फलित ज्योतिष ः- नारायण भण्डारी
मेष राशि ः- चु चे चो ला ली लु ले लो अ
यो साता तपाईसंग रहेको क्षमता प्रदर्शन गर्ने मौका मिल्नेछ। तपाईका निकटतम मित्रहरुको साथ सहयोग प्राप्त हुनेछ र कार्य सम्पादनमा टेवा पुग्नेछ। स्वविवेकको प्रयोगले जटिल ठानिएका कामहरुलाई पनी सहजै कार्य संपादन गर्न सक्नुहुनेछ। पॅुंजि बजारमा गरेको लगानीले भने तपाईलाई फाईदा दिने छैन। स्वास्थ्य प्रति सचेत रहनुहोला। १ र ९ शुभ अंक रहेका छन भने खैरो रंग शुभ रंगमा परेको छ । भगवान शंकरको आराधना पस्चात गरेका कामले तपाईलाई सफलता दिलाउने छन ।
वृष राशि ः- इ उ ए ओ वा वि वु वे वो
यो साता नयॅा कार्य योजना बन्ने छ। नयॅा कामको सुरुवात गर्न उत्तम समय रहेको छ। यात्राको योग पनी रहेको छ। तपाईले लगनशील भएर गरेका कामहरु सहजै अगाडि बढ्ने छन। साताको उत्तरार्धमा भने तपाईले आटेताकेका कामहरुमा ढिलासुस्ती हुनेछ। मनमा नैरास्यता उत्पन्न हुनेछ। ३ र ७ शुभ अंक रहेका छन भने निलो रंग शुभ रंगमा परेको छ। भगवान नारायणको आराधना पस्चात गरेको कामले तपाईलाई सफलता दिलाउने छ।
मिथुन राशि ः- का कि कु घ ङ छ के को ह
यो साता तपाईको शैक्षिक क्षेत्रको काममा सफलता मिल्नेछ। लामो समयदेखि रोकिएका कामहरु पुनः दोहोर्याएर प्रयत्न गर्दा कार्य संपादन हुनेछन। तपाईले आफ्नो बुद्दिको प्रयोग गरेर जटिल ठानेका कामहरुपनी सहजै संपादन गर्न सक्नुहुनेछ। नयॅा कार्य योजना बन्नेछन। मनमा चंचलता बढ्ने छ। ३ र ७ शुभ अंक रहेका छन भने हरियो रंग शुभ रंगमा परेको छ । तपाईका कुलदेवताको स्मरण पस्चात गरेका कामले तपाईलाई सफलता दिलाउने छन।
कर्कट राशि ः- हि हु हे हो डा डि डु डे डो
यो साता तपाईले आटे ताकेका शुभ कार्यले सफलता पाउने छन। व्यापार व्यवसायमा राम्रो आम्दानि हुनेछ। शेयर बजारमा गरेको लगानिले तपाईलाई राम्रो प्रतिफल दिनेछ। मनमा शान्ति छाउने छ। शुभ यात्राको योग रहेको छ। तर साताको उत्तरार्धमा भने तपाले यात्रा नगर्दा उत्तम हुनेछ। बाटो काट्दा वा हिड्दा निकै संयमता अपनाउनुहोला। ३ र ८ शुभ अंक रहेका छन भने सेतो रंग शुभ रंगमा परेको छ। भगवान विष्णुको आराधना पस्चात गरेका कामले तपाईलाई सफलता दिलाउनेछन।
सिंह राशि ः- मा मि मु मे मो टा टि टु टे
यो साता तपाईको प्राविधिक क्षेत्रको काममा सफलता हातलाग्ने छ। तपाईले शुभ समाचार सुन्न पाउनुहुनेछ। राजनीतिक क्षेत्रमा सफलता हात लाग्नेछ । लामो समयदेखि रोकिएका कामहरुलाई पुनः दोहोर्याएर प्रयत्नगर्दा तपाईलाई सफलता हात लाग्नेछ। नयॅा समाचार सुन्न पाउनुहुनेछ। तपाईले गरेको सामाजिक कार्यले कृती राख्ने बेला आएको छ। सुन्दर स्थानको भ्रमणले मन आनन्दित हुनेछ। १ र ६ शुभ अंक रहेका छन भने सुन्तला रंग शुभ रंगमा परेको छ। शिद्दिदाता गणेश भगवानको आराधना पस्चात गरेका कामले तपाईलाई सफलता दिलाउने छन ।
कन्या राशि ः- टो पा पि पुष ण ठ पे पो
यो साता तपाईका विरोधीहरु तपाईलाई गिराउन लागिपर्ने छन। अनावस्यक ठाउमा धन खर्च हुने योग रहेको छ। तपाईको माल सामानहरु चोरीहुने वा हराउने योग पनी रहेको छ संयमता अपनाउनुहोला। तर साताको मध्यवाट भने तपाईले गरेको लगानीले राम्रो प्रतिफल दिलाउने छ। एउटा कामबाट दोहोरो फाईदा “एक पन्थ दुई काम” हुनेछ । आफन्तको प्रगतिमा मन रमाउने छ । ४ र ९ शुभ अंक रहेका छन भने कालो रंग शुभ रंगमा परेको छ। भैरवनाथ भगवानको आराधना पस्चात गरेका कामले तपाईलाई सफलता दिलाउनेछन।
तुला राशिः- रा रि रु रे रो ता ति तु ते
