साप्ताहिक राशिफल ०६ कार्तिक देखि १२ कार्तिक २०७८ सम्मको


AD146B25 777E 4E80 8A18 775731DAFFA6

फलित ज्योतिष :- नारायण भण्डारी

मेष राशि :-  चु चेचो ला लि लु ले लो अ

यो साता तपाईलाई धन आर्जनका नयाँ नयाँ श्रोतहरू पत्ता लाग्ने छन । रमाईलो  र  सुखद यात्राको योग रहेको छ । तपाईले यो साता गरेको लगानीले राम्रो प्रतिफल दिनेछ । नयाँ साथीभाई बनाउन सक्नुहुनेछ । साथीभाईको राम्रो साथ सहयोग मिल्ने छ र उल्लेख्य कामहरू संपादन गर्न सक्नुहुनेछ । दाम्पत्य जीवन आनन्दका साथ अगाडी बढ्नेछ । २ र ५ शुभ अंक २ रहेका छन् भने रातो रंग शुभरंग मा परेको छ । शिव भगवानको ध्यान र आरधना पश्चात गरेका कामले वढि सफलता दिलाउने छन ।

B92FF335 C8B1 4A44 8D1A 795A535C876B

 

वृष राशि :  इ उ ए ओ वा वि वु वे वो

यो साता तपाईको मनमा हर्ष उमंग र उत्साह बढेर जानेछ । शैक्षिक क्षेत्रमा निकै प्रगति हुनेछ । प्रेममा सफलता प्राप्तगर्न सक्नुहुने छ । तपाईलाई मनपर्ने उपहारहरू प्राप्त गर्ने योगपनि रहेको छ । बैदेशिक क्षेत्रको काम गर्दै हुनुहुन्छ भने काममा सफलता मिल्नेछ । विशिष्ट व्यक्तिको सहयोग प्राप्तगर्न सक्हुने छ । २ र ६ शुभअंक रहेका छन भने सेतो रंग शुभरंगमा परेक छ ।  पवनपुत्र हनुमानको आराधना पश्चात गरेका कामले तपाईलाई लाभ दिलाउने छन ।

5E456FF6 2C89 42E9 AB9A D3BDBD7F5F70

मिथुन राशि :-  का कि कु घ ङ छ के को ह

यो साता तपाईलाई आर्थिक संकट पर्ने योग रहेको छ खर्च गर्दा निकै सावधानी अपनाउनुपर्छ । तपाईका साथीभाईले तपाईका खुट्टा तान्नेछन । मालसामन हाराउने तथा चोरीहुने योग रहेको छ । तपाईको वोलिको बिपरित अर्थ लगाउने छन सतर्क रहनुहोला । तर साताको उत्तरार्धमा भने तपाईवाट टाढिएका मित्रसँग मिलन हुनेछ । शुभ यात्राको योग पनि रहेको छ । ६ र ८ शुभ अंक रहेका छनभने गुलावी रातोरंग शुभरंगमा परेको छ । पशुपतिनाथ भगवानको आरधना पश्चात गरेका कामले तपाईलाई लाभ दिलाउने छन ।

 

6DBF53EC F9B9 4B2C 8D33 EF84F53081B1

कर्कर राशि :- हि हु हे हो डा डि डु डे डो 

यो साता तपाईको व्यापर व्यवसायवाट राम्रो आम्दानी हुनेछ । राजनीतिक कार्यवाट पनि तपाईलाई राम्रो सफलता मिल्नेछ । भाग्यले तपाईंलाई विभिन्न किसिमका अवसरहरू सिर्जना गर्ने छ । भाई वन्धुवाट विशेष सहयोग प्राप्त हुनेछ । तपाईको घरमा अतिथीको आगमन हुनेछ । धार्मिक कार्यमा रुचि बढने छ ।४ र ७ शुभ अंक रहेका छन भने पहेलो रंग  शुभरंगमा परेको छ । लक्ष्मि माताको आराधना पश्चात गरेका कामले तपाईलाई सफलता दिलाउने छन ।

