साप्ताहिक राशिफल असोज २ गते देखि ८ असोज २०७८ सम्म


 

AD146B25 777E 4E80 8A18 775731DAFFA6

फलित ज्योतिष :- नारायण भण्डारी

मेष राशि :-  चु चे चो ला लि लु ले लो अ

यो साता तपाई ले काम गरेर नाम राख्ने वेला आएको छ ।  मानव सेवा एवं सामाजिक सेवा गरेवापतको प्रतिफल प्राप्त हुने योग रहेको छ त्यसैले यस्ता कार्यहरुमा निरन्तरता दिनुहोला । प्रेममा मनमुटाव हुनेछ । रमाईलो यात्राको योग रहेको छ । तपाईको मनमिल्ने साथीसंग केहि असमान्य अवस्था श्रृजना हुनेछ । यो साता तपाईको लागि २ र ३ शुभअंक रहेका छन भने घिउ रंग शुभरंगमा परेको छ । माता भगवतिको आराधना पश्चात गरेका कामले तपाईलाई सफलता तिर उन्मुख गराउने छन ।

B92FF335 C8B1 4A44 8D1A 795A535C876B

वृष राशि :-  इ उ ए ओ वा वि वु वे वो

यो साता तपाईलाई सामाजिक एवं धार्मिक क्षेत्रको कार्यमा रुचि बढने छ । रमाईलो एवं सुखद यात्राको योग रहेको छ । तपाईको लगानीले राम्रो प्रतिफल दिनेछ । शुभकार्यको चर्चा चल्नेछ । आर्थिक कारोवारवाट पनि तपाईलाई लाभ हुनेछ । नयाँ काम अथवा रोजगार प्राप्त हुनेछ । बैदेशिक क्षेत्रको कामवाट पनि तपाईलाई सफलता हातलाग्ने छ । यो साता तपाईको लागि ४ र ६ शुभअंक रहेका छन भने निलो रंग शुभरंगमा परेको छ । भैरब नाथ भगवानको आराधना पश्चात गरेका कामले तपाईलाई सफलता तिर उन्मुख गराउने छन ।

5E456FF6 2C89 42E9 AB9A D3BDBD7F5F70

मिथुन राशि :-  का कि कु घ ङ छ के को ह

यो साता तपाईका विरोधीहरू सल्बलाउनेछन काम गर्दा निकै सचेत भएर गर्नहोला । कार्यमा वाधा अथवा अपजस आईलाग्ने छ । कसैको लहैलहैमा लाग्दा जालझलमा फस्न सकिने छ चनाखो भएर अगाडि बढ्नुहोला । तर साताको मध्यवाट भने तपाईले गरिरहेका दैनिक कार्महकमा प्रगति हुनेछ । धार्मिक यात्राको योगपनि रहेको छ । शुभकार्यको चर्चा चल्नेछ । तपाईको आफ्नै बुद्धिको प्रयोगले जटिल ठानिएका कामहरूपनि सहजै साम्पादन हुनेछन । यो साता तपाईको लागि १ र ९ शुभअंक रहेका छन भने पहेलो रंग शुभरंगमा परेको छ । कुलदेवताको  आराधना पश्चात गरेका कामले तपाईलाई सफलता तिर उन्मुख गराउने छन ।

6DBF53EC F9B9 4B2C 8D33 EF84F53081B1

कर्कट राशि :-  हि हु हे हो डा डि डु डे डो

यो साता तपाईले दाम नाम र इनाम कमाउने समय आएको छ। रमाईलो पारिवारिक भेटघाट को वातावरण बन्नेछ । छोटो दूरको तर लाभदायक यात्रा पनि हुने योग रहेको छ । सामाजिक कार्यहरूमा  सहभागिता जनाउने समय आएको छ । तपाईको लगानीले राम्रो प्रतिफल दिनेछ । तर साताको उत्तरार्धमा भने तपाईले गरेका कामहरूमा वाद्या आईपर्ने र काममा ढिलासुस्ती हुने योग रहेको छ । अनावश्यक यात्रा पनि हुनसक्ने छ। यो साता तपाईको लागि ५ र ६ शुभअंक रहेका छन भने घ गुलावी रातो रंग शुभरंगमा परेको छ । कार्यसिद्धि गणेश भगवानको आराधना पश्चात गरेका कामले तपाईलाई सफलता तिर उन्मुख गराउने छन ।

 

C2E065F7 9DA3 4E06 9E55 9A34A332EA6E

सिंह राशि :- मा मि मु मे मो टा टि टु टे

यो साता तपाईलाई दीर्घकालिन फाईदा हुने नयाँ कार्यको थालनी गर्न योग रहेको छ ।  सन्तान प्राप्तिको योग पनि रहेको छ । तपाईले लगाउनुभएको सुन्दर पहिरनले तपाईको व्याक्तित्वको उचाई थप्नुका साथै सुन्दरतामा निखारता पनि ल्याउने छ । राजनीतिक एवं सामाजिक कार्यमा सफलता हातलाग्ने छ । आफ्नो स्वास्थ्यप्रति चनाखो हुनुहोला । यो साता तपाईको लागि ३ र ५ शुभअंक रहेका छन भने रातो रंग शुभरंगमा परेको छ । पितृहरूको आराधना पश्चात गरेका कामले तपाईलाई सफलता तिर उन्मुख गराउने छन ।

