मेष राशि :- चु चे चो ला लि लु ले लो अ
यो साता तपाईको जिवनमा उत्साह उमंग र स्फूर्ति बढ्ने छ । तपाईका आफन्त र साथीभाई हरुको राम्रो साथ सहयोग प्राप्त हुनेछ जसले गर्दा कार्य सम्पादनमा सहजता आउनेछ । नया नया ज्ञान सिक्ने अवसर प्राप्त हुनेछ । नसोचेको ठाउवाट धन प्राप्त हुनेछ । शुभकार्यको चर्चा पनि चल्नेछ । स्वास्थ्य कमजोर रहन सक्ने योग रहेको छ खानपानमा निकै सजगता अपनाउनु होला । यो साताकोलागि शुभ अङ्क १ र ९ हुनभने शुभ रङ्गमा सेतो रङ्ग रहेको छ । कुनैपनि शुभकार्य गर्नभन्दा पूर्व पवनपुत्र हनुमानको आराधना वा स्माण गरी कार्य आरम्भ गर्नुहोला तपाईंलाई सफलता हात लाग्नेछ ।
वृष राशि :– इ उ ए ओ वा वि वु वे वो
यो साता तपाईंको मनले चिताएका कार्यहरु पुरा हुनेछन । सामाजिक एवं धार्मिक कार्यम रुचि बढ्नेछ । प्रेम प्रसंगकालागि श्रेष्ठ समय रहेको छ। धन आर्जन गर्ने नया नया श्रोतहरू देखापर्ने छन । तर साताको उतरार्थमा भने खानपानमा निकै ख्याल गर्नुहोला अन्यथा स्वास्थ्यमा समस्या देखा पर्ने योग रहेको छ । आफ्नो सामानको निकै रामो हेरचाह गर्नुहोला सामान हराउन सक्नेछ । यो साताकोलागि शुभ अङ्क २ र ६ हुनभने शुभ रङ्गमा आकासे निलो रङ्ग रहेको छ । कुनैपनि शुभकार्य गर्नभन्दा पूर्व भैरवनाथ भगवानको ध्यानगरी पुजागरी आराधना वा मनमा स्माण गरी कार्य आरम्भ गर्नुहोला तपाईंलाई सफलता हात लाग्नेछ ।
मिथुनराशि :- का कि कु घ ङ छ के को ह
यो साता तपाईंको लागि मिश्रीत खालको साता रहेको छ । लामो समयदेखि रोकिएका काम हरुलाई पुनः दोहोर्याएर प्रयलगर्दा कार्य सम्पादन हुनेछन । जसरी आम्दानी हुनेछ त्यसरी नै खर्चपनि हुनेछ। जति परिश्रम गर्नुहुन्छ त्यतिनै फल प्राप्त गर्नुहुनेछ । साताको उतरार्धमा भने स्वास्थ्यप्रति निकै चनाखो हुनपर्ने छ । तपाइको कार्य व्यस्थता वढेर जानेछ । यो साताकोलागि शुभ अङ्क ३ र ९ हुनभने शुभ रङ्गमा पहेलो रङ्ग रहेको छ । कुनैपनि शुभकार्य गर्नभन्दा पूर्व भगवान भोलेनाथ को ध्यानगरी प्रजागरी वा मनमा स्माण गरी कार्य आरम्भ गर्नुहोला तपाईंलाई सफलता हात लाग्नेछ ।
कर्कट राशि :- हि हु हे हो डा डि डु डे डो
यो साता तपाईंको लगानीले राम्रो प्रतिफल दिनेछ । तपाईका दाजुभाईहरवाट राम्रो साथ सहयोग मिल्नेछ । सामाजिक एवं धार्मिक कार्यहरुमा रुचि बढ्ने छ । शुभकार्यको चर्चा पनि चल्नेछ । स्वास्थ्यमा गडवढि आउने योग रहेको छ । धन खर्च गर्दा निकै सोचविचार गरेर गर्नहोला अनावश्यक ठाउमा धन खर्च हुनेछ । यो साताकोलागि शुभ अङ्क ६ र ७ हुनभने शुभ रङ्गमा सेतो रङ्ग रहेको छ । कुनैपनि शुभकार्य गर्नभन्दा पूर्व मानव सेवा गरी कार्य आरम्भ गर्नुहोला तपाईंलाई सफलता हात लाग्नेछ ।
