फलित ज्योतिषः- नारायण भण्डारी
मेष राशिः- चु चे चो ला लि लु ले लो अ
यो साता तपाईको मन सद्विचारले अभिप्रेरित हुने योग रहेको छ। सद्विचारका कारणले गर्दा तपाईलाई लाभ भने हुनेछ। तपाई आफै आफ्नो कुराको निर्णय लिनसक्ने हुनुहुनेछ। साहसिक कार्यमा मन लाग्नेछ कुनैपनी साहसयुक्त कार्यहरु गर्न तपाईलाई आनन्द मिल्नेछ। बैदेशिक क्षेत्रको कार्यमा पनी रुचि जाग्नेछ। तपाईको लागि राशिको हिसावले पूर्व दिशा शुभ दिशा र दक्षिण दिशा उत्तम रहनेछ। तरल पदार्थको व्यापार जस्तै मट्टितेल डिजेल पेट्रोल जस्ता वस्तुको व्यापार गर्दा तपाईलाई लाभ हुनेछ।नयॅा कामको थालनी गर्न उत्तम समय रहेको छ। २ र ४ शुभ अंक रहेका छन भने रातो रंग शुभ रंगमा परेकोछ । नाग देवताको आराधना पस्चात गरेका कामले तपाईलाई सफलता तर्फ डोर्याउनेछ।
वृष राशिः- इ उ ए ओ वा वि वु वे वो
यो साता तपाईको लागि प्रेम संवन्ध प्रगाढ हुनेछ। कुनैपनी प्रतिस्पर्धाका कार्यहरुमा सफलता मिल्नेछ। बैबाहिक जिवन सुमधुर रहनेछ। धार्मिक कार्यमा मन लाग्नेछ। पशुचौपाया संबन्धि पालन कार्य वा व्यापार व्यवसाय गर्दा उत्तम हुनेछ। यसैबाट लाभ मिल्नेछ। राजनीतिक कार्यमा सफलता हात लाग्नेछ। दाजुभाईको साथ सहयोग ले उल्लेख्य कार्य संपादन गर्न सक्नुहुनेछ। स्वास्थ्यको ख्याल गर्नुपर्नेछ। शुभ समाचार सुन्न पाउनुहुनेछ। १ र ३ शभ अंक रहेका छन भने सेतो रंग शुभ रंगमा परेको छ। ईष्ट देवताको आराधना पस्चात गरेका कार्यले तपाईलाई सफलता तर्फ डोर्याउनेछ।
मिथुन राशिः- का की कू घ ङ छ के को ह
यो साता तपाईको लागि शुभ कार्यको चर्चा चल्नेछ। सुख सयल प्राप्त हुने योग रहेको छ। सामाजिक एवं राजनैतिक कार्यमा सफलता हात लाग्नेछ। शत्रुको भय रहेको छ त्यसैले कसैसंग पनी दुस्मनी र व्यर्थैमा वचन दिने बानी नगर्नुहोला। तपाईलाई कुरीयरको काम टिकेटिङको कामबाट फाईदा हुने योग रहेको छ। वायुविकारको रोगले सताउन सक्नेयोग रहेको छ। कुनैपनी कुराको निर्णय तत्काल गर्न असमर्थ हुने योग रहेकोछ। ३ र ५ शुभ अंक रहेका छन भने हरियो रंग शुभ रंगमा परेको छ। पितृ देवताको आराधना पस्चात गरेका कार्यले तपाईलाई सफलता तर्फ डोर्याउनेछन।
कर्कट राशिः- ही हु हे हो डा डि डु डे डो
यो साता तपाईको लागि स्वास्थ्यमा गडबढि आउने छ खानपान तथा आहारबिहारमा निकै ख्याल गर्नुहोला । तपाईका नजिकका व्याक्तिहरुबाट धोका हुनेछ निकै सचेत भएर अगाडि बढ्नुहोला। धर्मकर्ममा रुचि बढ्नेछ। तपाई भन्दा तलको स्तरसंगको संबन्ध उत्तम रहनेछ। साहित्यमा रुचि बढ्नेछ। मनमा चिन्ता बढ्नेछ। सानो सानो कुरामा पनी चिन्ता हुने योग रहेकोछ। ६ र ८ शुभ अंक रहेका छन भने सेतो रंग शुभ रंगमा परेकोछ। भैरवनाथ भगवानको आराधना पस्चात गरेका कार्यले तपाईलाई सफलता तर्फ डोर्याउनेछ।
