साप्ताहिक राशिफल २३ असोज देखि २९ असोज २०७८ सम्मको


फलित ज्योतिष : – नारायण भण्डारी

AD146B25 777E 4E80 8A18 775731DAFFA6

मेष राशि :-  चु चे चो ला लि लु ले लो अ

यो साता तपाईको व्पापार व्यवसायमा राम्रो प्रगती हुनेछ । प्रेमी जिवन सफल र सुखद रहने छ । कुनैपनी नयाँ कार्य थालनीको योग रहेको छ । धार्मिक र सांस्कृतिक कार्यहरूमा रुचि वढने छ । रमाईलो एवं सुखद यात्राको योग रहेको छ । साताको मध्यवाट भने निकै चनाखो रहनुहोला नत्र तपाईका शुभ अवसर पनि गुम्न सक्ने छ । ३ र ८ शुभ अंक रहेका छन भने रातो रंग शुभरंग मा परेको छ । माता दुर्गा भवानीको आराधना पश्चात गरेका कामले तपाईलाई बढि सफलता दिलाउने छन ।

B92FF335 C8B1 4A44 8D1A 795A535C876B

वृष राशि :-  इ उ ए ओ वा वि वु वे वो

यो साता तपाईले आटनुभएको वैदेशिक क्षेत्रको काम सहजै अगाडी वढने छ । पढाई लेखाई एवं शैक्षिक क्षेत्रमा उल्लेख्य प्रगति हुनेछ । परिवारिक रमाईलो वातावरण बन्ने छ । तर साताको उत्तरार्धमा भने निकै चनाखो हुनुहोला नत्र तपाईका विरोधी हरुले व्यापार व्यवसायमा अवरोध पुर्‍याउनुको साथै वन्न लागेको कामपनी विगरीदिने छन । ३ र ६ शुभ अंक हुन भने घिउ रंग यो साताको शुभरंग रहेको छ । माता भगवति को आराधना पश्चात गरेका कामले तपाईलाई अत्याधिक सफलता दिलाउने छन ।

5E456FF6 2C89 42E9 AB9A D3BDBD7F5F70

मिथुन राशि :-  का कि कु घ ङ छ के को ह

यो साता तपाईको लागि शुभकार्यको चर्चा चल्नेछ । नयाँ लुगा एंव गरगहना प्राप्त गर्ने योग रहेको छ । धार्मिक एवं सामाजिक कार्यमा रुचि बढ्नेछ । निर्धक्क भएर गरेको कामले तपाईलाई सफलता दिलाउने छ । तर मध्यसातावाट भने तपाईंको मनमा डर निराशा उत्पन्न हुनेछ भने सरिरमा पनि फुर्ति घटेर जानेछ । २ र ९  शुभ अंक रहेका छन भने क्रिम कलरको रंग शुभरंग मा परेको छ । भगवान भोलेनाथको आराधना पश्चात गरेका कामले तपाईलाई सफलतामा पुर्याउने छन ।

 

6DBF53EC F9B9 4B2C 8D33 EF84F53081B1

कर्कट राशि :-  हि हु हे हो डा डि डु डे डो

यो साता तपाईको आफ्नै भाई बन्धुबाट राम्रो साथ सहयोग मिल्नेछ । नयाँ नयाँ साथीभाई संग भेटघाट हुनेछ । यो साता तपाईको निकै जोस जागर र प्रसन्नताको साथ समय व्यतित हुनेछ । मनोरंजन एवं भोजभतेरका कार्यक्रममा सहभागी भएर मनोरंजन लिनुका साथै मिष्ठान्न भोजन प्राप्त गर्न सक्नु हुनेछ । लगानी गर्दा निकै सोच विचार गरेर गर्नुहोला अन्यथा तपाईको लगानी डुब्नेछ । आत्मवल वलियो वनाएर अगाडि बढनु होला मन कमजोर हुने योग रहेको छ। १ र ७ शुभ अंक रहेका छन भने रातो रंग शुभरंग रहेको छ । भगवान आशुतोषको आराधना पश्चात गरेका कामले तपाईलाई फाईदा पुर्‍यउने छन ।

 

C2E065F7 9DA3 4E06 9E55 9A34A332EA6E

सिंह राशि :-  मा मि मु मे मो टा टि टु टे

यो साता तपाईको सफल र रमाईलो यात्राको योग रहेको छ । तपाईका परिवारले तपाईको सकारात्मक कार्यलाई खुलेरै साथ र सर्मथन गर्नेछन । नसोचेको ठाउवाट धनागमन हुनेछ । धार्मिक र सामाजिक क्षेत्रको काममा रुचि बढने छ । तपाईले खानपान मा भने निकै ख्याल गर्नु पर्छ नत्र स्वास्थ्यमा समस्या देखापर्ने योग रहेको छ । १ र ८ शुभ अंक रहेका छन भने रातो रंग शुभ रंग रहेको छ । माता  भवानी को आरधना पश्चात गरेका कामले तपाईलाई वढि सफलता दिलाउने छन ।

 

ADE63758 7FDE 4B5C A8EB 9EBEA3A73A82

कन्या राशि :-  टो पा पि पु ष ण ठ पे पो

यो साता तपाईलाई महिला वर्गवाट विशेष सहयोग प्राप्त हुनेछ । अतिथीको रुपमा मान सम्मान प्राप्त गर्नुहुनेछ । तपाईका मनमिल्ने साथीले तपाईलाई साथ र समर्थन गर्नेछन । कुनै पनि शुभकार्यहरलाई सहजै कार्यसम्पादन गर्न सक्नुहुनेछ ।  वित्तिय कारोबार गर्ने ठाउ अथवा संग संस्थाहरू वाट सहयोग प्रात हुनेछ । ३ र ९ शुभ अंक रहेका छन् भने पहेलो रंग शुभ रंगमा परेको छ । पवनपुत्र हनुमानको आराधना पश्चात गरेका कामले सफलता दिलाउने छन ।

