फलित ज्योतिषः- नारायण भण्डारी
मेष राशिः- चु चे चो ला लि लु ले लो अ
यो साता तपाईलाई शुभ कार्यमा सहभागि हुने योग रहेको छ। कुनैपनी कुराले तपाईको मनमा शान्ति र प्रशन्नता मिल्नेछ। कामको शिलसिलामा आदर्श व्याक्तिहरु संगको सहकार्यले नयॅा ज्ञान अनुभव सिक्ने मौका मिल्नेछ। सामाजिक कार्यहरुमा रुचि बढ्ने योग रहेकोछ। दैनिक आहार बिहारमा ध्यान दिनुहोला नत्र स्वास्थ्यमा खरावी आउने प्रवल संभावना रहेको छ। १ र ३ शुभ अंक रहेका छन भने गुलावी रंग शुभ रंगमा। परेको छ। वंगलामुखी माताको आराधना पस्चात गरेका कार्यले तपाईलाई सफलता उन्मुख गराउनेछन।
वृष राशिः- ई उ ए ओ वा वि वु वे वो
यो साता तपाईले आटे ताकेका शुभ र राम्रा कुराहरु पुरा हुनेछन। धर्मकर्ममा रुचि बढ्नेछ। धार्मिक यात्राको योग पनी रहेको छ। धन आर्जनका नयॅा नयॅा श्रोतहरु देखा पर्ने छन। साथीभाईसंग पूनर्मिलन हुने योग पनि रहेकोछ। पारिवारीक वातावरण सुमधुर रहने छ। अनावस्यक खर्चमा भने वृद्धि हुनेछ। २ र ५ शुभ अंक रहेका छन भने हल्का नीलो रंग शुभ रंगमा परेको छ। मातापिताको आशिर्वाद लिएर गरेका कामले तपाईलाई सफलता उन्मुख गराउनेछन।
मिथुन राशिः- का कि कु घ ङ छ के को ह
यो साता तपाईलाई नयॅा कार्यको थालनी गर्न उत्तम समय रहेको छ र नयॅा कार्य सुरुवातको योग पनि रहेको छ। भाग्यले बिभिन्न अवसरहरु जुराउनेछ। परोपकार वा सेवामुलक क्षेत्रमा काम गरेर मान सम्मान तथा पदकहरु प्राप्त गर्ने योग रहेको छ। आर्थिक पक्ष सबल र सुदृढ रहनेछ। रमाईलो यात्राको योग पनि रहेको छ। ४ र ६ शुभ अंक रहेका छन भने सेतो रंग शुभ रंगमा परेको छ। पवन पुत्र हनुमानको आराधना गरी गरेका कार्यले तपाईलाई सफलता उन्मुख गराउनेछन।
कर्कट राशिः- हि हु हे डो डा डि डु डे डो
यो साता तपाईको लागि महिला मित्रवाट बिशेष साथ र सहयोग मिल्ने योग रहेकोछ। शैक्षिक क्षेत्रमा प्रगतिको वातावरण बन्नेछ। नयॅा नयॅा ज्ञान र शिप सिक्ने मौका पनि मिल्ने योग रहेकोछ। मित्रहरुवाट पनि तपाईलाई साथ सहयोग र हौसला मिल्ने योग रहेकोछ। बैदेशिक क्षेत्रको कार्य बिस्तारै अगाडि बढ्नेछ। व्यापार व्यवसायमा पनि राम्रो प्रगति हुनेछ। १ र ३ शुभ अंक रहेका छन भने क्रिम कलरको रंग शुभ रंगको रुमा रहेकोछ। भैरवनाथ भगवानको आराधना पस्चात गरेका कामले तपाईलाई सफलता उन्मुख गराउनेछ।
सिंह राशिः- मा मि मु टे टो टा टि टु टे
