साप्ताहिक राशिफल २१ फाल्गुन देखि २७ फाल्गुन २०७८ सम्मको


फलित ज्योतिषः- नारायण भण्डारी

AD146B25 777E 4E80 8A18 775731DAFFA6

 

मेष राशिः- चु चे चो ला लि लु ले लो अ

यो साता तपाईको सामान चोरीहुने तथा हराउने योग रहेको छ। रुघा खोकी तथा कानको समस्याले सताउन सक्नेछ। शरिरमा जोस जागर र फुर्तिको कमी हुनेछ। तर मध्य सातावाट भने तपाईका शुभ र राम्रो ईच्छाहरु पूर्ण हुनेछन। सुन्दर पहिरनको कारणले तपाईको चर्चा चल्नुका साथै व्याक्तित्वमा निखारता ल्याउनेछ। २ र ९ शुभ अंक हुन भने पहेलो रंग शुभ रंगमा परेको छ। नारायण भगवानको आराधना पस्चात गरेका कामले तपाईलाई सफलता उन्मुख गराउने छन।

B92FF335 C8B1 4A44 8D1A 795A535C876B

 

वृष राशिः- इ उ ए ओ वा वि वु वे वो 

यो साता नया कार्य योजना बन्ने योग रहेको छ। तपाईलाई उपहार प्राप्त गर्ने योग पनि रहेको छ। तपाईले आटे ताकेका शुभ र राम्रा कार्यहरुलाई टुंगोमा सजिलै पुर्याउन सक्नुहुनेछ। अतिथीको रुपमा मान सम्मान तथा आतित्थ्यता प्राप्त गर्नुहुनेछ। बैबाहिक जिवन सहज र सुमधुर रुपमा अगाडि बढ्नेछ। आर्थिक प्रगती हुनेछ। छोटो र लाभदायक यात्राको समेत योग रहेको छ। २ र ८ शुभ अंक रहेका छन भने सेतो रंग शुभ रंगमा परेको छ। कुल देवताको आराधना पस्चात गरेका कामले तपाईलाई सफलता उन्मुख गराउनेछ।

 

5E456FF6 2C89 42E9 AB9A D3BDBD7F5F70

मिथुन राशिः- का कि कु घ ङ छ के को ह

यो साता तपाई कुनैपनी प्रतिष्पर्धाका कार्यक्रमहरुमा भाग लिएमा जित तपाईको पक्षमा हुनेछ। तपाईका लामो समयदेखि रोकिएका कामहरुलाई पुनः दोहोर्याएर प्रयत्न गर्दा कार्य संपादन हुनेछन। कुटनीतिक  क्षेत्रको काममा सफलता मिल्नेछ। तर साताको  उत्तरार्धबाट भने पठन पाठनको क्षेत्रमा भने सोचेजस्तो प्रगती हुनेछैन। बन्नलागेको काम पनि बिग्रने योग रहेको छ। प्रेमी जीवनमा मनमुटाव बढ्नुको साथै मनमा नैरास्यता छाउनेछ। १ र ७ शुभ अंक रहेका छन भने सुन्तला रंगको रंग शुभ रंगमा परेको छ। वंगलमामुखी माताको आराधना पस्चात गरेका कामले तपाईलाई सफलता उन्मुख गराउनेछन।

 

6DBF53EC F9B9 4B2C 8D33 EF84F53081B1

कर्कट राशिः- हि हु हे हो डा डि डु डे डो 

यो साता तपाईलो चिताएका र आटेका शुभ र राम्रा कामहरु सहजै संपादन हुनेछन। सामाजिक क्षेत्रका काममा तपाईलाई सफलता मिल्नेछ। नयॅा सवारी साधन खरिद गर्ने योग पनी रहेको छ। तपाईबाट छुटेर गएका आफन्त एवं साथी भाईसंग पुनर्मिलन हुने योग रहेको छ। प्रेम र मित्रताको बन्धनको लागि श्रेष्ठ समय रहेको छ। सरकारी निकायबाट अर्थात राज्यबाट मान सम्मान पाईने योग रहेको छ। ३ र ५ शुभ अंक रहेका छन भने क्रिम रंग शुभ रंगमा परेको छ।  भोलानाथ भगवानको आराधना पस्चात गरेका कामले तपाईलाई सफलता उन्मुख गराउने छन।