 

5270EBBF 03AD 4605 9CD1 2790EA165C5A

तुला राशि :-  रा रि रु रे रो ता ति तु ते

यो साता तपाईको राजनैतिक एवं सामाजिक कार्यमा सफलता मिल्नेछ । तपाईको लगानीले यो साता राम्रो प्रतिफल दिनेछ। मनमा शान्ति मिल्नेछ । रमाईलो र सुखद यात्राको योग रहेको छ । घर परिवारमा रमाईलो वातावरण बन्नेछ । ४ र ७ शुभ अंक रहेका छन भने निलो रंग शुभ रंगमा परेको छ । माता दुर्गा भवानीको आराधना पश्चात गरेका कामले तपाईलाई वढि सफलता दिलाउने छन ।

 

4B79A69F 4834 42BB 86D8 66C044CBC56E

वृश्चिक राशि :-  तो ना नि नु ने नो या यि यु

यो साता तपाईले गरेको आर्थिक कारोबारमा विवाद एवं विरोध उत्पन्न हुनेछ । तपाईका सहकर्मिले नै तपाईको खुलेरै विरोध गर्ने छन । तर साताको मध्यवाट उताभने तपाईलाई आकस्मीक धनलाभ हुने योग रहेको छ । सुन्दर पहिरनले तपाईको व्याक्तित्वमा निखार ल्याउनेछ । तपाईका शुभ इच्छा आकांक्षाहरु पूर्ण हुनेछन । २ र ९ शुभ अंक रहेका छन भने गुलावी रंग शुभरंगमा परेको छ । भगवति माताको आराधना पश्चात गरेका कामले तपाईलाई सफलता दिलाउने छन ।

 

0A8BCA82 414D 4986 ADFE 4FC30AB5827C

धनु राशि :-  ये यो भा भि भु धा फा ढा भे 

यो साता तपाईले आटे ताकेका राम्रा कामहरू पुरा हुनेछन । लगनसिलताले गरेका कामहरुको उच्च मुल्याङ्कन हुनेछ । रमाईलो यात्राको पनि योग रहेको छ । धार्मिक एवं सामाजिक कार्यमा रुचि बढनेछ । साताको अन्त्यमा भने यात्रा नगर्दा नै वेस हुनेछ यदि गर्नै परे निकै सावधानिका साथ गर्नुहोला । ३ र ५ शुभअंक हुनभने निलो रंग शुभरंग हो । कार्यसिद्धि गणेश भगवानको आरधना पश्चात गरेका कामले तपाईलाई सफलता दिलाउनेछन ।

 

74F8ADE1 B89F 4060 AB00 ED174C539A48

मकर राशि :-  भो जा जि जु जे जो ख खि खु खे खो गा गि

यो साता तपाईको धर्मकर्म तथा समाज सेवामा रुचि बढ्नेछ । निकै उत्साहजनक साताको रुपमा रहने छ । तपाईका आफ्ना आफन्त हरुसंग भेटघाट हुनेछ । मनोरंजनका कार्यक्रममा सहभागी हुने योग रहेको छ । बुधवारदेखि भने शैक्षिक क्षेत्र कमजोर रहने छ । बन्नलागेको काम समेत बिग्रने डर रहेको छ । प्रेममा खटपट आउने छ । ४ र ७ शुभ अंक हुनभने खैरो रंग शुभरंगमा परेको छ । माता  दुर्गाको पूजाआराधना पश्चात गरेका कामहरूले तपाईलाई सफलता दिलाउने छन ।

 

6210C06B 5597 4051 95C6 56DBDC566971

कुम्भ राशि :-  गु गे गो सा सि सु से सो द

यो साता तपाईलाई धन आर्जनका नयाँनयाँ श्रोतहरु पत्तालाग्ने छन । तपाईका नजिकका साथीभाइ वाट राम्रो साथ सहयोग प्राप्त हुनेछ । रमाईलो र सुखद यात्राको योगपनि रहेको छ । तर मध्य साताबाट भने समाजसेवामा रुचि बढने छ । धर्मकर्ममा रुचि बढने छ । ४ र ९ शुभअंक रहेका छन भने खरानी रंग शुभरंगमा परेको छ । गणेश भगवानको आराधना पश्चात गरेका कामले तपाईलाई वढि सफलता दिलाउने छन ।

 

00C28400 35D3 47F5 B5B7 9C64B8FA69A4

मीन राशि :-  दि दु थ झ ञ दे दो चा चि

यो साता तपाईको अनावश्यक ठाउमा धन खर्च हुने योग रहेको छ । स्वास्थ्यमा गडवढि हुने योग रहेको छ। विपक्षीले जालझेलमा फसउलान निकै सजग रहनुहोला । तर मध्यसाता वाट उताभने लामो समयदेखि रोकिएका कामले पूर्णता पाउनेछन । शुभ कार्यक योग पनि रहेको छ । ६ र ८ शुभअंक हुनभने कालो रंग शुभ रंगमा परेको छ । वंगलामुखि माताको आराधना पश्चात गरेका कामहरुले तपाईलाई वढि सफलता दिलाउने छन ।

यो साता तपाईहरुको शुभ रहोश

जयतु संस्कृतम जयतु सनातनम हरि ओम


Translate »