपाईलाई सफलता दिलाउनेछन।

 

B92FF335 C8B1 4A44 8D1A 795A535C876B

वृष राशिः- इ उ ए ओ वा वि वु वे वो 

यो साता तपाईलाई प्रेम तथा मित्रताको बन्धनमा बाधिनको लागि उत्तम समय रहेकोछ। कुनैपनि प्रतिस्पर्धाका कार्यहरुमा जित तपाईको पक्षमा हुनेछ। बैदेशिक क्षेत्रका कार्यहरु सहजरुपमा अगाडि बढ्नेछन। तपाईबाट छुटेका आफन्तहरुसंग पूर्नमिलन हुने योग रहेकोछ। दाम्पत्य जीवन सुखमय तरिकाले अगाडि बढ्नेछ। व्यवसायमा राम्रो प्रगती हुनेछ।  २ र ५ शुभ अंक रहेका छन भने रातो रंग शुभ रंगमा परेकोछ। पसुपतिनाथ भगवानको आराधना पस्चात गरेका कार्यले तपाईलाई सफलता दिलाउनेछ।

 

5E456FF6 2C89 42E9 AB9A D3BDBD7F5F70

मिथुन राशिः- का कि कु घ ङ छ के को ह

यो साता तपाईले अरुलाई प्रभावित पारेर आफ्नो काम बनाउन सक्नुहुनेछ। प्रेम र दाम्पत्य जीवन सुखमयका साथ अगाडि बढ्नेछ कुनै पनि रोकिएका कार्यहरुलाई पूनः दोहोर्याएर प्रयत्नगर्दा कार्य सम्पादन हुनेछन। लेखनको कार्यमा तपाईलाई रुचि बढ्नेछ। बित्तिय संस्थाहरुबाट सहयोग मिल्नेछ। २ र ४ शुभ अंक रहेका छन भने सेतो रंग शुभ रंगमा परेकोछ। तपाईका ईष्ट देवताको आराधना पस्चात गरेका कार्यहरुले तपाईलाई सफलता दिलाउनेछन।

6DBF53EC F9B9 4B2C 8D33 EF84F53081B1

कर्कट राशिः- हि हु हे हो डा डि डु डे डो

यो साताको सुरुवाति दिनहरुमा तपाईको आर्थिक पक्ष कमजोर रहनेछ। मनमा नैराश्यता छाउनेछ। आर्थिक कारोवारमा मन्दी आउनेछ। तर साताको मध्यबाट भने शुभ कार्यको चर्चा चल्नेछ। प्रेममा माधुर्यताको बासहुनेछ। न्यायको क्षेत्रमा तपाईको पक्षमा फैसला हुनेछ। परिश्रम अनुसारको फल प्राप्त हुनेछ। मनमा हर्ष उमंग र उत्साह छाउनेछ।  ४ र ५ शुभ अंक रहेका छन भने  हरियो रंग शुभ रंगमा परेकोछ। नारायण भगवानको आराधना पस्चात गरेका कार्यले तपाईलाई सफलता दिलाउनेछ।

 

C2E065F7 9DA3 4E06 9E55 9A34A332EA6E

सिंह राशिः- मा मि मु मे मो टा टि टु टे 

यो साता तपाईलाई नसोचेको ठाउबाट अकस्मात रुपमा धनसंपत्ति हातलाग्नेछ। एउटा कामबाट दोहोरो फाईदा मिल्नेछ। साथीभाईसंगको भेटघाटले मन प्रसन्न हुनेछ। अतिथीको रुपमा मान सम्मान र सत्कार पाईनेछ। प्रेम प्रस्ताब समेत आउन सक्नेछ। राजनीतिक क्षेत्रका कामहरु सहजरुपमा अगाडि बढ्नेछन। ५ र ७ शुभ अंक रहेका छन भने पर्पल रंग शुभ रंगमा परेको छ। तपाईका कुल देवताको आराधना पस्चात गरेका कार्यहरुले तपाईलाई सफलता दिलाउनेछन।