 

C2E065F7 9DA3 4E06 9E55 9A34A332EA6E

सिंह राशि :-  मा मि मु मे मो टा टि टु टे

यो साता तपाईको धर्मकर्म तथा सामाजीक कार्यमा रुचि बढनेछ । मनमा शान्ति मिल्नेछ । तपाईका आफन्तहरूसंग रमाईलो भेटघाट हुने योग पनि रहेको छ । तपाईको लगानीले दीर्घकालीन फाईदा दिलाउने छ । मानसम्मन तथा पदोन्नतीको योग रहेको छ । प्रेममा सुमधुर समय आउनेछ । ४ र ८ शुभ अंक रहेका छन भने हरियो रंग शुभरंगमा परेको छ । भगवान नारायणको आराधना पश्चात गरेका कामले तपाईलाई सफलता दिलाउने छन ।

 

ADE63758 7FDE 4B5C A8EB 9EBEA3A73A82

कन्या राशि :-  टो पा पि पु ष ण ठ पे पो

यो साता तपाईको रमाईलो र सुखद यात्राको योग रहेको छ ।  शैक्षिक क्षेत्रमा राम्रो सफलता मिल्ने छ । तपाईलाई विशेष किसिमको जिम्मेवारि प्राप्त हुनेछ । तपाईवाट छुट्टएका साथीभाई संग पुर्नमिलन हुनेछ । प्रेमप्रसंग का लागी उत्तम समय रहेको छ ।१ र२ शुभ अंक रहेका छन भने सेतो रंग शुभ रंगमा परेको छ । कार्य सिद्धि विनायक गणेश भगवानको आरधना पश्चात गरेका कामले तपाईलाई सफलता दिलाउने छन ।

 

5270EBBF 03AD 4605 9CD1 2790EA165C5A

तुला राशि :- रा रि रु रे रो ता ति तु ते

यो साता तपाईको कलभगडा हुनसक्ने योग रहेकोले कसैसंग वोल्दा वा ठट्टागर्दा निकै सावधानि अपनाउनु होला । तपाईको लगानी फस्ने वा डुब्ने डर रहेकोले लगानी नगर्दा नै उत्तम हुनेछ । तपाईको सानो हेल्चेक्र्याईले तपाईलाई नोक्सानी बेहेर्न पर्ने योग रहेको छ । तर साताको मध्यवाट भने उपहार प्राप्त गर्ने योग रहेको छ । साथीभाईसंग सुखद मिलन पनि हुनेछ । तपाईको वाकपटुताले तपाईलाई काममा सफलता दिलाउने छ । ३ र ७ शुभ अंक रहेका छन भने हल्का रातो रंग शुभरंगमा परेको छ । भैरवनाथ भगवानको आरधना पश्चात गरेका कामले तपाईलाई सफलता दिलाउने छन ।

 

4B79A69F 4834 42BB 86D8 66C044CBC56E

वृश्चिक राशि :- तो ना नि नु ने नो या यि यु

यो साता तपाईको बैदेशिक क्षेत्रको काममा सफलता मिल्नेछ । रोकिएका कामहरुलई पुनः दोहोर्‍याएर प्रयत्न गर्दा तपाईलाई सफलता प्राप्त हुनेछ । भौतिक सुखसविधा का सामानहरू खरिद तथा विक्रको लागि उत्तम समय रहेको छ । आफ्नो मन दह्रो बनाएर गरेका कामले फाइदा दिलाउने छन । धन खर्चगर्द निकै सोच विचार गरेर गर्नहोला । ५ र ६ शुभअंक रहेका छन भने खैरो रंग शुभरंगमा परेको छ । तपाईका पितृको स्माण पश्चात गरेका कामले तपाईलाई बढि सफलता दिलाउने छन ।

