साप्ताहिक राशिफल १७ पौष देखि २३ पौष २०७८ सम्मको


AD146B25 777E 4E80 8A18 775731DAFFA6

 

फलित ज्योतिष ः- नारायण भण्डारी

मेष राशि ः- चु चे चो ला लि लु ले लो अ 

यो साता अनावश्यक ठाउमा धन खर्च हुने छ। स्वास्थ्यमा गडबढि आउने योग रहेको छ। झण्झटिलो र अनावस्यक यात्रा हुने योग रहेको छ। विविध झै झमेलामा पर्न सक्ने योग रहेको छ। तर मध्य साताबाट भने परोपकारका काममा रुचि बढ्ने छ। आफन्तको प्रगतिमा मन रमाउने छ। धर्मकर्म र समाज सेवामा मन लाग्ने छ। मन आनन्दित हुनेछ। २ र ५ शुभ अंक रहेका छन भने निलो रंग शुभ रंगमा परेको छ। भैरवनाथ भगवानको आराधना पस्चात गरेका कामले तपाईलाई बढि सफलता मिल्नेछ।

 

B92FF335 C8B1 4A44 8D1A 795A535C876B

वृष राशि  ः- इ उ ए ओ वा वि वु वे वो

यो साता नयॅा काम तथा रोजगार प्राप्तहुने योग रहेको छ। नेतृत्वदायी भुमिका प्राप्त गर्ने योग रहेको छ। नयॅा लगनीको वातावरण वन्ने र लगानीको प्रस्ताव आउने छ। तर साताको मध्यवाट भने तपाईको मन दोधार हुनेछ। अरुले गरेका काम तथा कुरा चित्त नवुझ्दा अपट्यारोमा पर्न सकिने योग रहेको छ। संयमित तवरले अगाडी बढ्दा राम्रो हुनेछ। २ र ९ शुभ अंक रहेका छन भने सेतो रंग शुभ रंगमा परेको छ। तपाईका कुल देवताको आराधना पस्चात गरेका कामले तपाईलाई सफलता दिलाउने छन।

 

5E456FF6 2C89 42E9 AB9A D3BDBD7F5F70

मिथुन राशि ः- का कि कु घ ङ छ के को ह

यो साता शुभ कार्यमा सरिक हुने योग रहेको छ। मन दोधारमा रहेर गरेको कामले  व्यवहारीक रुपमा तपाईलाई फाईदा हुनेछ। लामो समय देखि रोकिएका पुराना कामहरुलाई पुनः दोहोर्याएर प्रयास गर्दा सफलता हात पार्न सकिनेछ। तर साताको मध्यवाट भने लगानी नगर्दा उत्तम हुनेछ। घरायसी झै झमेलामा पर्ने योग रहेको छ। लगानी गर्दै हुनुहुन्छ भने निकै सोच विचार गरेर मात्र लगानी गर्नुहोला। घरायसी कामधन्दामा समय व्यतित गर्नुपर्ने छ। ३ र ८ शुभ अंक रहेका छन भने हरियो रंग शुभ रंगमा परेको छ। तपाईका ईष्ट देवताको आराधना पस्चात गरेका कामले तपाईलाई सफलता दिलाउनेछन।

 

6DBF53EC F9B9 4B2C 8D33 EF84F53081B1

कर्कट राशि ः- हि हु हे हो डा डि डु डे डो

यो साता तपाई भित्र लुकेर रहेको प्रतिभालाई देखाउने उचित वातावरण वन्नेछ। भाग्यले एक पछि अर्को अवसर दिलाउने छ। जिवनसाथी संग छलफल र परामर्स गरि गरेको कामले तपाईलाई बढि सफलता दिलाउने छ। मनोरंजनका कार्यक्रमहरुमा सहभागिहुने अवसर मिल्नेछ। नयॅा वस्त्रालंकार प्राप्ती हुने योग रहेको छ। मन प्रसन्न रहने छ। २ र ९ शुभ अंक रहेका छन भने हरियो रंग शुभ रंगमा परेको छ। भदवान नारायणको आराधना पस्चात गरेका कामले तपाईलाई बढि सफलता दिलाउनेछन।

