साप्ताहिक राशिफल २५ असार देखि ३२ असार २०७९ सम्मको


फलित ज्योतिषः- नारायण भण्डारी

 

AD146B25 777E 4E80 8A18 775731DAFFA6

मेष राशिः- चु चे चो ला लि लु ले लो अ

यो साता तपाईको व्यापार व्यवसायबाट राम्रो लाभ मिल्नेछ। ईश्वर भक्तिमा आस्था बढेर जानेछ। सवारी साधन खरिद गर्ने योग रहेकोछ। शुभ कार्यको चर्चा चल्नेछ। प्रेम प्रगाढ रुपमा अगाडि बढ्नेछ। कुटनीतिक क्षेत्रको कामहरु सहजै अगाडि बढ्नेछन। राजनीतिक एवं सामाजिक कार्यमा रुचि बढेर जानेछ। एउटा कामबाट दोहोरो फाईदा लिन सक्नुहुनेछ। मनमा आनन्दको अनुभुति हुनेछ। ४ र ८ शुभ अंक रहेका छन भने पहेलो रंग शुभ रंगमा परेको छ। भैरवनाथ भगवानको आराधना पस्चात गरेका कार्यहरुले तपाईलाई सफलतामा पुर्याउनेछन।

 

B92FF335 C8B1 4A44 8D1A 795A535C876B

वृष राशिः- इ उ ए ओ वा वि वु वे वो

यो साता तपाईलाई नजिकको मित्र वा साथीभाईको राम्रो साथ सहयोग मिल्नेछ। कुनैपनी प्रतिस्पर्धात्मक कार्यहरुमा विजय तपाईको हातमा हुनेछ। सामाजिक कार्यहरुमा रुचि बढ्नुका साथै सफलता मिल्नेछ। भौतिक सुख सुविधाका साधनहरु खरिद गर्ने योग रहेकोछ। आफन्तहरुको साथ सपोर्ट रहनेछ। तर साताको उत्तरार्धमा भने तपाईका विस्वासीहरुले वचन पुरा नगर्दा आर्थिक हैरानी बेहोर्नुपर्ने योग रहेको छ। पैसाको लेनदेनमा निकै सावधानी अपनाउनुहोला। २ र ५ शुभ अंक रहेका छन भने खैरो रंग शुभ रंगमा परेकोछ। वंगलामुखी माताको आराधना पस्चात गरेका कार्यहरुले तपाईलाई सफलतामा पुर्याउनेछन।

 

5E456FF6 2C89 42E9 AB9A D3BDBD7F5F70

मिथुन राशिः- का कि कु घ ङ छ के को ह

यो साता तपाईको लागि प्रेम र प्रणय प्रसंगको लागि उत्तम समय रहेकोछ। तपाईले गरिरहनुभएको काममा बढुवा हुने योग रहेकोछ। कामको सिलसिलामा नयॅा नयॅा ज्ञान सिक्ने अवसर प्राप्त हुनेछ। छोटो समयमानै तपाईले विशेष उपलव्धि हासिल गर्ने योग रहेकोछ। खेतिपातीको काममा सफलता मिल्नेछ। दाम्पत्य जिवन सुमधुर रुपमा अगाडि बढ्नेछ। ५ र ९ शुभ अंक रहेका छन भने कालो रंग शुभ रंगमा परेकोछ। तपाईका ईष्ट देवताको आराधना पस्चात गरेका कार्यहरुले तपाईलाई सफलतामा पुर्याउनेछन।

 

6DBF53EC F9B9 4B2C 8D33 EF84F53081B1

कर्कट राशिः- हि हु हे हो डा डि डु डे डो

यो साता तपाईको सामान हराउने वा चोरिहुने प्रवल संभावना रहेकोछ। तपाईको पारिवारमा केहि असामान्य स्थितीको सामना गर्नुपर्ने योग रहेकोछ। तपाईले चिताएका कार्यहरुमा सोचेअनुरुपमा नबन्दा तपाईलाई दिक्क लाग्नसक्छ। तर साताको मध्यवाट भने लामो समयदेखि रोकिएका कार्यहरु दोहोर्याएर प्रयत्नगर्दा सहजै कार्यसंपादन हुनेछन। मनमा आनन्द आउनेछ। ३ र ८ शुभ अंक रहेका छन भने हरियो रंग शुभ रंगमा परेकोछ। तपाईका पितृहरुको स्मरण गरि गरेका कार्यहरुले तपाईलाई सफलतामा पुर्याउनेछन।

 

