साप्ताहिक राशिफल पौष २४ गतेदेखि ३० पौष २०७८ सम्म


फलित ज्योतिषः- नारायण भण्डारी

 

AD146B25 777E 4E80 8A18 775731DAFFA6

मेष राशि ः- चु चे चो ला लि लु ले लो अ

यो साता तपाईलाई तपाईका बिरोधीहरुले कुनै नौटंकि जालझेल एवं छलकपट गरेर अप्ठ्यारोमा पार्न सक्ने योग रहेको छ। स्वास्थ्य प्रती भने निकै चनाखो रहनुहोला। मध्य साताबाट भने लामो समयदेखी रोकिएका कामहरुलाई पुनः दोहोर्याएर प्रयत्नगर्दा कार्य सम्पादन हुनेछन। नयॅा नयॅा ज्ञान सिक्ने अवसर प्राप्त हुनेछ। प्रविधिको माध्यमबाट आफ्ना आफन्त एवं साथि भाईसंग भेटघाट हुनेछ। मनमा शान्ती मिल्नेछ। ६ र ८ शुभ अंकको रुपमा रहेको छन भने गुलावी रातो रंग शुभ रंगमा परेको छ। कार्यसिद्दिविनायक गणेश भगवानको आराधना पस्चात गरेका कामले तपाईलाई सफलता मिल्नेछ।

 

B92FF335 C8B1 4A44 8D1A 795A535C876B

वृष राशिः-  इ उ ए ओ वा वि वु वे वो

यो साता तपाइलाई शुभ यात्राको योग रहेको छ। दाम्पत्य जीवन सुखमय साथ अगाडी बढ्ने छ। कुटनितिक कार्यहरुमा सफलता मिल्नेछ। राजनीतिक एवं सामाजिक कार्यमा तपाइलाई सफलता मिल्नेछ। शेयर बजारमा गरेको तपाईको लगानिले राम्रो प्रतिफल दिनेछ। प्रेमको बन्धन कसिने छ। अनायसै साथीभाइसंग घुमफिरगर्ने योजना पनी बन्ने योग रहेको छ। ४ र ७ शुभ अंक रहेका छन भने निलो रंग शुभ रंगमा परेको छ। तपाईका कुलदेवताको आराधना पस्चात गरेका कामले तपाइलाई सफलता दिलाउने छ।

 

5E456FF6 2C89 42E9 AB9A D3BDBD7F5F70

मिथुन राशि ः- का कि कु घ ङ छ के को ह

यो साता तपाईका रोकिएका कार्यहरुले पूर्णता पाउनेछन। प्राविधिक क्षेत्रको काममा तपाइलाई सफलता मिल्नेछ। सामाजिक एवं धार्मिक कार्यहरुमा तपाईको रुचि बढ्नेछ। सांस्कृतिक एवं मनोरञ्जनका कार्यक्रहरुमा सहभागी हुने योग रहेकोछ। तपाइमा जोस जागर र उत्साह बढेर जानेछ। साताको उत्तरार्धबाट भने तपाइको प्रेममा बाधा व्यवधान आउनेछन। शैक्षिक क्षेत्र निकै कमजोर रहला। बन्नलागेका कामहरु पनी अधुरै रहने छन। स्वास्थ्य प्रति निकै सचेत रहनुहोला। २ र ९ शुभ अंक रहेका छन भने हरियो रंग शुभ रंगमा परेको छ। भैरवनाथ भगवानको आराधना पस्चात गरेका कामले तपाइलाई सफलता दिलाउनेछन।

 

6DBF53EC F9B9 4B2C 8D33 EF84F53081B1

कर्कट राशि ः- हि हु हे हो डा डि डु डे डो

यो साता तपाइले नयॅा कामको थालनी गर्नुहुनेछ। प्रेमी जिवन सफल र सुखद रहनेछ। शुभ कार्यको चर्चा पनी चल्नेछ। व्यापार व्यवसायमा प्रगतीहुनुको साथै मनग्य फाइदा पनी हुनेछ। रमाइलो र स्मरण गर्न योग्य यात्राको योग रहेको छ। जहिले पनी नियम र कानुनको अधिनमा रहेर कार्य गरेमा लाभै लाभ प्राप्त हुनेछ। ३ र ८ शुभ अंकको रुपमा रहेका छन भने सेतो रंग शुभ रंगमा परेको छ। तपाइका ईष्ट देवताको आराधना पस्चात गरेका कामले तपाइलाई सफलता दिलाउनेछन।