यो साता तपाईलाई सरकारी क्षेत्रबाट सहयोग प्राप्त हुनेछ। रोकिएका कामहरुलाई पुनः दोहोर्याएर प्रयत्न गर्दा तपाईलाई सफलता हात लाग्नेछ। तपाईलाई रोजगारको अवसर वा पदोन्नती हुनेछ । समाज सेवामा तपाईको रुचि बढेर आउनेछ। तर साताको उत्तरार्धमा भने तपाईको व्यापार व्यवसायमा मन्दि आउने छ। आर्थिक अवस्था कमजोर रहने छ। शैक्षिक क्षेत्रमा मन लाग्नेछैन । स्वास्थ्य प्रति सचेत रहनुहोला। २ र ९ शुभ अंक रहेका छन भने कलेजि रंग शुभ रंगमा परेको छ। माता वंगलामुखिको आराधना पस्चात गरेका कामले तपाईलाई सफलता दिलाउनेछन।
वृश्चिक राशि ः- तो ना नि नु ने नो या यि यु
यो साता तपाईको मनमा शान्ति मिल्नेछ। आदर्श व्याक्ति संगको सहकार्यले तपाईलाई नयॅा नयॅा ज्ञान सिक्ने अवसर प्राप्त हुनेछ। पारिवारिक साथ सहयोग राम्रो रहने छ जसको कारणले तपाईले धेरै कार्यहरु संपादन गर्न सक्नुहुनेछ। शुभ र सफल यात्राको योग पनी रहेको छ। तर साताको उत्तरार्धमा भने तपाईलाई आर्थिक हैरानी बेहोर्नुपर्ने योग रहेको छ। साथीभाईले वचन पुरा नगर्दा मनमा नैरास्यता उत्पन्न हुनेछ। ३ र ८ शुभ अंक रहेका छन भने शुभ रंगमा ध्यु रंग रहेको छ। नवग्रहहरुको आराधना पस्चात गरेका कामले तपाईलाई सफलता दिलाउनेछ।
धनु राशि ः- ये यो भा भि भु धा फा ढा भे
यो साता तपाईको नयॅा र रमणिय स्थलको भ्रमण हुने योग रहेको छ। बैदेशिक क्षेत्रबाट सफलता हातलाग्नेछ। नयॅा उधोगधन्दा वा रचनात्मक कार्यको कार्य अगाडि बढ्ने योग रहेकोछ। प्रेममा सुमधुर्यता छाउनेछ। भाईबन्धुहरुबाट राम्रो साथ सहयोग प्राप्त हुनेछ। व्यापार व्यवसायबाट राम्रो प्रगती र मनग्य आम्दानी हुवेछ। २ र ८ शुभ अंक रहेका छन गुलाबी रंग शुभरंगमा परेको छ। माता पिताको आशिर्वाद लिएर गरेका कामले तपाईलाई सफलता दिलाउनेछन।
मकर राशि ः- भो जा जि जु जे जो ख खि खु खे खो गा गि
यो साताको सुरुवातीचरणमा तपाईले गरेको काममा ढिलासुस्ति हुनेछ। वोलिको बिपरित अर्थ लाग्नाले बोल्दा वा ठट्टा गर्दा निकै संयमता अपनाउनु पर्ने छ। मनमा नैरास्यता उत्पन्न हुनेछ। तर साताको मध्यवाट भने नसोचेको ठाउबाट धनागमन हुनेछ। तपाईले गरेको कामबाट छोटो समयमा बिशेष उपलब्धि हासिल गर्न सक्नुहुनेछ। नयॅा र रमणिय स्थलको भ्रमणको योग रहेको छ। मनमा शान्ति र मुहारमा क्रान्ति देखापर्ने छ। २ र ५ शुभ अंक रहेका छन भने रातो रंग शुभ रंगमा परेको छ। ईष्ट देवताको आराधना पस्चात गरेका कामले तपाईलाई सफलता दिलाउनेछन।
कुम्भ राशि ः- गु गे गो सा सि सु से सो द
यो साता तपाईको महिला मित्र वा मित्रहरुवाट बिशेष साथ सहयोग प्राप्त हुनेछ जसले तपाईले उल्लेख्य कार्य संपादन गर्न सक्नुहुनेछ। बैदेशिक क्षेत्रको काममा सफलता उन्मुख हुनेछन। मनमा शान्ति मिल्नेछ। शुभ कार्यको चर्चा चल्नेछ। नयॅा नयॅा ज्ञान सिक्ने मौका मिल्नेछ। २ र ५ शुभ अंक रहेका छन भने कलेजी रंग शुभ रंगमा परेको छ। माता सरस्वतीको आराधना पस्चात गरेका कामले तपाईलाई सफलता दिलाउनेछन।
मीन राशि ः- दि दु थ झ ञ दे दो चा चि
यो साता व्यापार व्यवसायका लागि नयॅा मित्रसंग सहकार्य हुने योग रहेको छ। तपाईको लगनसिलताले कार्यहरु अगाडि बढ्नेछ। शुभ कार्यको चर्चा चल्नेछ। नयॅा कामपाईने तथा पदोन्नती एवं सरुवा हुनसक्ने योग रहेको छ। तर मध्य साताबाट भने तपाईका निकचतम व्याक्तिहरुले तपाईले गरिरहेको कार्यमा वाधा व्यवधान पुर्याउने छन। नमना नैरास्यता उत्पन्न हुनेछ। २ र ६ शुभ अंक रहेका छन भने हरियो रंग शुभ रंगमा परेको छ। पितृहरुको आराधना गरेर गरेको कामबाट तपाईलाई बढि सफलता प्राप्त हुनेछ।
“यो साता तपाईहरुको शुभ रहोस राशिफलले जे जस्तो फलित गरेतापनी तपाई आफ्नो काममा लगनसिल भएर अगाडी बढ्दा तपाईलाई सफलता हातलाग्नेछ”
जयतु संस्कृतम जयतु सनातनम हरि ॐ