 

C2E065F7 9DA3 4E06 9E55 9A34A332EA6E

सिंह राशि ः- मा मि मु मे मो टा टि टु टे

यो साता तपाईको वाकचतुर्याईले गर्दा रहजै कार्य सम्पादन गर्न सक्नुहुनेछ। तपाईका पुत्रपुत्रीहरुवाट सहयोग प्राप्त हुने योग रहेको छ। सीमो समय देखि रोकिएकी कामहरुलाई पुनः प्रयत्नगर्दा कार्य सफलता तिर अगाडि बढ्ने छन। प्रेम प्रसंगमा रमाईले र आनन्ददायी समय आउने छ। पर्यटकिय क्षेत्रको भ्रमणले मन आनन्दित हुनेछ। बैदेशिक क्षेत्रको काम अगाडि बढ्नेछ। १ र ७ शुभ अंक हुन भने रातो रंग शुभ रंगमा परेको छ। भगवान भोलेनाथको ध्यान आराधना पस्चात गरेका कामले तपाईलाई सफलता दिलाउनेछन।

 

ADE63758 7FDE 4B5C A8EB 9EBEA3A73A82

कन्या राशि ः- टो पा पि पु ष ण ठ पे पो

यो साता राजनैतिक एवं सामाजिक क्षेत्रमा यश कृति राख्ने नाम कमाउने बेला आएको छ। मन प्रसन्न हुनेछ। भौतिक सुख सुविधाका सामानहरु जोड्ने बेला आएको छ। तक साताको उत्तरार्धमाबाट भने व्यापार व्यवसायमा नोक्सानी एवं घाटा हुने योग रहेको छ। तपाईले आटे ताकेका काम नवन्नाले दिक्क लाग्नेछ। मन दोधार एवं निरास हुने अवस्थाको सृजना हुनेछ। ३ र ७ शुभ अंक रहेका छन भने कालो रंग शुभ रंगमा परेको छ। तपाईका माता पिताको आशिर्वाद लिएर गरेका कामले तपाईलाई सफलता दिलाउने छन।

 

5270EBBF 03AD 4605 9CD1 2790EA165C5A

तुला राशि ः- रा रि रु रे रो ता ति तु ते

यो साता तपाईको फसेको रकम हातलाग्ने योग रहेको छ। तपाईको आफ्नै वुद्दिविवेकले बिभिन्नकार्यहरु सम्पादन गर्न सक्नुहुनेछ। पर्यटकिय एवं धार्मिक यात्राको योग रहेको छ। आम्दानी बढ्ने योग रहेको छ। तर साताके उत्तरार्धमा भने यात्रा नगर्नुहोला । तपाईलाई आएका अवसरहरु पनी गुम्ने योग रहेको छ। बाटो काट्दा वा यात्रा गर्दा निकै सावधानी अपनाउनुहोला । ३ र ६ शुभ अंक रहेका छन भने पहेलो रंग शुभ रंगमा परेको छ। पितृहरुको आराधना पस्चात गरेका कामले तपाईलाई सफलता दिलाउने छन।

 

4B79A69F 4834 42BB 86D8 66C044CBC56E

वृश्चिक राशि ः- तो ना नी नु ने नो या यि यु

यो साता तपाईलाई नोकरी एवं सामाजिक क्षेत्रबाट मान सम्मान प्राप्त हुने योग रहेको छ। रमणिय शुखद एवं व्यवसायिक यात्राको योग रहेको छ। तपाईले आटे ताकेका राम्रा र शुभ कार्यहरु पुरा हुनेछन। बिधा र बुद्दिको राम्रो बिकाश हुनेछ। रोकिएको वा फसेको धन हातलाग्नेछ। मन प्रसन्न रहनेछ। ५ र ९ शुभ अंक रहेका छन भने गुलावी रंग शुभ रंगमा परेको छ। माता दुर्गा भवानीको आराधना पस्चात गरेका कामले तपाईलाई सफलता दिलाउने छन।

 

