साप्ताहिक राशिफल भाद्र २५ गतेदेखि भाद्र ३१ गते २०७९ साल सम्मको


फलित ज्योतिषः- नारायण भण्डारी

AD146B25 777E 4E80 8A18 775731DAFFA6

मेष रशिः- चु चे चो ला लि लु ले लो अ

यो साता तपाईलाई नसोचेको ठाउबाट आकस्मिकरुपमा धनपैसा प्राप्तिको योग रहेकोछ। प्रेमी जिवन सवल बन्दै जानेछ। तपाईवाट छुटेर गएकाहरुसंग पूनर्मिलनको योग रहेकोछ। भौतिक सुख सुविधा प्राप्त हुनेछ। पृथक पृथक आम्दानिका श्रोतहरु बढ्नेछन। रमणिय र सुखद यात्राको योग रहेको छ। वित्तिय संघसंस्थाहरुवाट साथ सहयोग प्राप्त हुनेछ।  ३ र ७ शुभ अंक रहेका छन भने हरियो रंग शुभ रंगमा परेकोछ। लक्ष्मिमाताको आराधना पस्चात गरेका कार्यले तपाईलाई सफलता दिलाउनेछन।

 

B92FF335 C8B1 4A44 8D1A 795A535C876B

वृष राशिः- इ उ ए ओ वा वि वु वे वो

यो साता प्रणय प्रसंगका लागि उत्तम समय रहेकोछ। लामो समयदेखि रोकिएका अधुरा कामहरुलाई पूनः दोहोर्याएर प्रयत्न गर्दा कार्य सिद्धि हुने योग रहेको छ। सहि समयमा सहि निर्णय पनि लिन सक्नु हुनेछ। तर साताको उत्तरार्धमा भने तपाईको माल सामान हराउने वा चोरीहुने योग रगेको छ निकै सतर्कताका साथ रहनुहोला। तपाईका परिवारका आदर्श व्याक्तिहरुको स्वास्थ्यमा गडबढि आउने योग रहेको छ। तपाईमा व्यस्तता बढ्नेछ। थकान र जिम्मेबारी बढेको महसुस गर्नुहुनेछ। ४ र ९ शुभ अंक रहेका छन भने रातो रंग शुभ रंगमा परेकोछ। भैरवनाथ भगवानको आराधना पस्चात गरेका कार्यले तपाईलाई सफलता दिलाउनेछ।

5E456FF6 2C89 42E9 AB9A D3BDBD7F5F70

मिथुन राशिः- का कि कु घ ङ छ के को ह

यो साता तपाईका कुटनीतिक कार्यहरु सहज रुपमा अगाडि बढ्नेछन ।  तपाईका सहोदर दाजुभाई दिदी बहिनीहरुको याथ समर्थन पाउनुहुनेछ। उपहारको रुपमा श्रृगारका सामानहरु र वस्त्रालंकारहरु प्राप्तिको योग रहेकोछ। शैक्षिक क्षेत्रको राम्रो प्रगती हुनेछ। तर साताको उत्तरार्धमा भने विभिन्न किसिमका चुनौतीहरुको सामना र मुकाविला गर्नुपर्ने योग रहेकोछ। अनावस्यक ठाउमा धन खर्च हुनेछ। मनमा नैरास्यता छाउनेछ।  ६ र ९ शुभ अंक रहेका छन भने पहेलो रंग शुभ रंगमा परेकोछ। कृष्ण भगवानको आराधना पस्चात गरेका कार्यहरुले तपाईलाई सफलता दिलाउनेछ।

 

6DBF53EC F9B9 4B2C 8D33 EF84F53081B1

कर्कट राशि ः- हि हु हे हो डा डि डु डे डो

यो साताको सुरुवाती दिनहरुमा तपाईमा निर्णय क्षमतामा कमि आउनेछ। प्रेममा खटपट आउने तथा बाधा अर्चनहरु आउन सक्नेछन। तपाईको मन अलि भावुक बन्ने योग रहेको छ। खर्चमा बढोत्तरी हुनेछ निकै विचार गरेर अत्यावस्यक वस्तुमा मात्र खर्च गर्नुहोला । तर मध्य साताबाट भने तपाईका मनमिल्ने साथिभाई संगको भेटघाटले मन प्रसन्न हुनेछ। तपाईलाई नयॅा प्रेम प्रस्ताव समेत आउन सक्ने योग रहेकोछ। तपाईको मनमा हर्ष, उमंग र उत्साह बढेर जानेछ।  १ र ५  शुभ अंक रहेका छन भने गुलावी रंग शुभ रंगमा परेकोछ। नारायण भगवानको आराधना पस्चात गरेका कार्यहरुले तपाइलाई सफलता दिलाउनेछन।