सिंह राशि :- मा मि मु मे मो टा टि टु टे
यो साता तपाईंको विरोधीहरू सल्बलाउने छन कार्यगर्दा निकै सचेत रहेर गर्नुहला । स्वास्थ्यको निकै ख्याल गर्नुहोला । साथिभाई संग पुर्नमिलन हुनेछ । कुनैपनि कार्य गर्दा आफ्नो आत्मवल वलियो बनाएर कार्य गरेम असफल भइदैन । यो साताकोलागि शुभ अङ्क २ र ७ हुनभने शुभ रङ्गमा रातो रङ्ग रहेको छ । कुनैपनि शुभकार्य गर्नभन्दा पूर्व आफ्ना इस्ट देवताको प्रजागरी अथवा स्मरण गरी कार्य आरम्भ गर्नुहोला तपाईंलाई सफलता हात लाग्नेछ ।
कन्या राशि :- टो पा पि पु ष ण ठ पे पो
यो साता तपाईंको गित संगितमा रुचि बढने छ । विपरित वर्गवाट तपाईलाई राम्रो साथ सहयोग प्राप्तहुनेछ । सामाजिक कामहरूमा रुचि बढने छ । तपाईवाट छुट्टिएर गएका साथिभाई संग पुनर्मिलन हुने योग रहेको छ । नया एवं शुभकार्यको योजन वन्नसक्ने योग रहेको छ । खर्चगर्दा निकै मितव्ययिता अपनाउनु होला । सरकारी पक्षवाट भय रहनेछ । यो साताकोलागि शुभ अङ्क ३ र ५ हुनभने शुभ रङ्गमा सिन्दुरे रातो रङ्ग रहेको छ । कुनैपनि शुभकार्य गर्नभन्दा पूर्व कार्य सिद्धि विनायक गणेश भगवानको पूजा गरी दर्शन गरी अथवा मनमा स्मरण गरी कार्य आरम्भ गर्नुहोला तपाईंलाई सफलता हात लाग्नेछ ।
तुला राशि :- रा रि रु रे रो ता ति तु ते
यो साता तपाईंको जागिरमा अथवा सामाजिक क्षेत्रमा मान सम्मानमा वृद्धि हुने योग रहेकोछ । प्राविधिक क्षेत्रको कार्यमा छिटो प्रगति हुनेछ । लामो समयदेखि रोकिएका कार्यहरुलाई पुनः दोहोऱ्याएर प्रयत्न गर्दा कार्य सम्पादन हुनेछन । आम्दानीका श्रोतहरू देखापर्ने छन । प्रेम जिवन सफल हुनेछ । यो साताकोलागि शुभ अङ्क १ र ८ हुनभने शुभ रङ्गमा हरियो रङ्ग रहेको छ । कुनैपनि शुभकार्य गर्नुभन्दा पूर्व माता वंगलामुखीको पुजागरी दर्शन गरी अथवा मनमा स्मरण गरी कार्य आरम्भ गर्नुहोला तपाईंलाई सफलता हात लाग्नेछ ।
वृश्चिक राशि :- तो ना नि नु ने नो या यि यु
याे साता तपाईंको शैक्षिक क्षेत्रमा प्रगति हुनेछ । नया काम अथवा रोजगार प्राप्त हुनेछ । रमाईलो र सुखद यात्राहुने योग रहेको छ । राजनीतिमा सफलता हातलाग्ने छ । सामाजिक क्षेत्रमा रुचि बढ्नेछ । आदर्श व्यक्ति संगको सहकार्यले नया नया ज्ञान र अनुभव प्रात हुनेछ । यो साताकोलागि शुभ अङ्क २ र ३ हुनभने शुभ रङ्गमा घिऊ रङ्ग रहेको छ । कुनैपनि शुभकार्य गर्नभन्दा पूर्व कुलदेवताको पूजा गरी दर्शन गरी अथवा मनमा स्मरण गरी कार्य आरम्भ गर्नुहोला तपाईंलाई सफलता हात लाग्नेछ ।
धनु राशि :- ये यो भा भि भु धा फा ढा भे