सिंह राशिः- मा मी मू मे मो टा टी टु टे
यो साता तपाईको लागि लामो समयदेखि रोकिएका कार्यहरु बिस्तारै अगाडि बढ्नेछन। व्यापार व्यवसायका लागि यात्राको योग पनी रहेकोछ। महिला मित्रबाट विशेष सहयोग रहनेछ। बैदेशिक यात्राको पनी योग रहेकोछ। आगोबाट बिशेषगरी निकै बच्नुपर्ने योग रहेकोछ। आफ्नो समस्या आफै समाधान गर्न सक्ने क्षमताको बृद्धिहुनेछ। शरीर दुख्ने टाउको दुख्ने र अति गर्मिहुने जस्ता समस्याले सताउनेछन। ४ र ७ शुभ अंक रहेका छन भने रातो रंग शुभ रंगमा परेकोछ। भूमिदेवताको आराधना पस्चात गरेका कामले तपाईलाई सफलता तर्फ डोर्याउनेछ।
कन्या राशिः- टो पा पी पू ष ण ठ पे पो
यो साता तपाईको लागि काम देखाएर अरुको मन लोभ्याउने बेला आएको छ। प्रेम र मित्रताको बन्धन कसिने बेला आएको छ। परोपकारमा पनी बृद्धसेवामा मन लाग्ने योग रहेको छ। कुनैपनी गोप्य तरीकाले गरेका काममा तपाईलाई सफलता हात लाग्नेछ। लेखन वा साहित्यका क्षेत्रमा रुचि बढ्ने योग रहेकोछ। घर जग्गा जमिनको कारोवारले तपाईलाई फाईदा दिलाउनेछन। छाला संवन्धि रोगले सताउनेछ। १ र ६ शुभ अंक रहेका छन भने हरियो रंग शुभ रंगमा परेकोछ। माता वंगलामुखीको आराधना पस्चात गरेका कामले तपाईलाई सफलता तर्फ डोर्याउनेछन।
तुला राशिः- रा री रु रे रो ता ती तू ते
यो साता तपाईलाई यश मान कृतीहरु प्राप्तहुने योग रहेको छ। धार्मिक यात्राको पनी योग रहेकोछ। शान्त र एकान्तमा बसेर संगितको साधना गर्न मन लाग्नेछ। नयॅा नयॅा ज्ञान सिक्ने मौका मिल्नेछ। कसैको प्रेसर र दवावमा बस्न मन लाग्नेछैन। शैक्षिक क्षेत्रमा राम्रो उन्नती र प्रगती हुने योग रहेको छ। महिला मित्रबाट बिशेष सहयोग रहनेछ। शत्रुहरुले तपाईलाई दुख दिन सक्नेछन। अनावस्यक खर्च बढ्ने योग रहेकोछ। ५ र ९ शुभ अंक रह्का छन भने सेतो रंग शुभ रंगमा परेको छ। पितृहरुको स्मरण र आराधना पस्चात गरेका कार्यले तपाईलाई सफलता तर्फ डोर्याउनेछ।
वृश्चिक राशिः- तो ना नी नू ने नो या यी यू
यो साता तपाईको लागि सामान हराउने वा चोरीहुने योग रहेको छ निकै सचेत भएर अगाडि बढ्नुहोला। तपाईको रिसको कारणले साथीभाई र आफन्त टाढिने तथा कामहरु बिग्रने प्रवल संभाबना रहेको छ। रिसलाई कन्ट्रोलमा राख्नुहोला। कुनैपनी सीपमुलक तालिमहरु गर्नमा रुचिबढ्नेछ। नाक कान तथा घाटिको समस्याले सताउनेछ। पशुचौपायाको व्यापार व्यवसायले तपाईलाई फाईदा दिनेछ त्यसमा पनी भाले जालिते बिशेष फाईदा दिलाउनेछन। १ र ७ शुभ अंक रहेका छन भने रातो रंग शुभ रंगमा परेको छ। तपाईका ईष्ट देवताको आराधन पस्चात गरेका कामले तपाईलाई सफलता तर्फ डोर्याउनेछन।
धनु राशिः- ये यो भा भी भू ध फा ढा भे