 

C2E065F7 9DA3 4E06 9E55 9A34A332EA6E

सिंह राशिः- मा मि मु मे मो टा टि टु टे

यो साता तपाईलाई बिभिन्न सांगितिक कार्यक्रमहरु भएको ठाउमा सहभागि भएर मनोरञ्जन प्राप्तगर्ने योग रहेकोछ। तपाईका शत्रुहरु परास्त भएर जानेछन। तपाईको पद प्रतिष्ठा बढ्नुको साथै पदोन्नतिको प्रवल संभावना रहेकोछ। तपाईवाट छुटेर गएका आफन्त एवं साथीभाई संग पूनर्मिलनको योग रहेकोछ। धनआर्जनका नयॅा नयॅा श्रोतहरु देखापर्नेछन। बैदेशिक कार्यहरुवाट लाभ मिल्नेछ।  ३ र ५ शुभ अंक रहेका छन भने घिउ रंग शुभ रंगमा परेकोछ। माता वंगलामुखीको आराधना पस्चात गरेका कार्यले तपाईलाई सफलता दिलाउनेछन।

 

ADE63758 7FDE 4B5C A8EB 9EBEA3A73A82

कन्या राशिः- टो पा पि पु ष ण ठ पे पो

यो साता तपाईलाई नसोचेको ठाउबाट धनागमन हुनेछ। तपाईले आटेताकेका शुभ र राम्रा कामहरु तिब्र गतिमा अगाडि बढ्नेछन। तपाईभित्र लुकेको प्रतिभालाई प्रस्फुटन गर्ने वा देखाउने उचित अवसर प्राप्त गर्नुहुनेछ। तपाईका विस्वास पात्रहरुले तपाईलाई साथ सपोर्ट गर्नेछन । तपाईका आफन्तहरुको राम्रो साथ समर्थन प्राप्त गर्नुहुनेछ। रमाईलो र सुखद यात्राको पनी योग रहेकोछ।  ४ र ६ शुभ अंक रहेका छन भने सुन्तला रंग शुभ रंगमा परेको छ। नव ग्रहहरुको आराधना पस्चात गरेका कार्यहरुले तपाईलाई सफलता दिलाउनेछन।

 

5270EBBF 03AD 4605 9CD1 2790EA165C5A

तुला राशिः- रा रि रु रे रो ता ति तु ते

यो साता तपाईले भौतिक सुख सुविधाका साधनहरु खरिद विक्रि गर्ने र सुख सुविधा भोग गर्ने योग रहेको छ। शैक्षिक क्षेत्रको राम्रो प्रगती हुनेछ। पारिवारिक वातावरण पनि रमाईलो र सुमधुर हुनेछ। तपाईकोआफ्नै बुद्धिबिबेकमा गरिएका कार्यहरुबाट तपाईलाई राम्रो लाभ मिल्नेछ। तपाईको मन प्रसन्न हुनुको साथै मुहारमा चमकता पनि बढ्नेछ।  २ र ७ शुभ अंक रहेका छन भने सेतो रंग शुभ रंगमा परेकोछ। विष्णु भगवानको आराधना पस्चात गरेका कार्यहरुले तपाईलाई सफलता दिलाउनेछन।

 

4B79A69F 4834 42BB 86D8 66C044CBC56E

वृश्चिक राशिः- तो ना नि नु ने नो या यि यु

यो साताको सुरुवाती दिनहरुमा तपाईले गरेका दैनिक कार्यहरुमा पनि बाधा अर्चनहरु आउने छन। मन द्विविधामा पर्नेछ। बैदेशिक क्षेत्रका काममा पनि ढिलासुस्ती हुनेछन। तर साताको मध्यबाट भने व्यवसायिक प्रयोजनको लागि तपाईका आदर्श व्याक्तिहरुसंग सहकार्य गर्नाले तपाईमा नयॅा अनुभव एवं ज्ञान बढ्नेछ। आकस्मिक यात्राको योग रहेकोछ। मनमा आनन्द प्राप्त हुनेछ। तपाईमा जिम्मेबारी बहन गर्नसक्ने क्षमतामा वृद्धि हुनेछ। ३ र ९ शुभ अंक रहेका छन भने बैजनी रंग शुभ रंगमा परेकोछ। तपाईका ईष्ट देवताको आराधना पस्चात गरेका कार्यले तपाईलाई सफलता दिलाउनेछ।