 

C2E065F7 9DA3 4E06 9E55 9A34A332EA6E

सिंह राशि ः- मा मि मु मे मो टा टि टु टे

यो साता तपाईको स्वास्थ्यमा गडबढि आउने योग रहेको छ। खानपानमा निकै साबधानी अपनाउनु होला। तपाइका निकटस्थ सहकर्मि साथीहरुले तपाइको खुलेर बिरोध गर्नेछन। तपाइले गरेको आर्थिक कारोवारमा बिबाद आउने छ। तर साताको उत्तरार्धबाट भने तपाइलाई नसोचेको ठाउबाट धनागमन हुनेछ। तपाइको पहिरनले चर्चा पाउनेछ र तपाइको व्याक्तित्व बिकासमा टेवा पुग्नेछ। तपाइले चिताउनु भएका शुभ ईच्छा र आकांक्षाहरु पूर्ण हुनेछन। २ र ९ शुभ अंक रहेका छन भने खैरो रंग शुभ रंगमा परेको छ। भगवान नारायणको आराधना पस्चात गरेको कामले तपइलाई सफलता दिलाउनेछन।

 

ADE63758 7FDE 4B5C A8EB 9EBEA3A73A82

कन्या राशि ः- टो पा पि पु ष ण ठ पे पो

यो साता तपइलाई धर्मकर्म एवं समाज सेवामा रुचि बढ्नेछ। नयॅा कार्य योजना बन्नेछन। तपाइले आटे ताकेका राम्रा र शुभ कार्यहरुले पूर्णता हासिल गर्नेछन। मनमा डर त्रास भैरहनेछ तर व्यबहारमा भने तपाइलाई फाइदा हुनेछ। तर साताको मध्यबाट भने तपाइको अनावस्यक ठाउमा धन खर्च हुनेछ। मनमा नैराश्यता छाउनेछ। तपाइमा जोस जागर घटेर जानेछ। ३ र ७ शुभ अंक रहेका छन भने पहेलो रंग शुभ रंगमा परेको छ।  माता पिताको आशिर्वाद लिएर गरेका कामले तपाइलाई सफलता दिलाउने छन ।

 

5270EBBF 03AD 4605 9CD1 2790EA165C5A

तुला राशिः- रा रि रु रे रो ता ति तु ते

यो साता तपाइलाई भाई बन्धुहरुबाट मनग्गे सहयोग प्राप्त हुनेछ। तपाइबाट छुटेर गएका एवं टाढा रहेका आफन्त र साथीभाइसंग प्रबिधिको माध्यमबाट वा प्रतक्ष रुपमा पूनर्मिलनहुने योग रहेको छ। बिभिन्न पार्टि सेमीनार एवं बनभोजका कार्यक्रमहरुमा सहभागी भएर खानपान एवं मनोरञ्जन गर्ने अवसर मिल्नेछ। तर साताको मध्यबाट भने घरायसी कामकाज र झैझमेलाहरुमा परीनेछ। तपाइको मन कमजोर हुनेछ। दोधारे चरित्रले गर्दा तपाइको निर्णयगर्ने क्षमतामा ह्रास आउनेछ। १ र ७ शुभ अंक रहेका छन भने आकासे निलो रंग शुभ रंगमा परेकोछ। माता वंगलामुखीको आराधना पस्चात गरेका कामले तपाइलाई बढि सफलता दिलाउने छन।

 

4B79A69F 4834 42BB 86D8 66C044CBC56E

वृश्चिक राशिः- तो ना नी नु ने नो या यि यु

यो साता तपाइलाई तपाईका मित्रहरु र विश्वास पात्रहरुले साथ दिनेछन र कार्यसंपादनमा सहयोग पुग्नेछ। पॅुजी बजारमा गरेको लगानीले तपाइलाई मनग्य आम्दानी दिनेछ। अतिथीको रुपमा मान सम्मान र सत्कार प्राप्त हुनेछ। कार्यसंपादनमा तपाइलाई सहजता मिल्नेछ। कुटनितिक एवं बैदेशिक क्षेत्रबाट सफलता हासिल हुनेछ। ३ र ९ शुभ अंक रहेका छन भने सेतो रंग शुभ रंगमा परेको छ। नव ग्रहको आराधना पस्चात गरेका कामले तपाइलाई सफलता दिलाउने छन।

 

