फलित ज्योतिषः- नारायण भण्डारी
मेष राशिः- चु चे चो ला लि लु ले लो अ
यो साता तपाईलाई रमाईलो र सुखद यात्राको योग रहेको छ। तपाईको लगनसिलताले तपाईका कामहरु अगाडी बढ्ने छन। थोरै परिश्रमले पनी ठुलो उपलब्धी हासिल हुनेछ। व्यवसायको लागि यात्राको योग पनी रहेको छ। दान पुञ्य एवं मानव सेवाका कामहरुमा रुचि बढ्ने र सहभागी हुने योग पनी रहेको छ। तपाईका बिरोधी र प्रतिस्पर्धीहरुवाट सजग रहनुहोला। १ र ९ शुभ अंक रहेका छन भने सुन्तला रंग शुभ रंगमा परेको छ। नारायण भगवानको आराधना पस्चात गरेका कामले तपाईलाई सफालता उन्मुख गराउनेछ।
वृष राशिः- इ उ ए ओ वा वि वु वे वो
यो साता तपाईलाई स्वास्थ्य संवन्धी समस्याले सताउने योग देखिएको छ। रुघा खोकी तथा कान दुख्ने समस्याले सताउन सक्छ। व्यर्थैमा कसैले तपाईलाई जालझेल एवं झुट्ठा आरोप लगाउन सक्छन। सरिरमा आलस्यता बढ्ने तथा फुर्ति कमहुने योग पनी रहेको छ। तर साताको उत्तरार्धबाट भने तपाईका सहोदर दाजुभाईको साथ सहयोग मिल्नेछ। एउटा कामले तपाईलाई दोहोरो फाईदा दिलाउने छ। घरमा अतिथीको आगमन हुने योग रहेको छ। ४ र ६ शुभ अंक रहेका छन भने सेतो रंग शुभ रंगमा परेको छ। तपाईका कुल देवताको आराधना पस्चात गरेका कामले तपाईलाई सफलता उन्मुख गराउने छ।
मिथुन राशिः- का कि कु घ ङ छ के को ह
यो साता तपाईलाई तपाईका आफन्तहरुको राम्रो साथ सहयोग मिल्नेछ। राजनीतिक कार्यमा सफलता मिल्ने योग रहेको छ। तपाईलाई नयॅा काम वा काममा पदोन्नती भएर जिम्मेवारी थपिने योग रहेको छ। सुखद एवं रमणिय यात्राको योग पनी रहेको छ। तपाईलाई कार्यक्षेत्रमा कसैको कुरामा विमती हुनसक्ने योग पनी रहेको छ संयम भएर अगाडि बढ्नुहोला। ३ र ९ शुभ अंक रहेका छन भने पहेलो रॅंग शुभ रंगमा परेको छ। कार्यशिद्धिदाता गणेश भगवानको आराधना पस्चात गरेका कामले तपाईलाई सफलता उन्मुख गराउनेछन।
कर्कट राशिः- हि हु हे हो डा डि डु डे डो
यो साता तपाईलाई शैक्षिक क्षेत्रको राम्रो प्रगती हुने योग रहेको छ। तपाईका नजिकका साथीभाईबाट राम्रो साथ सहयोग प्राप्त हुने योग रहेको छ। अरुको उपकार हुने ठाउमा लगानी गर्ने समय आएको छ। रमाईलो यात्राको योग पनी रहेको छ। साताको उत्तरार्धमा भने सजक भएर अगाडि बढ्नुहोला आएका अवसरहरुपनी गुम्न सक्ने योग रहेको छ। ४ र ९ शुभ अंक रहेका छन भने कलेजी रंग शुभ रंगमा परेको छ। माता वंगलामुखीको आराधना पस्चात गरेका कामले तपाईलाई सफलता उन्मुख गराउने छ।
सिंह राशिः- मा मि मु मे मो टा टा टु टे
यो साता तपाईलाई छोटो समयमा बिशेष उपलब्धी हात लाग्नेछ। प्रेम संबन्ध एवं बैबाहिक सम्बन्ध प्रगाढ भएर सुमधुर रुपमा अगाडि बढ्ने छ। नयॅा काम पाईने वा काममा बढुवा वा प्रमोसन भएर जिम्मेवारी थपिने योग रहेको छ। कृषि कार्यमा सफलता मिल्नेछ। १ र ७ शुभ अंक रहेका छन भने कालो रंग शुभ रंगमा परेको छ। तपाईका पितृहरुको स्मरण र आराधना पस्चात गरेका काममा भने तपाईलाई सफलता उन्मुख हुनेछन।
कन्या राशिः- टो पा पि पु ष ण ठ पे पो
यो साता तपाईलाई नयॅा रोजगार वा तपाईले गरेको भन्दा उत्तम कामको अफर आउने योग रहेको छ। प्राबिधिक क्षेत्रमा तपाईलाई सफलता मिल्नेछ। तपाईको मनको साथीको साथ र हौसला पनी मिल्नेछ। तपाईबाट छुटेर गएकाहरुसंग पुनर्मिलनको योग पनी रहेको छ। जग्गा जमिनको कारोवारबाट फाईदा पनी मिल्ने योग रहेको छ। १ र ६ शुभ ॲंक रहेका छन भने खैरो रंग शुभ रंगमा परेको छ। विष्णु भगवानको आराधना पस्चात गरेका कामले तपाईलाई सफलता उन्मुख गराउनेछन।
तुला राशिः- रा रि रु रे रो ता ति तु ते