 

0A8BCA82 414D 4986 ADFE 4FC30AB5827C

धनु राशि :-  ये यो भा भि भु धा फा ढा भे

यो साता तपाईले नसोचेको ठाउवाट धन प्राप्त हुनेछ । तपाईका आफन्तको सहयोगले कामहरू सफलतातिर आगाडी बढने छन । रमाईलो र सुखद यात्राको योगपनि रहेको छ । तपाईले गरेको लगानीले दीर्घकालीन फाईदा दिलाउने छ । शुभ कर्यको चर्चापनि चल्ने योग रहेकोछ । कला साहित्य एवं संगितमा रुचि बढ्ने छ । २ र ९ शुभ अंक रहेका छन भने सुन्तला रंग शुभ रंगमा परेको छ । नवग्रहको स्मरण पश्चात गरेका कामले तपाईलाई सफलता दिलाउने छन।

 

74F8ADE1 B89F 4060 AB00 ED174C539A48

मकर राशि :-  भो जा जि जु जेजो खखि खु खे खो गा गि

यो साता तपाईलाई विशिष्ट व्यक्तिको सहयोग प्राप्त हुनेछ । प्रेममा सफलता प्राप्त हुनेछ । परिवारका सदस्यहरुको राम्रो साथ सहयोग प्रात हुनेछ । तपाईका इच्छा आकांक्षा पूरा हुने समय आएको छ । साथीभाइसंग भेटघाट एवं रमाईलो वातावरण श्रृजना हुनेछ । तपाईको मनमिल्न साथीको सहगले तपाईले कार्य सम्पादन गर्न सक्नु हुनेछ । ४ र ७ शुभअंक रहेका छन भने कम रंगको रंग शुभरंगमा परेको छ । माता पिताको आशिर्वाद लिएर गरेका कामले तपाईलाई सफलता दिलाउने छन ।

 

6210C06B 5597 4051 95C6 56DBDC566971

कुम्भ राशि :-  गु गे गो सा सि सु से सो द

यो साता शैक्षिक क्षेत्रमा राम्रो प्रगति हुनुको साथै नयाँ काम पाईने योग पनि रहेको छ । छोटो दुरिको तर लाभदायक यात्राको योग रहेको छ । धार्मिक एवं सास्कृतिक कार्यक्रमहरूमा सरिक हुने अवसर प्राप्त हुनेछ । तर साताको मध्यवाट भने नजिकका साथीभाइ संग बादविवादमा पर्न सकिने छ । आफुलाई कमजोर भएको महसुस गर्नुहुने छ । १ र ८ शुभअंक हुन भने निलो रंग शुभ रंगमा परेको छ । भगवान विष्णुको स्मरण पश्चात गरेका कामले तपाईलाई सफलता दिलाउने छ ।

 

00C28400 35D3 47F5 B5B7 9C64B8FA69A4

मीन राशि :-  दि दु थ झ ञ दे दो चा चि

यो साता तपाईलाई लगानीको अवसर प्राप्त हुनेछ । पुजी लगानी गरी मनग्य आन्दानी प्राप्त गर्न समहुनेछ । लामो समयदेखि रोकिएका कामहरुलाई दोहोर्याएर प्रयत्न गर्नुहोला अवस्य सफलता मिल्ने छ । तपाईको आफ्नै बुद्धि विवेकले विभिन्न कार्यहरु संपादन गर्न सक्नुहुनेछ । खर्चगर्दा निकै सोचविचार गरेर गर्नुहोला । २ र ६ शुभ अंक रहेका छन भने घ्यु रंग शुभरंगमा परेको छ । इष्ट देवताको आराधना पश्चात गरेका कामले तपाईलाई सफलता दिलाउने छन ।

तपाईको यो सात शुभ रहोस

जयतु संस्कृतम् जयतु सनातनम हरि ओम


Translate »