यो साताको पूर्वाधमा मनमा द्विविधा उत्पन्न हुनेछ मनलाई सम्हालेर अगाडी बढनुहोला । कहि कतैवाट तपाईमा दवाव र तनाव बढ्नेछ । कार्यगर्दा निकै अप्ठ्यारा परिस्थितिको सामना गर्नपर्ला आत्मवल दह्रो वनाएर अगाडी बढनुहोला । तर साताको मध्यवाट भने बजारमा लगानीक अवसर प्रातहुनेछ । शुभकार्यको चर्चा पनि चल्नेछ । मन प्रसन्न हुनेछ । यो साताकोलागि शुभ अङ्क २ र ७ हुनभने शुभ रङ्गमा गुलाबी रङ्गको रातो रङ्ग रहेको छ । कुनैपनि शुभकार्य गर्नभन्दा पूर्व नव ग्रहको दर्शन गरी आराधना गरी वा मनमा स्माण गरी कार्य आरम्भ गर्नुहोला तपाईंलाई सफलता हात लाग्नेछ ।
मकर राशि :- भो जा जि जु जे जो ख खि खु खे खो गा गि
यो साता तपाईंकोलागी धन आर्जनका नयाँ नयाँ श्रोतहरू पत्ता लाग्नेछन । सांस्कृतिक कार्यक्रमहरूमा सहभगि भएर मनोरंजन प्राप्त गर्न सक्नुहुनेछ । बैदेशिक क्षेत्रको कार्यगर हुनुहुन्छ भने उत्तम समय रहेको छ । धार्मिक कार्यक्रममा उपस्थित भएर पुन्य प्रात गर्न सक्नुहुनेछ । तपाईका प्रियजनहरु संग समय व्यतित गर्नपउनुहुनेछ । यो साताकोलागि शुभ अङ्क ५ र ९ हुनभने शुभ रङ्गमा रातो रङ्ग रहेको छ । कुनैपनि शुभकार्य गर्नभन्दा पूर्व माता दुर्गाभवानीको पुजागरी दर्शनगरी वा मनमा स्माण गरी कार्य आरम्भ गर्नुहोला तपाईंलाई सफलता हात लाग्नेछ ।
कुम्भ राशि :- गु गे गो सा सि सु से सो द
यो साता तपाईंले एउटा कामवाट दोहोरो फाइदा लिनसक्नुहुनेछ । परिवारको राम्रो साथ सपोर्ट प्राप्त हुनेछ । परोपकारका काममा समय व्यतीत हुनेछ । व्यापार व्यवसायमा राम्रो प्रगति हुनेछ। तपाईको लगानीले राम्रो प्रतिफल दिनेछ । धार्मिक र सामाजिक कार्यमा रुचि बढ्नेछ । यो साताकोलागि शुभ अङ्क ४ र ६ हुनभने शुभ रङ्गमा निलो रङ्ग रहेको छ । कुनैपनि शुभकार्य गर्नुभन्दा पूर्व भगवान श्रीकृष्णको पूजा गरी दर्शन गरी आराधना गरी वा मनमा स्माण गरी कार्य आरम्भ गर्नुहोला तपाईंलाई सफलता हात लाग्नेछ ।
मीन राशि :- दि दु थ झ ञ दे दो चा चि
यो साता रमाईलो यात्रा हुने योग रहेकोछ । तपाईलाई लगानीको अवसर प्राप्तहुनेछ सोचविचार गरेर अगाडी बढनु उपयुक्त हुनेछ । सामाजिक एवं धार्मिक कार्यमा पनि रुचि वढेर जानेछ । तपाईको लगानीले दीर्धकालिन लाभप्रदान गर्नेछ। तर साताको मध्यमा भने तपाईलाई चोटपटकको भय रहेको छ । मनमा द्विविधा उत्पन्न हुनको साथै मानसिक चिन्ता बढने योग रहेको छ । यो साताकोलागि शुभ अङ्क ३ र ६ हुनभने शुभ रङ्गमा हरियो रङ्ग रहेको छ । कुनैपनि शुभकार्य गर्नभन्दा पूर्व विष्णु भगवानको पुजा गरि आराधना वा मनमा स्माण गरी कार्य आरम्भ गर्नुहोला तपाईंलाई सफलता हात लाग्नेछ ।
यो सात तपाईको शुभरहोस
जयतु संस्कृतम जयतु सनातनम हरि ॐ