ADE63758 7FDE 4B5C A8EB 9EBEA3A73A82

कन्या राशिः- टो पा पि पु ष ण ठ पे पो 

यो साता तपाईले आशा मारेको ठाउबाट तपाईको धन हात लाग्नेछ। तपाईको आफ्नो जुक्ति बुद्धिको प्रयोग गरेर समस्याहरु पारलगाउन सक्नुहुनेछ। सामाजिक कार्यहरुमा सफलता मिल्नेछ। तपाईका आदर्श व्याक्तिहरुको साथ सहयोग मिल्नेछ। शेयर बजारमा गरेको लगानिले तपाईलाई लाभ दिलाउनेछ।  २ र ६ शुभ अंक रहेका छन भने सेतो रंग शुभ रंगमा परेकोछ। पवनपुत्र हनुमानको आराधना पस्चात गरेका कार्यहरुले तपाईलाई सफलता दिलाउनेछन।

 

5270EBBF 03AD 4605 9CD1 2790EA165C5A

तुला राशिः- रा रि रु रे रो ता ति तु ते

यो साता तपाईको आफ्नो बुद्धि बिबेकको प्रयोग गरेर बिभिन्न कार्यहरु संपादन गर्न सक्नुहुनेछ। शुभ समाचार सुन्न पाउनुहुनेछ। रोजगार वा नयॅा कार्य प्राप्तिको योग रहेकोछ। यसै साता तपाईले अचल संपत्ति प्राप्त गर्ने योग समेत रहेकोछ। सामाजिक एवं धार्मिक कार्यमा तपाईको रुचि बढ्नेछ। तपाईका निकटतम व्याक्तिको साथ सहयोग प्राप्त हुनेछ जसले गर्दा तपाईले अधिकतम कार्यहरु संपादन गर्न सक्नुहुनेछ। ३ र ९ शुभ अंक रहेका छन भने पहेलो रंग शुभ रंगमा परेकोछ। तपाईका पितृहरुको आराधना पस्चात गरेका कार्यहरुले तपाईलाई सफलता दिलाउनेछन।

4B79A69F 4834 42BB 86D8 66C044CBC56E

वृश्चिक राशिः- तो ना नि नु ने नो या यि यु

यो साताको सुरुवाती दिनहरुमा तपाईको मालसामान हराउने या चोरीहुनसक्नेछ। तपाईलाई केहि सुखको पल तथा केहि दुखदपल आउनेछन। तर साताको मध्यबाट भने  तपाईलाई सामाजिक कार्यहरुबाट सफलता मिल्नुको साथै पद प्रतिष्ठा पनि मिल्नेछ। यात्राको योग पनि रहेकोछ। लामो समयदेखि अधुरो रहेको कार्यलाई पूनः दोहोर्याएर प्रयत्नगर्दा कार्यसंपादन हुनेछन। ७ र ८ शुभ अंक रहेका छन भने निलो रंग शुभ रंगमा परेकोछ। नवग्रहहरुको स्तुति पस्चात गरेका कार्यहरुले तपाईलाई सफलता दिलाउनेछन।

 

0A8BCA82 414D 4986 ADFE 4FC30AB5827C

धनु राशिः- ये यो भा भि भु धा फा ढा भे

यो साता तपाईलाई धनआर्जनका नयॅा नयॅा स्रोतहरु देखा पर्नेछन। तपाईको घरमा अतिथीको आगमन हुनेछ। शुभ कार्यको लागि चर्चापनि चल्नेछ। सफल र आरामदायी यात्राको योग रहेकोछ। सामाजिक एवं राजनीतिक कार्यहरुमा तपाईको रुचि बढ्नेछ। तर मध्य साताबाट भने अनाबस्यक ठाउमा धन खर्च हुनेछ। तपाईले आटेताकेका काम नबन्नाले  वाक्क लाग्नेछ। मनमा नैरास्यता छाउनेछ।  १ र ५ शुभ अंक रहेका छन भने बैजनी रंग शुभ रंगमा परेको छ। तपाईका माता पिताको आशिर्वाद लिएर गरेका कार्यहरुले तपाईलाई सफलता दिलाउनेछन।