 

0A8BCA82 414D 4986 ADFE 4FC30AB5827C

धनु राशिः- ये यो भा भि भु धा फा ढा भे

यो साता तपाईले शुभ समाचार सुन्न पाउनुहुनेछ। मनमा ठूलै उत्साह उमंग मिल्नेछ भने सरिरमा जोसजागर बढेर जानेछ। धन आर्जनका नयॅा नयॅा श्रोतहरु देखा पर्नेछन। आकस्मिक रुपमा यात्रा हुने योग समेत रहेकोछ। तर साताको उत्तरार्धमा भने तपाईको आर्थिक कारोवारमा मन्दिको सामना गर्नुपर्नेछ।  सामान हराउने वा चोरीहुनसक्ने योग रहेको छ निकै सतर्कताका साथ रहनुहोला। मनमा नैरास्यता छाउनेछ।  ४ र  ८ शुभ अंक रहेका छन भने आकासे निलो रंग शुभ रंगमा परेको छ। भगवान भोलानाथको आराधना पस्चात गरेका कार्यले तपाईलाई सफलता दिलाउनेछन।

 

74F8ADE1 B89F 4060 AB00 ED174C539A48

मकर राशिः- भो जा जि जु जे जो ख खि खु खे खो गा गि

यो साता तपाईलाई परिश्रम अनुसारको फल हातलाग्नेछ। बैदेशिक कार्यहरुबाट सफलता प्राप्त गर्नुहुनेछ। तपाईबाट छुटेका पुराना साथीभाई संग पूनर्मिलनको योग रहेकोछ। तर साताको मध्यबाट भने तपाईको नियमित खर्च बढ्नेछ। सरकारी पक्षबाट तपाईलाई भय रहनेछ। नियम कानुनहरुको ख्याल गरेर अगाडि बढ्नुहोला। ५ र ९ शुभ अंक रहेका छन भने प्याजी रंग शुभ रंगमा परेको छ। माता पिताको आशिर्बाद लिएर गरेका कार्यहरुले तपाईलाई सफलता दिलाउनेछन।

 

6210C06B 5597 4051 95C6 56DBDC566971
कुम्भ राशिः- गु गे गो सा सि सु से सो द

यो साता तपाइको परोपकारका काम र सामाजिक कार्यहरुमा समय व्यतित हुनेछ। शैक्षिक क्षेत्रको राम्रो प्रगती एवं सफलता प्राप्त हुनेछ। भाग्यले बिभिन्न अवसरहरु जुराउनेछ। तपाईका आदर्श व्याक्तिहरुसंग सहकार्य गर्दा तपाईलाई नयॅा ज्ञान सिक्ने मौका मिल्नेछ।  व्यवसायिक कार्यमा सफलता मिल्नेछ। ३ र ७ शुभ अंक रहेका छन भने गुलाबी रंग शुभ रंगमा परेकोछ। दुर्गा भवानीको आराधना पस्चात गरेका कार्यले तपाईलाई सफलता दिलाउनेछ।

 

00C28400 35D3 47F5 B5B7 9C64B8FA69A4

मिन राशिः- दि दु थ झ ञ दे दो चा चि

यो साताको सुरुवाती दिनहरुमा तपाईका आफन्त एवं परिवारका सदस्यहरु संगको संवन्धमा तिक्तता हुनेछ। व्यर्थैमा बिवाद हुनेछ। मनमा नैरास्यता छाउनेछ। तर साताको मध्यवाट सामाजिक र परोपकारका कार्यहरुमा रुचि बढ्नेछ। शुभ कार्यको चर्चा चल्नेछ।  यात्राको योग रहेकोछ। धार्मिक कार्यमा रुचि बढ्नेछ। व्यवसायिक एवं नोकरीमा प्रगती र उन्नती हुनेछ।  ३ र ८ शुभ अंक रहेका छन भने  हरियो रंग शुभ रंगमा परेको छ। तपाईका पितृहरुको आराधना पस्चात गरेका कार्यहरुले तपाईलाई सफलता दिलाउनेछन।

राशिफलले जे जस्तो फलित गरेता पनि तपाई आफ्नो कर्ममा बिश्वास गरेर अगाडि बढ्नुहोला सफलता तपाईको हातमा हुनेछ।

“यो साता तपाईको शुभ रहोस”

जयतु संस्कृतम जयतु सनातनम हरि ॐ


Translate »