फलित ज्योतिष :- नारायण भण्डारी
मेष राशि :- चु चे चो ला लि लु ले लो अ
यो साता तपाईको मनमा द्विविधा उत्पन्न हुन सक्ने योग रहेको छ । समयको ख्याल नगर्दा आइलागेका अवसाहरु गुम्न सक्नेछन । तर साताको मध्यवाट भने आदर्श व्याक्ति संगको सहकार्यले नयाँ अनुभव प्राप्त हुनेछ। सास्कृतिक एंव धार्मिक कार्यहरुमा रुचि बढ्ने योग रहेको छ । परिवारमा रमाईलो र खुसिको वातावरण बन्नेछ । शुभ अंक ५ र ९ हुन भने खैरो रंग शुभरंगमा परेको छ । भगवान नारायणको आराधना पश्चात गरेका कामले तपाईलाई सफलता दिलाउने छन ।
वृष राशि :- इ उ ए ओ वा वि वु वे वो
यो साता तपाईको रमाईलो र लाभदायक यात्रा हुने योग रहेको छ । प्रेमको लागि उत्तम समय रहेको छ । तपाईले चिताएका शुभ कार्यले तीव्रता लिनेछन । नयाँ कामवाट राम्रो प्रतिफल प्राप्त हुनेछ । अचल सम्पत्ति हातपार्ने योग रहेको छ । भाग्यले विभिन्न अवसर हरु दिलाउने छ । दाम्पत्य जीवन सुखमय साथ अगाडी बढ्ने छ । १ र २ शुभ अंक रहेका छन भने घिउरंग शुभरंग रहेको छ । भैरबनाथ भगवानको आराधना पश्चात गरेका कामले सफलता दिलाउने छन ।
मिथुन राशि :- का कि कु घ ङ छ के को ह
यो साता तपाईलाई नयाँ काम वा रोजगार प्राप्त हुनेछ । नजिकका साथीभाईको साथ सहयोगले तपाईको महत्वपूर्ण कार्य संपादन गर्न सक्नुहुनेछ । यात्राको संभावना रहेको छ । विशिष्ट व्याक्तिहरुले तपाईलाई साथ सहयोग दिनेछन । तपाईको लगनशिलताले तपाईलाई अझ उचाईमा पुर्याउने छ । घर परिवारको राम्रो साथ समर्थन मिल्ने छ । ६ र ९ शुभअंक हुन भने हरियो रंग शुभरंग रहेको छ । भगवान भोलेनाथको आराधना पश्चात गरेका कामले अत्याधिक लाभ गराउने छन ।
कर्कट राशि :- हि हु हे हो डा डि डु डे डो
यो साता तपाईको छोटो तर लाभदायक यात्रा हुने योग रहेको छ । नयाँ ठाउमा गरेको लगानीले तपाईलाई राम्रो प्रतिफल दिलाउने छ । आकस्मिक यात्राको योग पनि रहेको छ । अतिथीको रुपमा आमन्त्रित भएर समान पाउन सक्ने योग रहेको छ । सजिलै अरुको विश्वास जित्न सक्नुहुनेछ । ५ र ९ शुभ अंक रहेका छन भने कलेजी रंग शुभरंगमा परेको छ। हनुमानजीको आराधना पश्चात गरेका कामहरूले तपाईलाई वढ सफलता दिलाउने छन ।
सिंह राशि :- मा मि मु मे मो टा टि टु टे
यो साता यात्रामा निकै सावधानी अपनाउनुहोला । कमको सिलसिलामा निकै दौडधुप गर्नुपर्छ । तपाईको मनमा संका एवं चिन्ता युक्त हुनेछ । तर मध्य सातावाट भने तपाईको मेहनतको फल प्राप्त हुनेछ । नयाँ नयाँ अवसर आउनाले तपाईको मन प्रसन्न हुनेछ । विद्या र बुद्धिको राम्रो विकाश हुनेछ । ४ र ७ शुभ अंक रहेका छन भने गुलावि रंगको रातो रंग शुभ रंगमा परेको छ । विष्णु भगवानलाई स्मरण वा आराधना पश्चात गरेका कामहरूले वढि लाभ गराउने छन ।
कन्या राशि :- टो पा पि पु ष ण ठ पे पो
यो साता तपाईलाई गोप्य तरिकाले गरेका कामले वढि सफलता दिलाउने छन । परोपकार र सामाजिक क्षेत्रको काममा रुचि बढ्ने छ । आकश्मिक धनलाभ हुनेछ। खर्चगर्दा निकै सोचविचार गरेर अत्यावश्यक सामग्रीको मात्र खरिद गर्नुहोला । सामान हराउने योगपनि रहेको छ । २ र ९ शुभ अंक रहेका छन भने पहेलो रंग तपाईलाई शुभ रंगमा परेको छ । तपाईका पितृहरूको स्मरणगरी गरेका कार्यले तपाईलाई बढी फाईदा दिलाउने छन ।
तुला राशि :- रा रि रु रे रो ता ति तु ते