यो साता तपाईको शुभ कार्यको योग रहेकोछ। सामाजिक क्षेत्रमा गरेको योगदानको कदर गर्दै तपाईलाई मान सम्मान प्राप्त हुने योग रहेकोछ। तपाईबाट छुट्टिएर टाढा रहेका आफन्तहरुसंग पूनर्मिलन हुने योग रहेकोछ। नयॅा कार्यको आरम्भ हुने वा कार्य योजना बन्ने योग रहेकोछ। आर्थिक पक्ष अलि कमजोर हुने योग रहेकोछ। स्वास्थ्य प्रती भने सचेत रहनुहोला। ३ र ५ शुभ अंक रहेका छन भने हरियो रंग शुभ रंगमा परेको छ। तपाईका ईष्ट देवताको आराधना पस्चात गरेका कार्यले तपाईलाई सफलता उन्मुख गराउनेछ।
कन्या राशिः- टो पा पि पु ष ण ठ पे पो
यो साता तपाईलाई साताको सुरुवाती दिनहरुमा सामान चोरिहुने वा हराउने योग रहेकोछ निकै साबधानिका साथ अगाडि बढ्नुहोला। तपाईका ईच्छा आकांक्षा पूर्ण हुनेछन। मनमा शान्ति र उमंग छाउनेछ। बैदेशिक रोजगार वा लगानीबाट भने तपाईलाई राम्रो प्रतिफल प्राप्त हुनेछ। तपाईको दैनिक खर्चमा भने बृद्धिहुनेछ। मनमा नैराश्यता छाउनसक्ने योग समेत रहेको छ। ४ र ५ शुभ अंक रहेका छन भने बैजनी रंग शुभ रंगमा परेको छ। नव ग्रहको आराधना पस्चात गरेका कामले तपाईलाई सफलता उन्मुख गराउनेछन।
तुला राशिः- रा रि रु रे रो ता ति तु ते
यो साता तपाईलाई शैक्षिक क्षेत्रमा राम्रो उन्नती र प्रगती हुने योग रहेकोछ। लामो समयदेखि रोकिएका कार्यहरुलाई पुनः दोहोर्याएर प्रयत्न गर्दा कार्यसिद्धि हुनेछन । बोलिको प्रभाव बढ्नुको साथै बोलेरनै तपाईले आफ्नो काम बनाउन सक्नुहुनेछ। कृषि कार्यमा गरेको लगानिले तपाईलाई बढि सफलता दिलाउनेछ। व्यापार व्यवसाय गर्ने सोचमा हुनुहुन्छ भने कृषि संवन्धिको व्यापारले तपाईलाई मनग्य आम्दानी गराउनेछ। ३ र ६ शुभ अंक रहेका छन भने सिंदुरे रंग शुभ रंगमा परेकोछ। भैरवनाथ भगवानको आराधना पस्चात गकेका कार्यले तपाईलाई सफलता उन्मुख गराउनेछन।
वृश्चिक राशिः- तो ना नि नु ने नो या यि यु
यो साता तपाईलाई सामाजिक क्षेत्रमा गरेका कामले सफलता दिलाउनेछन। अरुलाई प्रभावित पारेर काम बनाउन सकिने योग रहेकोछ। परिश्रम अनुसारको प्रतिफल प्राप्त हुनेछ। जति मेहनत गर्नुहुन्छ त्यतिनै प्रतिफल पाउनुहुनेछ। आर्थिक अवस्थामा सुदृढ हुनेछ। साताको उत्तरार्धमा भने तपाईको स्वास्थ्यमा गडबढि आउने योग रहेको छ त्यसैले खानपान तथा आहार बिहारमा निकै सतर्कता अपनाउनुहोला । २ र ४ अंक शुभ अंकको रुपमा रहेका छन भने सेतो रंग शुभ रंगमा परेकोछ। तपाईका कुल देवताको आराधना पस्चात गरेका कामले तपाईलाई सफलता उन्मुख गराउनेछन।
धनु राशिः- ये यो भा भि भु धा फा ढा भे