 

C2E065F7 9DA3 4E06 9E55 9A34A332EA6E

सिंह राशिः- मा मि मु मे मो टा टि टु टे

यो साता तपाईलाई आफ्नो अधिकार प्राप्तिको लागि संघर्ष गर्नुपर्ने छ। तपाईको दैनिक खर्चमा बृद्धिहुने तथा फजुल खर्च बढ्ने योग रहेको छ। कुटनितिक क्षेत्रपनी तपाईको लागी कमजोर रहनेछ। तर साताको मध्यबाट उता भने तपाईका लामो समयदेखि रोकिएका कार्यहरुले पुर्णता पाउने छन। शुभ समाचार सुन्न पाउनुहुनेछ। सामाजिक क्षेत्रबाट राम्रो साथ सहयोग मिल्नेछ। ४ र ८ शुभ अंक रहेका छन भने गुलाबी रंग शुभ रंगमा परेको छ । बिध्नहर्ता गणेश भगवानको आराधना पस्चात गरेका कामले तपाईलाई सफलता उन्मुख गराउनेछन।

 

ADE63758 7FDE 4B5C A8EB 9EBEA3A73A82

कन्या राशिः- टो पा पि पु ष ण ठ पे पो

यो साता तपाईलाई सन्तान सुख प्राप्त हुनेछ। तपाईको लगनसिलताले तपाईका कामहरु अगाडि बढ्नेछन। तपाईका आफ्नै दाजुभाई एवं दिदीबहिनीले तपाईले गरेका काममा साथ सपोर्ट र समर्थन गर्नेछन।  सामाजिक एवं राजनीतिक काममा सफलता मिल्नेछ। कला साहित्य र संगितमा रुचि बढ्नेछ। तपाईले काम गरेर नाम राख्ने समय आएको छ। २ र ६ शुभ अंक रहेका छन भने निलो रंग शुभ रंगमा परेको छ। तपाईका ईष्ट देवताको आराधना पस्चात गरेका कामले तपाईलाई सफलता उन्मुख गराउनेछन।

 

5270EBBF 03AD 4605 9CD1 2790EA165C5A

तुला राशिः- रा रि रु रे रो ता ति तु ते

यो साता तपाईलाई शैक्षिक क्षेत्रको राम्रो प्रगती हुनेछ।बिपरित लिङ्ग प्रती आकर्षण बढ्नेछ। प्रेम र मित्रताको बन्धन कस्नको लागि उत्तम समय आएको छ। सामाजिक र राजनीतिक कार्यमा रुचि बढ्नेछ। पढाई लेखाईमा पनी राम्रो प्रगती हुनेछ।नियम कानुनको ख्याल गरेर अगाडि बढेमा राम्रो अवसरहरु प्राप्त गर्ने योग रहेको छ। ३ र ८ शुभ अंक रहेका छन भने बैजनी रंग शुभ रंगमा परेको छ। पितृहरुको आराधना पस्चात गरेका कामले तपाईलाई सफलता उन्मुख गराउनेछन।

 

4B79A69F 4834 42BB 86D8 66C044CBC56E

वृश्चिक राशिः- तो ना नी नु ने नो या यि यु

यो साता तपाईलाई मांगलिक कार्यको योग रहेको छ। तपाईले आटे चिताएका शुभ र राम्रा कार्यहरु पुरा हुनेछन। लगानी गर्ने सोचमा हुनुहुन्छ भने शेयर बजारको लगानीले राम्रो मुनाफा दिनेछ। आरामदायी र लाभ दायक यात्राको योग रहेको छ। सन्तान सुख मिल्ने योग रहेको छ। तर साताको उत्तरार्धमा भने तपाईको स्वास्थ्यमा गडबढि आउने योग रगेको छ। बाटो काट्दा वा यात्रा गर्दा निकै साबधानी अपनाउनुहोला।  खानपानमा निकै ध्यान दिनुहोला। ५ र ९ शुभ अंक रहेका छन भने रातो रंग शुभ रंगमा परेको छ। पवनपुत्र हनुमानको आराधना पस्चात गरेका कामले तपाईलाई सफलता उन्मुख गराउने छन।

 