यो साता तपाईको रमाईलो हासखेल र मनोरंजनमा नै समय व्यतित हुनेछ । रमाईलो यात्राको योग पनि रहेको छ । परिवारको राम्रो साथ सर्पोट मिल्नेछ र तपाईले उल्लेख्य कार्य सम्पादन गर्न सक्नुहुनेछ । तर स्वास्थ को वारेम भने निकै सावधानी अपनाउनु होला अन्यथा स्वास्थ्यमा गडवढ आउनसक्नेछ । १ र ६ शुभअंक रहेका छन भने निलो रंग शुभरंगमा परेको छ । कार्यशिद्वि विनायक गणेश भगवानको आराधना पश्चात गरेका कामले तपाईलाई वढि सफलता दिलाउने छन ।
वृश्चिक राशि :- तो ना नि नु ने नो या यि यु
यो साता तपाईको मनमा हर्ष उमंग र उत्साह छाउने योग रहेको छ । तपाईका आफन्तसंग रमाईलो आनन्ददायी भेटघाट हुनेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । तपाईको लगानीले दीर्घकालीन फाइदा दिलाउने छ । सही समयमा सहि निर्णय लिनसकेमा तपाईलाई निकै फाइदा हुनेछ । २ र ९ २ शुभ अंक रहेका छन भने सेतो रंग शुभ रंगमा परेको छ । नवग्रहको स्मरण पश्चात गरेका कामले तपाईलाई बढि सफलता दिलाउने छन ।
धनु राशि :- ये यो भा भि भु धा फा ढा भे
यो साता तपाईका विरोधीहरू तपाईंको काम विगार्न वा काममा अवरोध सृजना गर्न लागि पर्ने छन सावधानिका साथ अगाडी बढनु होला । अनावश्यक र दैनिक खर्चमा समेत वृद्धि हुनेछ । तर साताको मध्यवाट भने रमाईलो मात्राको योग रहेको छ । राजनैतिक एवं सामाजिक कार्यमा सफलता हातलाग्ने छ । ३ र ७ शुभ अंक रहेका छन भने रातो रंग शुभ रंगमा परेक छ । तपाईका इष्टदेवतालाई स्माण गरी गरेका कामले तपाईलाई वढि फाइदा दिनेछन ।
मकर राशि :- भो जा जि जु जे जो ख खि खु खे खो गा गि
यो साता नयाँ व्यवसायीक कार्य योजना बन्नेछन । देवि देवताका मठमन्दिरहरुमा भ्रमण गर्नाले तपाईको सरिरमा वढि उर्जा मिल्नेछ। समाजसेवा एवं परोपकारको काममा रुचि बढनेछ । तर साताको उत्तरार्धमा भने घर व्यवहारको कामले सताउने छ । व्यापार व्यवसायमा वाधा उत्पन्न हुनसक्ने योग रहेको छ । मनमा नैराश्यता छाउन सक्ने छ । ३ र ८ शुभ अंक रहेका छन भने कालो रंग शुभ रंगमा परेको छ । माता दक्षिणकालिको आराधना पश्चात गरेका कार्यले तपाईलाई वढि लाभ दिलाउने छन ।
कुम्भ राशि :- गु गे गो सा सि सु से सो द
यो साता आफ्नो परिवारवाट छुट्टिएर टाढारहेका प्रदेशी संग पुर्नमिलन हुनेछ र घरमा रमाईलो वातावरण बन्नेछ । मनमा प्रसन्नता छाउने छ । सामाजिक एवं धार्मिक कार्यमा रुचि बढ्नेछ । आफन्तहरुको राम्रो साथ सहयोग मिल्नेछ । जिवनमा थप हैसला र जोस जागर बढेको महसुस हुनेछ । २ र ६ शुभ अंक हुन भने ध्वासे रंग शुभ रंगमा परेको छ । शिवजीको आराधना पश्चात गरेका कामहरुले तपाईलाई वढि सफलता दिलाउने छन ।
मीन राशि :- दि दु थ झ ञ दे दो चा चि
यो साता तपाईले काम गरिरहेको ठाउमा अथवा क्षेत्रमा आफ्नो प्रभुत्व जमाउन सक्नुहुनेछ । धार्मिक महत्वका क्षेत्रहरूको भ्रमण हुनसक्ने योग रहेको छ । लामो समयदेखि रोकिएका अधुराकामले पूर्णता पाउने योग रहेको छ । परोपकार २ सामाजिक कार्यका क्षेत्रमा लगानी गर्नपर्ने वेला आएको छ । अकस्मात यात्राको योजना पनि वन्न सक्नेछ । २ र ५ शुभ अंक हुन भने सुन्तला रंग शुभ रंगमा परेको छ । माता वंगलामुखीको आराधना पश्चात गरेका कामले वढि सफलता दिलाउने छन ।
यो साता तपाईको शुभ रहोस
जयतु संस्कृतम जयतु सनातनम हरि ओम