0A8BCA82 414D 4986 ADFE 4FC30AB5827C

धनु राशि ः- ये यो भा भि भु धा फा ढा भे

यो साता तपाईले गरेका काममा ढिलासुस्ति हुनेछन । तपाईले वोलेको वोलिको विपरित अर्थ लाग्नेछ। तपाईले गरेका महत्वपूर्ण काममा वाधा व्यवधान आउनेछन। कुनै पनी कुराको निर्णय लिदा निकै संयमित भएर लिनुहोला अन्यथा गलत निर्णय लिन पुगिने छ। तर साताको मध्यवाट भने तपाईले गरेको सानो कामबाट पनी ठुलै उपलव्धि हात पार्न सक्नुहुनेछ। मन प्रसन्न रहनेछ। १ र ९ शुभ अंक रहेका छन भने सेतो रंग शुभ रंगमा परेको छ। भगवान सुर्यनारायणलाई जलार्पण वा दर्शन गरी गरेका कामले तपाईलाई सफलता दिलाउनेछन।

 

74F8ADE1 B89F 4060 AB00 ED174C539A48

मकर राशि ः- भो जा जि जु जे जो ख खि खु खे खो गा गि

यो साता प्रेम र दाम्पत्य जिवनको सम्वन्ध सुदृढ र मजवुत बन्नेछ। भाग्यले बिभिन्न अवसरहरु जुराउनेछ। आर्थिक कारोवार गर्ने वित्तिय संघ संस्थाहरुबाट सहयोग प्राप्त हुनेछ। तर साताको मध्यवाट भने तपाईले आटे ताके अनुरुपका काम नवन्नाले दिक्क लाग्नेछ। मन निराश हुनेछ। शेयर बजारको लगानीले साथ नदेला लगानी नगर्दा उत्तम हुनेछ। ४ र ८ शुभ अंक रहेको छन भने घ्यु रंग शुभ रंगमा परेको छ। तपाईका ईष्ट देवताको आराधना पस्चात गरेका कामले तपाईलाई सफलता दिलाउने छन।

 

6210C06B 5597 4051 95C6 56DBDC566971

कुम्भ राशि ः- गु गे गो सा सि सु से सो द

यो साता नगद लगानी गरेर गरेका कामबाट मनग्य आम्दानी हुनेछ। कुटनितिक क्षेत्रको कामबाट सफलता मिल्नेछ। सामाजिक एवं धार्मिक कार्यमा रुचि बढ्ने छ। नयॅा स्थानमा प्रेमीसंग भ्रमणमा जाने योग रहेको छ। नयॅा उधोग संचालन गर्ने योग रहेको छ। आम्दानीको श्रोत बढ्ने योग रहेको छ। रचनात्मक कार्यमा जुट्ने बेला आएको छ। २ र ७ शुभ अंक रहेका छन भने सेतो रंग शुभ रंगमा परेको छ। शंकर भगवानको आराधना र ध्यान गरि गरेको कीमले तपाईलाई सफलता दिलाउने छन।

 

00C28400 35D3 47F5 B5B7 9C64B8FA69A4

मिन राशिः-  दि दु थ झ ञ दे दो चा चि

यो साता तपाईलाई सांस्कृतीक कार्यक्रमहरुमा सहभागि भएर मनोरंजन हासिल गर्ने समय आएको छ। व्यापार व्यवसायको क्षेत्रमा उल्लेख्य प्रगती हुनेछ। रोकिएका कामहरुलाई पुनः संचालन गर्दा कार्य संपादन हुनेछन। नयॅा कार्य योजना सुरु हुने योग रहेको छ। तपाईले दाम नाम र प्रतिष्ठा कमाउने बेला आएको छ। शुभ कार्यको चर्चा चल्नेछ। ४ र ९ शुभ अंक रहेका छन भने सुन्तला रंगको रंग शुभ रंगमा परेको छ। नव ग्रहहरुको स्तुती गरेर गरेका कामले तपाईलाई बढि सफलता दिलाउनेछन।

राशिफलले जे जस्तो फलित गरेता पनी तपाई आफ्नो कर्ममा बिश्वास गरेर अगाडि बढ्नुहोला तपाईको यो साता शुभ रहोस

“जयतु संस्कृतम जयतु सनातनम” हरि ॐ


Translate »