0A8BCA82 414D 4986 ADFE 4FC30AB5827C

धनु राशि ः- ये यो भा भि भु धा फा ढा भे

यो साता तपाइलाई मिश्रीत खालको फल प्राप्तहुने योग रहेको छ। तपाइले आफ्नो दिनचर्या एवं खानपानमा निकै संयमता अपनाउनुपर्ने छ अन्यथा स्वास्थ्यमा गडबढि देखापर्नेछ। आर्थिक झन्झट बेहोर्नुपर्नेछ। कार्य संपादन भने हुनेछन। तर मध्य साताबाट भने तपाइका लामो समयदेखी रोकिएका अधुरा कामहरु पुरा हुनेछन। सामाजिक कार्यमा रुचि बढ्नेछ। मनमा हर्ष उमंग छाउनेछ। मुहारमा क्रान्ति छाउनेछ। ४ र ९ शुभ अंक रहेका छन भने बैजनी रंग शुभ रंगमा परेको छ। पितृ देवताको आराधना र स्मरण पस्चात गरेका कामले तपाइलाई सफलता दिलाउनेछन।

 

74F8ADE1 B89F 4060 AB00 ED174C539A48

मकर राशिः- भो जा जि जु जे जो ख खि खु खे खो गा गि

यो साता तपाइके लगनसिलताले कामहरु अगाडि बढ्नेछन। तपइले आटे ताकेका शुभ र राम्रा कार्यहरु पुरा हुनेछन। धर्मकर्म एवं सामाजिक कार्यहरुमा रुचि बढ्नेछ। रमाइलो एवं स्मरण योगर्य यात्राको योग रहेकोछ। तर साताके अन्त्यमा भने यात्रा गर्दा होस वा बाटो काट्दा निकै होसियारी अपनाउनुपर्नेछ।  ३ र ५ शुभ अंकको रुपमा रहेका छन भने सुन्तला रंग शुभरंगमा परेको छ। तपाईका ईष्ट देवताको आराधना पस्चात गरेका कामले तपाइलाई सफलता हातलाग्नेछ।

 

6210C06B 5597 4051 95C6 56DBDC566971

कुम्भ राशि ः- गु दे गो सा सि सु से सो द

यो साता तपाइको शैक्षिक क्षेत्रमा निकै प्रगती उन्नती हुनेछ। बैदेशिक क्षेत्र एवं कुटनितिक नियोगको साथ सहयोग प्राप्त हुनेछ। तपाइका साथीभाइ एवं दिदी बहिनीले तपाइसे आट्नुभएका शुभ र राम्रा कामहरुको खुलेर समर्थन गर्नेछन। तर साताको उत्तरार्धमा भने तपाइले पॅुजि बजारमा गरेको लगानीले लाभ नदेला। तपाइका बिरोधीहरुले तपाइका कार्यहरुमा अबरोध सृजना गर्नेछन। मनमा नैरास्यता उत्पन्न होला। आर्थिक संकट गर्ने देखिन्छ। ३ र ६ शुभ अंक रहेका छन भने खैरो रंग शुभ रंगमा परेको छ। माता भगवतीको आराधना पस्चात गरेका कामले तपाइलाई सफलता मिल्नेछ।

 

00C28400 35D3 47F5 B5B7 9C64B8FA69A4

मिन राशि ः- दि दु थ झ ञ दे दो चा चि

यो साता तपाईले शुभ समाचार सुन्नुहुनेछ। मनमा शान्ती छाउनेछ अनुहारमा क्रान्ती छाउनेछ। बैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ। प्रेमीहरुले राम्रो साथ सहयोग गर्नेछन। लेखनको कार्य साहित्य कला र संगितमा रुचि बढ्नेछ। नसोचेको ठाउबाट तपाइलाई धनागमन हुनेछ। १ र ८ शुभ अंकको रुपमा रहनेछन भने पहेलो रंग शुभ रंगमा परेको छ। पवनपुत्र हनुमानको आराधना पस्चात गरेका कामले तपाइलाई सफलता दिलाउनेछन।

राशिफलले जे जस्तो फलादेश गरेतापनी तपाई आफ्नो काममा लगनसिल भएर कर्ममा बिश्वास गरेर अगाडि बढ्नुहोला तपाइलाई सफलता मिल्नेछ।

ॐ श्रीहरी नारायणम  जयतु संस्कृतम जयतु सनातनम हरि ॐ


Translate »