यो साता तपाईलाई राजनीतिक कार्यमा सफलता मिल्नेछ। तपाईसंग रहेको कला प्रस्तुत गर्ने वा प्रदर्शन गर्ने मौका मिल्नेछ। जोस जागर र हिम्मत बढेर आउनेछ। बिशिष्ट व्याक्तिहरुको साथ सहयोगले तपाईलाई नयॅा ज्ञान सिक्नुका साथै कार्य संपादनमा सहजता आउनेछ। व्यस्तता बढ्नुका साथै सामान हराउने या चोरीहुने डर समेत रहेको छ। ६ र ९ शुभ अंक रहेका छन भने रातो रंग शुभ रंगमा परेको छ। नारायण भगवानको आराधना पस्चात गरेका कामले तपाईलाई सफलता उन्मुख गराउनेछन।
मकर राशिः- भो जा जि जु जे जो ख खि खु खे खो गा गि
यो साता तपाईलाई कुनैपनी नयॅा योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्नेछ। स्वास्थ्यमा पनी गडबढि आउने योग रहेको छ। खानपान तथा दैनिक क्रियाकलापमा ध्यान दिनुहोला तर साताको मध्यबाट भने तपाईका आफन्तको साथ सहयोग प्राप्त हुनेछ। कार्य संपादनमा सहजता आउनेछ। बोलिको प्रभाव बढ्नेछ। तपाईको पहिरनको चर्चा चल्नेछ। व्याक्तित्वमा निखारता आउनेछ। ५ र ७ शुभ अंक रहेका छन भने घिउ रंग शुभ रंगमा परेको छ। तपाईका पितृहरुको आराधना पस्चात गरेका कार्यले तपाईलाई सफलता उन्मुख गराउनेछ।
कुम्भ राशिः- गु गे गो सा सि सु से सो द
यो साता तपाईलाई शुभ कार्यको चर्चा चल्ने छ। नयॅा नयॅा ज्ञान सिक्ने मौका मिल्नेछ। तपाईको जिवनमा खुशी र उमंग बढ्ने योग रहेको छ। सकारात्मक कार्यहरुलाई अगाडि बढाउनुहोला। तपाईको प्रेमले सफलता पाउने योग रहेको छ। तपाईको घरपरिवारमा शुभ र मांगलिक कार्यको योग पनी रहेकोछ। तर साताको उत्तरार्धमा भने तपाई निकै सजग भएर अगाड् बढ्नुहोला। तपाईका शत्रुले तपाईलाई पिछा गर्नेछन। मनमा नैरास्यता छउनेछ। चिन्ता बढ्ने योग रहेकोछ। १ र ३ शुभ अंक रहेका छन भने पहेलो रंग शुभ रंगमा परेको छ। माता दुर्गा भवानीको आराधना पस्चात गरेका कार्यले तपाईलाई सफलता उन्मुख गराउनेछन।
मीन राशिः- दि दु थ झ ञ दे दो चा चि
यो साता तपाईलाई नयॅा कार्य योजना पनी बन्ने योग रहेकोछ। तपाईको जिवनमा जोस जागर र हिम्मत बढ्नेछ। कुनैपनी मुद्दामामिलामा लड्दै हुनुहुनुन्छ भने न्याय तपाईको पक्षमा फैसला हुनेछ। तपाईका नजिकका साथीभाईसंग भेटघाट एवं पूनर्मिलन हुने योग रहेकोछ। यात्रामा वा बाटो काट्दा साबधानी अपनाउनुहोला। खानपान तथा दैनिक क्रियाकलापमा पनी ध्यान दिनु जरुरीछ। ३ र ६ शुभ अंक रहेका छन भने हरियो रंग शुभ रंगमा परेकोछ। मान्यजनको आशिर्वाद लिएर गरेका कामले तपाईलाई सफलता उन्मुख गराउनेछन।
राशिफलले जे जस्तो फलित गरेता पनि तपाई आफ्नो कर्ममा बिश्वास गरेर अगाडि बढ्नुहोला सफलता तपाईको हातमा हुनेछ।
यो साता तपाईको शुभ रहोस
जयतु संस्कृतम जयतु सनातनम हरि ॐ