C2E065F7 9DA3 4E06 9E55 9A34A332EA6E

सिंह राशिः- मा मि मु मे मो टा टि टु टे

यो साता प्रेम र मित्रताको बन्धन कस्नको लागि श्रेष्ठ समय रहेकोछ। तपाईले आटे ताकेका शुभ र राम्रा कार्यहरु सहजै संपादन हुनेछन। कुनैपनी प्रतिस्पर्धाका कार्यहरुमा जित तपाईको पक्षमा हुनेछ। भौतिक सुख सुविधाका सामान खरिद गर्ने योग रहेकोछ।दाम्पत्य जिवन सुखमयका साथ अगाडि बढ्नेछ। सहि समयमा सहि निर्णय लिन सक्नुहुनेछ। रमणिय र सुखद यात्राको संभावना समेत रहेकोछ। ४ र ५ शुभ अंक रहेका छन भने सेतो रंग शुभ रंगमा परेकोछ। माता लक्ष्मिको आराधना पस्चात गरेका कार्यहरुले तपाईलाई सफलतामा पुर्याउनेछन।

 

ADE63758 7FDE 4B5C A8EB 9EBEA3A73A82

कन्या राशिः- टो पा पि पु ष ण ठ पे पो

यो साता तपाईको व्यवसायको लागि यात्राहुने योग रहेकोछ। दान पुञ्यजस्ता उत्तम कार्यहरुमा सहभागि हुने अवसर मिल्नेछ। तपाईको लगनसिल भएर कामगर्ने वानिलेगर्दा दैनिक कार्यहरु सहजै अगाडि बढ्नेछन। विलासिताका सामानहरुको उपयोग गर्न पाउनुहुनेछ। रमाईलो यात्राको समेत योग रहेकोछ। तर साताको उत्तरार्धमा भने तपाईलाई अनावस्यक र निराधार झुट्ठा आरोपहरु लाग्ने योग रहेकोछ। निकै संयमित भएर अगाडि बढ्नुहोला। ३ र ७ शुभ अंक रहेको छन भने सुन्तला रंग शुभ रंगमा परेकोछ। विष्णु भगवानको आराधना पस्चात गरेका कार्यहरुले तपाईलाई सफलतामा पुर्याउनेछन।

 

5270EBBF 03AD 4605 9CD1 2790EA165C5A

तुला राशिः- रा रि रु रे रो ता ति तु ते

यो साता तपाईको शुभ कार्यको चर्चा चल्नेछ। अहिले गरेको लगानिले तपाईलाई दीर्घकालिन रुपमा फाईदा पुग्नेछ। प्रयटकिय स्थलको भ्रमणले तपाईको मन लोभ्याउनेछ। तपाईका कुनैपनी योजना र विचारहरुलाई रचनात्मक रुपमा अगाडि बढाउनुहोला जसले तपाईलाई दीर्घकालमा फाईदा पुर्याउनेछन। प्रेम र मित्रताको वन्धन कसिले बेला आएकोछ। २ र ६ शुभ अंक रहेका छन भने पहेलो रंग शुभ रंगमा परेकोछ। भोलानाथ भगवानको आराधना पस्चात गरेका कार्यले तपाईलाई सफलतामा पुर्याउनेछन।

 

4B79A69F 4834 42BB 86D8 66C044CBC56E

वृश्चिक राशिः- तो ना नि नु ने नो या यि यु

यो साता तपाईको शरीरमा जोस जागरको कमी हुनेछ। समयमै होस नपुर्याउनाले तपाईका कामहरु विचमै रोकिने संभावना रहेकोछ। तपाईलाई झुट्ठा आरोपहरु लाग्नसक्ने योग रहेकोछ। तर बुधवारबाट भने तपाईका दाजु भाई वन्धुबान्धवहरुको साथ सहयोग मिल्नेछ। एउटा कामबाट दोहोरो फाईदा लिन सक्नुहुनेछ। तपाईको घरमा अतिथीको आगमन हुनेछ। २ र ४ शुभ अंक रहेका छन भने सिन्दुरे रंग शुभ रंगमा परेकोछ। कार्यसिद्धिदाता गणेश भगवानको आराधना पस्चात गरेका कार्यहरुले तपाईलाई सफलतामा पुर्याउनेछन।

 

