फलित ज्योतिष ः- नारायण भण्डारी
मेष राशि ः- चु चे चो ला लि लु लो अ
यो साता आदर्श व्याक्ति संगको सहकार्यले नयॅा ज्ञान सिक्नुको साथै नयॅा अनुभव प्राप्त गर्न सक्नुहुनेछ। शुभ कार्यहरुमा सरिक हुने योग रहेको छ। राजनीतिक र सामाजिक कार्यहरुमा रुचि बढ्ने छ। तर साताको मध्यबाट भने घरायसी झै झमेलामा पर्न सकिने छ। तपाईको मनमा द्विविधा हुनेछ। तपाईले आफुलाई एक्लो एवं कमजोर महसुस गर्न सक्नुहुनेछ। १ र ५ शुभ अंक रहेका छन भने रातो रंग शुभरंगमा परेको छ। भगवान भोलेनाथको आराधना पस्चात गरेका कामले तपाईलाई सफलता मिल्नेछ।
वृष राशि ः- ई उ ए ओ वा वि वु वे वो
यो साता तपाईलाई शेयर बजारको कारोवारले राम्रो प्रतिफल दिनेछ। एउटा कामबाट तपाईलाई दोहोरो फाईदा हुनेछ। विपरित वर्गबाट विशेष सहयोग प्राप्त हुनेछ। भाई बन्धुबाट साथ सहयेग प्राप्त हुनेछ। तपाईलाई पैतृक सम्पति जग्गा जमिन एवं वाहन प्राप्त हुने योग रहेको छ। कुनैपनी राम्रा कामहरु सहजै सम्पादन गर्न सक्नुहुनेछ। २ र ८ शुभ अंक रहेका छन भने सेतो रंग शुभ रंगमा परेको छ। भगवान नारायणको आराधना पस्चात गरेका कामले तपाईलाई सफलता दिलाउने छन।
मिथुन राशि ः- का कि कु घ ङ छ के को ह
यो साता नया काम पाईने योग रहेको छ। तपाईका दाजुभाई एवं दिदीबहिनीको साथ सहयोग प्राप्त हुनेछ जसले गर्दा तपाई कार्य सम्पादन गर्न सहजता मिल्नेछ। रानैतिक कार्यमा सफलता मिल्नेछ। साहित्यका ३ वटै विधामा रुचि बढ्ने छ जस्तै कला साहित्य र संगितमा रुचि बढ्ने छ। तपाईको लगनसिलताले कामहरु अगाडि बढ्नेछन। शुभ कार्यको योजना बन्ने छ। ५ र ६ शुभ अंक रहेका छन भने हरियो रंग शुभ रंगमा परेको छ। पवनपुत्र हनुमानको आराधना यस्चात गरेका कामले तपाईलाई सफलता दिलाउने छन।
कर्कट राशि ः- हि हु हे हो डा डि डु डे डो
यो साता प्रेममा सफलता प्राप्त हुनेछ । तपाईले आटेका राम्रा कामहरु सफलता तिर लम्किनेछन। धार्मिक कार्यहरुमा रुचि बढ्ने छ। दाम्पत्य जिवन सुखमय साथ अगाडि बढ्नेछ। खेतिपाती एवं कृषि कीर्यबाट राम्रो प्रगती हुनेछ। खानपानमा ख्याल गर्नुहोला । २ र ६ शुभ अंक रहेका छन भने गुलावी रंगको रातो रंग शुभ रंगमा परेको छ। भैरवनाथ भगवानको आराधना पस्चात गरेका कामले तपाईलाई सफलता मिल्ने छ।
सिंह राशि ः- मा मि मु मे मो टा टि टु टे
यो साता धार्मिक यात्राको योग रहेके छ। प्रेम र मित्रताको वन्धन कसिने बेला आएको छ। शुभ कार्यको चर्चा चल्नेछ। मिष्ठान्न भोजन प्राप्त हुनेछ। नीति नियमहरुको पालना गरि अगाडि बढ्नुभयो भने राम्रो हुनेछ अन्यथा कानुनको फन्दामा परिने छ। बिभिन्न अवसरहरु गुम्ने संभावना रहेका छन सचेत रहनुहोला। ३ र ६ शुभ अंक रहेका छन भने सेतो रंग शुभ रंग रहेका छ। भगवान विष्णुको आराधना पश्चात गरेका कामले तपाईलाई सफलता दिलाउने छन।
कन्या राशि ः- टो पा पि पुष ण ठ पे पो
यो साता बोलिको प्रभाव बढ्दै जानेछ र बोलिकै भरमा तपाईले कार्य संपादन गर्न सक्नुहुनेछ । राम्रा र शुभ कामहरु पुरा हुनेछन । धार्मिक कार्यहरुमा सहभागि हुने योग रहेको छ। सामाजीक क्षेत्रका काममा तपाईलाई सफलता हातलाग्ने छ। वित्तिय संघसंस्थाहरुबाट सहयोग प्राप्त हुनेछ। शुभ कार्यमा सहभागि हुवे योग पनी रहेको छ। यात्रा गर्दा वा बाटो काट्दा निकै होसियार रहनुहोला । ५ र ९ शुभ अंक रहेका छन भने पहेलो रंग शुभ रंगमा परेको छ। पितृहरुको आराधना पस्चात गरेका कामले तपाईलाई सफलता दिलाउने छन।
तुला राशि ः- रा रि रु रे रो ता ति तु ते