0A8BCA82 414D 4986 ADFE 4FC30AB5827C

धनु राशिः- ये यो भा भि भु धा फा ढा भे

यो साता तपाईलाई कुनै पनी मुद्धा मामिलामा पर्नुभएको छ भने तपाईको पक्षमा फैसला हुनेछ। नयॅा कामको थालनी गर्न उत्तम समय रहेको छ।सामाजिक एवं धार्मिक कार्यमा रुचि बढ्नेछ। दैनिक गरिने कार्यमा पनी तपाईको निकै प्रगती हुनेछ। मध्य साताबाट भने तपाईमा अल्छिपनाले बास गर्नेछ। तपाईको खर्चमा बृद्धिहुने छ। मनमा नैरास्यता बढ्नेछ। २ र ६ शुभ अंक रहेका छन भने पहेलो रंग शुभ रंगमा परेको छ। तपाईका माता पिताको आशिर्बाद लिएर गरेका कामले तपाईलाई सफलता उन्मुख गराउनेछन।

 

74F8ADE1 B89F 4060 AB00 ED174C539A48

मकर राशिः- भो जा जि जु जे जो ख खि खु खे गे गो गा गि

यो साता तपाईलाई व्यवसायीक यात्राको योग रहेको छ। तपाईमा जोस जागर र हिम्मत बढेर जानेछ। महिला मित्रहरुको राम्रो साथ सहयोग मिल्नेछ। काम गरेर तन र मन थाक्ने छैन। तर साताको उत्तरार्ध बाट भने तपाईको व्यापार व्यवसायमा बाधा उत्पन्न हुनेछ। तपाईलाई घर व्यवहारको कामले सताउनेछ। आर्थिक हैरानी वेहोर्नुपर्ला । ६ र ७ शुभ अंक हुन भने हरियो रंग शुभ रंगमा परेको छ। नव ग्रहको आराधना पस्चात गरेका कामले तपाईलाई सफलता उन्मुख गराउनेछन।

 

6210C06B 5597 4051 95C6 56DBDC566971

कुम्भ राशिः- गु गे गो सा सि सु से सो द

यो साता तपाईलाई मनमा हर्ष उमंग र उत्साह छाउने छ। लामो समय देखि रोकिएका कामहरुलाई दोहोर्याएर प्रयत्न गर्दा सफलता हाल पर्न सकिने छ। प्रेम प्रसंगका लागि श्रेष्ठ समय रहेको छ। एउटा कामबाट दोहोरो फाईदा लिन सकिने छ।प्रणय प्रसंगका लागि पनी उत्तम समय रहेको छ। तर साताको उत्तरार्धमा भने तपाईको सामान हराउने अथवा चोरीहुने योग रहेको छ। व्यस्तता पनी बढेर जानेछ। कुनै पनी कामलाई संपादन गर्न समस्या देखा पर्ने छ। ३ र ७ शुभ अंक रहेका छन भने पर्पल रंग शुभ रंगमा परेको छ। दक्षिणकालीमाताको आराधना पस्चात गरेका कामले तपाईलाई सफलता उन्मुख गराउनेछन।

 

00C28400 35D3 47F5 B5B7 9C64B8FA69A4

मीन राशिः- दि दु थ झ ञ दे दो चा चि

यो साता तपाईलाई शैक्षिक प्रगती हुनुको साथै शैक्षिक भ्रमणको योग पनी रहेको छ।  तपाईको घरमा अतिथीको आगमन हुनेछ। धार्मिक यात्राको योग पनी रहेको छ। आदर्श व्याक्तिसंगको सहकार्यले तपाईलाई नयॅा ज्ञान र अनुभव मिल्नेछ। तर साताको मध्यवाट भने घरायसी झै झमेलामा परिनेछ। आफुलाई कमजोर भएको महसुस हुनेछ। १ र ५ शुभ अंक रहेका छन भने नीलो रंग शुभ रंगमा परेको छ। तपाईका आदर्श व्याक्तिको आशिर्वाद लिएर गकेका कामले तपाईलाई सफलता उन्मुख गराउनेछन।

राशिफलमा जे जस्तो फलित गरेता पनी तपाई आफ्नो कर्ममा बिश्वास गरेर अगाडि बढेमा अवस्य सफलता तपाईको साथमा आउनेछ।

यो साता तपाईको शुभ रहोस

जयतु संस्कृतम जयतु सनातनम हरि ॐ


Translate »