 

74F8ADE1 B89F 4060 AB00 ED174C539A48

मकर राशिःभो जा जि जु जे जो ख खि खु खे खो गा गि

यो साता तपाईलाई शुभ कार्यको चर्चा चल्नेछ। पारिवारीक भेटघाट हुनुका साथै तपाईका इष्टमित्र संगपनि सुमधुर संबन्ध रहनेछ। कुनै पनि पुराना कामहरुलाई दोहोर्याएर प्रयत्नगर्दा कार्य संपादन हुनेछन।  व्यापार व्यवसायमा राम्रो प्रगती उन्नती हुनेछ। तपाईका शुभ र सौम्य इच्छा आकांक्षाहरु पूर्ण हुनेछन। प्रेममा सफलता हात लाग्नेछ। नविन कार्यको थालनी गर्न उत्तम समय रहेकोछ। २ र ५ शुभ अंक रहेका छन भने खैरो रंग शुभ रंगमा परेको छ। भैरवनाथ भगवानको आराधना पस्चात गरेका कार्यले तपाईलाई सफलता दिलाउनेछन।

 

6210C06B 5597 4051 95C6 56DBDC566971

कुम्भ राशिः- गु गे गो सा सि सु से सो द

यो साता तपाईका निकटतम मित्रहरुको साथ सहयोगले तपाईले उल्लेख्य कार्यहरु संपादन गर्न सक्नुहुनेछ। कुनैपनि मुद्धामामिला लडदै हुनुहुन्छ भने न्याय तपाईको पक्षमा हुनेछ। कुनै पनि मनमा शान्ति मिल्ने समाचार प्राप्त गर्न सक्नुहुनेछ। तर साताको मध्यबाट भने आर्थिक कारोवारमा मन्दि छाउनेछ। तपाईले आटे ताकेका कार्यहरुमा ढिला सुस्ति हुनेछन। तपाईको मन खिन्न हुनेछ। ३ र ८ शुभ अंक रहेका छन भने आकासे निलो रंग शुभ रंगमा परेको छ। तपाईको पारिवारमा सरसल्लाह गरेर गरेका कार्यले तपाईलाई सफलता दिलाउनेछन।

00C28400 35D3 47F5 B5B7 9C64B8FA69A4

मीन राशिः- दि दु थ झ ञ दे दो चा चि 

यो साता तपाईले आटे ताके अनुरुपका कार्यहरु नबन्नाले दिक्क लाग्नेछ। तपाईका बिरोधीहरुको छलकपट तथा जालझेलबाट सतर्क रहनुहोला। बन्न लागेको कामपनि बिग्रने डर रहेको छ। तर साताको उत्तरार्धबाट भने तपाईले पार्टनरसिपमा गरेका कार्यहरुबाट तपाईलाई राम्रो प्रतिफल प्राप्त हुनेछ। उपहारको रुपमा नयॅा वस्त्रालंकारहरु  प्राप्तहुने योग रहेकोछ। शेयर बजारमा गरेको लगानीले पनि राम्रो प्रतिफल दिलाउनेछ। ६ र ९ शुभ अंक रहेका छन भने  सेतो रंग शुभ रंगमा परेको छ। मान्यजनको आशिर्वाद लिएर गरेका कार्यहरुले तपाईलाई सफलता दिलाउनेछन।

राशिफलमा जे जस्तो फलित गरेता पनि तपाई आफ्नो कर्ममा बिश्वास गरेर अगाडि बढ्नुहोला सफलता तपाईको हातमा हुनेछ।

यो साता तपाईको शुभ रहोस

जयतु संस्कृतम जयतु सनातनम हरि ॐ


Translate »