यो साता तपाईको प्रेम र मित्रताको बन्धन कसिने बेला आएको छ। शैक्षिक क्षेत्रको राम्रो प्रगती हुनेछ। लगानी गर्ने सोचमा हुनुहुन्छ भने शेयर बजारको लगानीले तपाईलाई फाईदा दिलाउने छ। कठिन ठानिएका कामहरुपनी तपाईको बुद्धिबिबेकलगाएर कार्य गर्दा सहजै कार्य सम्पादन हुनेछन। तपाईका प्रेमीले नयॅा ठाउको भ्रमण गर्नजाने प्रस्ताव राख्नेछन। १ र ७ शुभ अंक रहेका छन भने गुलावि रंग शुभ रंगमा परेको छ। भैरवनाथ भगवानको आराधना पस्चात गरेका कामले तपाईलाई सफलता दिलाउने छन।
वृश्चिक राशिः- तो ना नी नु ने यो या यि यु
यो साता तपाईले सहि समयमा सहि निर्णय लिन सक्नुहुनेछ। भौतिक सुख सुबिधाका साधनहरु खरिद गर्ने समय आएको छ। प्रेम र मित्रताको बन्धन कसिने बेला आएको छ। सजिलै कार्य सम्पादन हुनेछन। कुनै पनी प्रतिस्पर्धाका कुराहरुमा जित तपाईको पक्षमा हुनेछ। रमणिय एवं सुखद यात्राको योग रहेको छ। दाम्पत्य जिवन सुखसाथ अगाडि बढ्नेछ। २ र ९ शुभ अंक रहेका छन भने सेतो रंग शुभ रंगमा परेको छ। भोलेनाथ भगवानको आराधना पस्चात गरेका कामले तपाईलाई सफलता उन्मुख गराउनेछन।
धनु राशिः- ये यो भा भि भु धा फा ढा भे
यो साता तपाईलाई प्रेम र मित्रताको बन्धन कसिने बेला आएको छ। तपाईले गरिरहनुभएको कामबाट तपाईलाई दीर्घकालिन फाईदा पुग्ने योग रहेको छ। शुभ कार्यको चर्चा चल्नेछ। सुन्दर र रमणिय क्षेत्रको भ्रमणले मन लोभ्याउने छ। तपाईले काम गर्दा निकै रचनात्मक र दीर्घकाल सम्म उपयोग गर्न मिल्ने काममा लगानी गर्दा तपाईलाई फाईदा पुग्नेछ। ३ र ७ शुभ अंक रहेका छन भने गुलावी रंगको रंग शुभ रंगमा परेको छ। नव ग्रहको स्मरण र स्तुती पस्चात गरेका कामले तपाईलाई सफलता उन्मुख गराउनेछन।
मकर राशिः- भो जा जि जु जे जो ख खि खु खे खो गा गि
यो साता तपाईको माल सामान चोरीहुने वा हराउने योग रहेको छ। तपाईले चिताएका कम नबन्नाले दिक्क लाग्न सक्नेछ। घरायसी कामकाजमा पनी तपाईको असामान्य परिस्थिती उत्पन्न हुनसक्छ। तर साताको मध्यवाट भने तपाईका लामो समयदेखि रोकिएका कार्यहरुलाई तपाईले दोहोर्याएर प्रयत्न गर्दा सफलता हात लाग्नेछ। मनमा शान्ती मिल्नेछ। १ र ६ शुभ अंक रहेका छन भने निलो रंग शुभ रंगमा परेको छ। तपाईका मान्यजनको आशिर्बाद लिएर गरेकोकामले तपाईलाई सफलता उन्मुख हुनेछन।
कुम्भ राशिः- गु गे गो सा सि सु से सो द
यो साता तपाईलाई नयॅा सवारी साधन प्राप्तिको योग रहेको छ। बैदेशिक क्षेत्रको काममा सफलता हातलाग्नेछ। कुनै पनी प्रतिस्पर्धाका प्रतियोगिताहरुमा तपाईको जित हुनेछ। सामाजिक कार्यमा रुचि एवं सफलता मिल्नेछ। तर साताको उत्तरार्धमा भने तपाईको मन खिन्न हुने योग रहेको छ। साथीभाईले वचन पुरा नगर्दा हैरानी बेहोर्नुपर्ने योग रहेको छ। ४ र ७ शुभ अंक रहेका छन भने घ्यु रंग शुभ रंगमा परेको छ। माता दुर्गा भवानीको आराधना पस्चात गरेका कामले तपाईलाई सफलता उन्मुख गराउनेछन।
मीन राशिः- दि दु थ झ ञ दे दो चा चि
यो साता तपाईलाई व्यापार व्यवसायबाट राम्रो प्रगती हुनेछ। सवारी साधन खरिद गर्ने योग रहेको छ। ईश्वरमा आस्था बढेर जानेछ । राजनीति र सामाजीक कार्यमा रुचि बढ्नेछ। प्रेम सम्वन्ध सुमधुर रुपमा अगाडि बढ्नेछ। एउटै कामबाट दोहोरो लाभ लिन सक्नुहुनेछ। २ र ८ शुभ अंक रहेका छन भने पहेलो रंग शुभ रंगमा परेको छ। तपाईका ईष्टदेवताको आराधना पस्चात गरेका कामले तपाईलाई सफलता उन्मुख गराउनेछ।
राशिफलमा जे जस्तो फलित गरेतापनी तपाई आफ्नो कर्ममा बिश्वास गरेर अगाडि बढ्नुहोला सफलता तपाईको पक्षमा हुनेछ।
“जयतु संस्कृतम जयतु सनातनम हरि ॐ”
“यो साता तपाईको शुभ रहोस”