यो साता तपाईको लागि आफुभित्र रहेको क्षमता प्रदर्सन गर्ने मौका मिल्नेछ। शैक्षिक क्षेत्रमा निकै राम्रो उन्नती र प्रगती हुने योग रहेकोछ। सामाजिक कार्यमा रुचि बढ्नेछ। साथीभाईको साथ सहयोग र हौसला मिल्नेछ जसका कारणले तपाईले उल्लेख्य कार्य संपादन गर्न सक्नुहुनेछ। जस्तोसुकै कठिन परिस्थिती आएपनी आफै समाधान गर्न सक्ने क्षमताको बृद्धिहुनेछ। महिला मित्रहरुबाट विशेष सहयोग रहनेछ। ६ र ८ शुभ अंक रहेका छन भने पहेलो रंग शुभ रंगमा परेकोछ। भगवान हरिको आराधना पस्चात गरेका कामले तपाईलाई सफलता तप्फ डोर्याउनेछ।
मकर राशिः- भो जा जि जु जे जो ख खी खू खे खो गा गी
यो साता तपाईको लागि फलाम जन्य बस्तुको व्यापार व्यवसायबाट बढि लाभ हुनेयोग रहेकोछ। कुनै पनी राम्रो कुरा सुनेर तपाईको मुहारमा चमकता/ प्रसन्नता आउनेछ। दाम्पत्य जिवन सुखमयका साथ अगाडि बढ्नेछ। अरुको प्रगतीमा डाहागर्ने अरुको कमि कमजोरी र गल्तीमा मन रमाउने योग रहेको छ।अनावस्यक कुरामा खर्च बढ्नेछ भने आर्थिक हैरानी समेत व्यहोर्नुपर्ने योग रहेकोछ। ४ र ६ शुभ अंक रहेका छन भने कालो रंग शुभ रंगमा परेको छ । तपाईका कुल देवताको आराधना पस्चात गरेका कार्यले तपाईलाई सफलता तर्फ डोर्याउनेछन।
कुम्भ राशिः- गू गे गो सा सी सू से सो द
यो साता तपाईको लागि उत्तम साताको रुपमा रहेको छ। बोलिको प्रभाब बढ्नेछ। बोलेरनै आफ्नो काम बनाउन सक्नुहुनेछ। साथीभाईको राम्रो साथसहयोग प्राप्त हुनेछ। सुखद र सफल यात्राको पनी योग रहेकोछ। आर्थिक अबस्था सामान्य रहेता पनी उदार स्वभावका कारणले तपाईको चर्चा चल्नेछ। सही समयमा सही निर्णय लिन सक्नुहुनेछ। पारिवारीक वातावरण रमाईलो बन्नेछ। दामपत्य जिवन हासिखुसीमा नै बित्नेछ। अतिथीको रुपमा आमन्त्रण हुनेछ। २ र ६ शुभ अंक रहेका छन भने घिउ रंग शुभ रंगमा परेको छ। ब्रम्हाको आराधना पस्चात गरेका कामले तपाईलाई सफलता तर्फ डोर्याउनेछ।
मीन राशिः- दी दू थ झ ञ दे दो चा ची
यो साता तपाईको लागी आटे ताकेका शुभ र राम्रा कार्यहरु पुराहुनेछन। परिश्रम गरे अनुसारको फल पाउनुहुनेछ। कुनैपनी संघ संस्था वा निकायको नेतृत्वदायी भुमिकामा रहने योग रहेकोछ। शैक्षिक क्षेत्रमा खासै राम्रो देखिदैन। धर्मकर्ममा भने तपाईको मन लाग्नेछ। बोल्नमा निपूर्ण बोलेरै आफ्नो काम गराउन सक्ने क्षमताको बृद्धिहुनेछ। शुभ कार्यको चर्चा चल्नेयोग रहेकोछ। खानपानमा वा स्वास्थ्यप्रती भने सजग रहनुहोला। ३ र ५ शुभ अंक रहेका छन भने सेतो रंग शुभ रंगमा परेको छ। माता पिताको आशिर्वाद लिएर गरेका कामले तपाईलाई सफलता तर्फ डोर्याउनेछन।
राशिफलते जे जस्त फलित गरेता पनी तपाई आफ्नो काममा लगनसील भएर अगाडि बढ्नुहोला सफलता तपाईको हातमा आउनेछ।
यो साता तपाईको शुभ रहोस
जयतु संस्कृतम जयतु सनातनाम हरि ॐ