0A8BCA82 414D 4986 ADFE 4FC30AB5827C

धनु राशिः- ये यो भा भि भु धा फा ढा भे

यो साता तपाईको शैक्षिक क्षेत्रमा रुचि बढ्नुका साथै यात्राहुने योग समेत रहेकोछ। परोपकारका कार्यहरुमा लगानि गर्ने समय आएकोछ। तपाईका मित्रहरुबाट विशेष सहयोग प्राप्तहुनेछ जसले गर्दा तपाईले उल्लेख्य कार्य संपादन गर्न सक्नुहुनेछ। रमाईलो यात्रा हुनेछ जसबाट दीर्घकालिन रुपमा फाईदा हुनेछ। तर साताको उत्तरार्धमा भने निकै होसियारीका साथ अगाडि बढ्नुहोला । तपाईलाई आएको महत्वपूर्ण अवसर गुम्न सक्ने योग रहेकोछ। ४ र ७ शुभ अंक रहेका छन भने कलेजी रंग शुभ रंगमा परेकोछ। तपाईका मातापिताको आशिर्वाद लिएर गरेका कार्यहरुले तपाईलाई सफलतामा पुर्याउनेछन।

74F8ADE1 B89F 4060 AB00 ED174C539A48

मकर राशिः- भो जा जि जु जे जो ख खि खु खे खो गा गि

यो साता तपाईलाई तपाईको मन मिल्ने साथीको साथ सहयोग र हौसला मिल्नेछ जसलेगर्दा तपाईले उल्लेख्य कार्य संपादन गर्न सक्नुहुनेछ। प्राविधिक क्षेत्रको कार्यबाट तपाईलाई बढि लाभ मिल्नेछ। तपाईसंग लुकेर रहेको क्षमता प्रदर्शन गर्ने मौका मिल्नेछ। तपाईका आफन्त एवं साथीभाई संग पुनर्मिलनको योग रहेकोछ। तपाईलाई बिभिन्न अवसरहरु आउनेछन। जग्गा जमिनको कारोवारबाट मनग्गे आम्दानी गर्न सक्नुहुनेछ। ३ र ८ शुभ अंक रहेका छन भने खैरो रंग शुभ रंगमा परेकोछ। तपाईका कुल देवताको आराधना गरेर गरेका कार्यहरुले तपाईलाई सफलतामा पुर्याउनेछन।

 

6210C06B 5597 4051 95C6 56DBDC566971

कुम्भ राशिः- गु गे गो सा सि सु से सो द 

यो साता तपाईलाई प्रेम र मित्रताको प्रस्तावहरु आउनेछन। शेयर बजारमा गरेको लगानीले दीर्घकालिन रुपमा फाईदा दिलाउनेछ। तपाईको आफ्नो बुद्धिको उपयोग गरेर जटिल ठानिएका कार्यहरुपनी सहजै संपादन गर्न सक्नुहुनेछ। तपाईका प्रेमीले नयॅा स्थानको भ्रमण गराउन लानेछन जसबाट तपाईको मन प्रसन्न हुनेछ। शैक्षिक क्षेत्रमा राम्रो सफलता मिल्नेछ।  ५ र ९ शुभ अंक रह्का छन भने गुलाबी रंग शुभ रंगमा परेकोछ। श्रीमान श्रीमतीको सरसल्लाह गरेर गरेका कार्यले तपाईलाई सफलतामा पुर्याउनेछन।

 

00C28400 35D3 47F5 B5B7 9C64B8FA69A4
मिन राशिः- दि दु थ झ ञ दे दो चा चि

यो साताका सुरुवाती दिनहरुमा तपाईलाई अरुले भनेका वा गरेका काममा चितेत नवुझ्न सक्नेछ संयमित भएर अगाडि बढ्नुहोला। आफ्नो मनलाई नियन्त्रणमा राख्दा तपाईलाई फाईदा हुनेछ। तर साताको मध्यवाट भने राजनीतिक कार्यमा तपाईलाई सफलता मिल्नेछ। रमणिय र सुखद यात्राको योग रहेकोछ। तपाईका आफन्तहरुको साथ समर्थन पाउनुहुनेछ। पॅुजि बजारमा गरेको लगानिले राम्रो प्रतिफल दिनेछ। १ र ५ शुभ अंक रहेका छन भने पहेलो रंग शुभ रंगमा परेकोछ। तपाईका आदर्श व्याक्तिहरुको सरसल्लाह र सुझाव लिएर गरेका कार्यले तपाईलाई सफलतामा पुर्याउनेछन।

राशिफल जे जस्तो भएपनि तपाईंले आफ्नो कर्ममा बिश्वास गरेर अगाडि बढ्नुहोला सफलता तपाईको हातमा हुनेछ।

यो साता तपाईको शुभ रहोस।

सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामया।
सर्वे भद्राणि पश्यन्तु मा कश्चित् दुःखभाग् भवेत्।।

जयतु संस्कृतम जयतु सनातनम हरि ॐ


Translate »