यो साता मनोरंजनका एवं सांस्कृतिक कार्यक्रमहरुमा सहभागि हुने योग रहेको छ। परोपकारका काममा रुचि बढ्नेछ। शेयर बजारमा गरेको लगानिले तपाईलाई दीर्घकालिन फाईदा दिनेछ। लगानिको नयॅा कार्य योजना बन्ने छ। धर्म कर्म र समाज सेवामा रुचि बढ्ने छ। तर साताको उत्तरार्धमा भने घरायसी समस्याले सताउने छ । स्वास्थ्यप्रति चनाखो रहनुहोला। ६ र ७ शुभ अंक रहेका छन भने कलेजी रंग शुभ रंगमा परेको छ। माता वंगलामुखिको आराधना पस्चात गरेका कामले तपाईलाई सफलता दिलाउने छन।
वृश्चिक राशि ः- तो ना नि नु ने नो यो यि यु
यो साता तपाईलाई रमणिय ठॅाउको सुखद यात्रा हुने योग रहेको छ। मनमा शान्ति छाउने तथा मुहारमा क्रान्ति छाउने छ। लामो समयदेखि रोकिएका पुराना कामहरुलाई पुनः दोहोर्याएर प्रयत्न गर्दा सफलतामा पुग्ने छन। उपहारको रुपमा नयॅा वस्त्रालंकार प्राप्त हुने योग रहेको छ। तर साताको मध्यवाट उता लागिसकेपछि तपाईको शैक्षिक क्षेत्र कमजोर रहने छ। बन्न लागेका काम पनी बिग्रने संभावना रहेको छ । र प्रेममा मन मुटाव आउनुका साथै बाधा उत्पन्न हुनेछ। १ र ९ शुभ अंक रहेका छन भने सुन्तला रंगको रंग शुभरंगमा परेको छ। माता भगवतीको आराधना पस्चात गरेका कामले तपाईलाई सफलता दिलाउने छन।
धनु राशि ः- ये यो भा भि भु धा फा ढा भे
यो साता तपाईलाई प्रेममा खटपट हुनुको साथै मनमुटाव बढेर जानेछ। अनावस्यक ठाउमा बढि धन खर्च हुनेछ। मनमा नैरास्यता उत्पन्न हुनेछ। तपाईमा उत्ताउलो पना बढेर जानेछ। तर मंगलबार बाट भने पॅुजि बजारमा गरेको लगानिले तपाईलाई फाईदा दिलाउने छ। सामाजिक एवं राजनैतिक क्षेत्रमा गरेको लगानिले सार्थकता प्राप्त गर्नेछ। मनमा शान्ति बढ्ने छ। ३ र ८ शुभ रंग रहेका छन भने निलो रंग शुभ रंगमा परेको छ। कार्यशिद्दि गणेश भगवानको आराधना पस्चात गरेका कामले तपाईलाई बढि सफलता दिलाउने छन।
मकर राशि ः- भो जा जि जु जे जो ख खि खु खे खो गा गि
यो साता तपाईको सामाजिक क्षेत्रको काममा रुचि बढ्नेछ। कुनैपनी मुद्दामामिलाहरुमा अर्थात न्यायिक कार्यमा तपाईलाई सफलता प्राप्त हुनेछ।दैनिकरुपमा गरिरहनुभएको काममा सफलता वा प्रगति हुदै जानेछ। तर मध्य साताबाट भने तपाईको शरीरमा आलस्यता उत्पन्न हुनेछ। अनावस्यक रुपमा बढि धन खर्च हुनेछ। मनमा नैरास्यता उत्पन्न हुनेछ। स्वास्थ्यप्रति चनाखो रहनुहोला। २ र ५ शुभ अंक रहेका छन भने पहेलो रंग शुभ रंगमा परेको छ। माता सरस्वतिको आराधना पस्चात गरेका कामले तपाईलाई सफलता दिलाउनेछन ।
कुम्भ राशि ः- गु गे गो सा सि सु से सो द
यो साता नसोचेको ठाउबाट धन आगमन हुनेछ । शुभ समाचार सुन्न पाउनुहुनेछ। तपाईको पहिरनले व्याक्तित्व निखारता ल्याउनुको साथै तपाईलाई सुन्दर देखाउनेछ र अरुको मन लोभ्याउने छ। नयॅा र खुसिके समाचार सुन्न पाउनुहुनेछ। तर मध्य साताबाट भने स्वास्थ्यमा समस्या देखापर्ने योग रहेको छ। बन्न लागेको कामपनी बिग्रने छ। नाक कान घाटि सम्वन्धि समस्याले सताउने योग रहेको छ। १ र ३ शुभ अंक रहेका छन भने हल्कारातो रंग शुभ रंगमा परेको छ। तपाईका कुल देवताको आराधना पस्चात गरेका कामले तपाईलाई सफलता दिलाउनेछन।
मीन राशि ः- दि दु थ झ ञ दे दो चा चि
यो साता नयॅा लगानी एवं नयॅा कार्ययोजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्नेछ। मनमा द्विविधा उत्पन्न हुनेछ। तपाईले गरेका काममा ढिलासुस्ति हुनेछन। तर बुधवारबाट भने प्राविधिक क्षेत्रको काममा सफलता प्राप्त हुनेछ। प्रेममा माधुर्यता र एक अर्कामा सहयोगको भावना रहने छ। राजनीतिक काममा सफलता हीतलाग्ने योग रहेको छ। ३ र ४ शुभ अंक रहेका छन भने सेतो रंग शुभ रंगमा परेको छ। माता पिताको आशिर्वाद लिएर गरेका कामले तपाईलाई सफलता दिलाउनेछन ।
जयतु संस्कृतम जयतु सनातनम हरि ॐ
यो साता तपाईहरुको शुभ रहोस
राशिफलले जे जस्तो फलादेश बताएपनी तपाईले आफ्नो कर्मलाई बिश्वास गरेर अगाडी बढ्नुहोला तपाईलाई सफलता अवस्य मिल्नेछ।