 

ADE63758 7FDE 4B5C A8EB 9EBEA3A73A82

कन्या राशि :-  टो पा पि पु ष ण ठ पे पो

यो साता तपाईलाई नयाँ नयाँ ज्ञान सिक्ने अवसर प्राप्त हुनेछ । तपाईका नजिकका साथीभाईसंग पुर्नमिलन को योग रहेको छ । तर साताको उत्तरार्धवाट भने नयाँ कार्ययोजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्नेछ । वोल्दा निकै सोचेर मात्र बोल्नुहोला अन्यथा बोलिको विपरित अर्थलाग्नेछ । यो साता तपाईको लागि २ र ९ शुभअंक रहेका छन भने आकासे निलो रंग शुभरंगमा परेको छ । विष्णु भगवनको आराधना पश्चात गरेका कामले तपाईलाई सफलता तिर उन्मुख गराउने छन ।

 

5270EBBF 03AD 4605 9CD1 2790EA165C5A

तुला राशि :-  रा रि रु रे रो ता ति तु ते

यो साता प्रेमी जीवन सफल र सुखद रहने छ । सामाजिक एवं धार्मिक कार्यमा रुचि बढने छ । मुहारमा कान्ति छाउने योग रहेको छ । तपाईको आफ्नै बुद्धि विवेक प्रयोग गरेर अधिकतम कार्यहरू संपादन गर्न सक्नुहुनेछ। तर आफ्नो खानपान र स्वास्थ्य प्रति सधै चनाखो रहनुहोला । यो साता तपाईको लागि ५ र ८ शुभअंक रहेका छन भने सेतो रंग शुभरंगमा परेको छ । माता वंगलामुखी को आराधना पश्चात गरेका कामले तपाईलाई सफलता तिर उन्मुख गराउने छन ।

 

4B79A69F 4834 42BB 86D8 66C044CBC56E

वृश्चिक राशि :-  तो ना नि नु ने नो या यि यु

यो साता तपाईको उल्लेख्य रूपमा शैक्षिक प्रगति हुनेछ । रमाईलो यात्राको योगपनि रहेको छ । साझेदारीमा गरेका कामले मनग्य आम्दानी दिलाउनेछन । न्यायको क्षेत्रमा तपाईको पक्षमा फैसला हुनेछ । घरपरिवारमा रमाईलो वातावरणको श्रृजना हुनेछ । यो साता तपाईको लागि ३ र ९ शुभअंक रहेका छन भने घिउ रंग शुभरंगमा परेको छ । पवनपुत्र हनुमानजीको आराधना पश्चात गरेका कामले तपाईलाई सफलता तिर उन्मुख गराउने छन ।

 

0A8BCA82 414D 4986 ADFE 4FC30AB5827C

धनु राशि :-  ये यो भा भि भु धा फा ढा भे

यो साता तपाईको लागि मिश्रित खालको साता रहेको छ । आम्दानी अनुरुपनै खर्चको वाटोपनी देखापर्ने छ । सुखसंग दुःख पनि जोडीएर आउने छन । फाइदा प्राप्तहुदा साथमा हानिपनि हुनेछ सजग भएर अगाडी  बढनुहोला । तपाईको धर्यता र मेहनतले कार्यसिद्ध हुनेछन र लाभ प्राप्त हुनेछ । शुभकार्यको चर्चा पनि चल्नेछ । तर साताको मध्यमा भने तपाईका महत्वपूर्ण कार्यहरूमा तपाईकै विरोधीहरूले वाद्या पुऱ्याउनेछन ।यो साता तपाईको लागि २ र ७  शुभअंक रहेका छन भने हरियो रंग शुभरंगमा परेको छ । पितृहरूको आराधना पश्चात गरेका कामले तपाईलाई सफलता तिर उन्मुख गराउने छन ।

 

74F8ADE1 B89F 4060 AB00 ED174C539A48

मकर राशि :-   भो जा जि जु जे जो ख खि खु खे खो गा गि

यो साता तपाईले गरेको लगानीले दीर्घकालमा फाईदा पुर्याउनेछ । नयाँ नयाँ साथीभाईहरु संग भेटघाट हुनेछ । आर्थिक कारोवार गर्ने वित्तिय संस्थाहरु वाट सहयोग प्राप्त हुनेछ। तर साताको मध्यवाट भने तपाईको स्वास्थप्रति चनाखो हुनुहोला । तपाईको विरोधीहरू काम विगार्न लागिपर्ने छन सचेत रहनुहोला । यो साता तपाईको लागि ४ र ७ शुभअंक रहेका छन भने सेतो रंग शुभरंगमा परेको छ । आफ्ना मान्यजनको सल्लाह सुझाव र आशिर्वाद पश्चात गरेका कामले तपाईलाई सफलता तिर उन्मुख गराउने छन ।

 

6210C06B 5597 4051 95C6 56DBDC566971

कुम्भ राशि :-  गु गे गो सा सि सु से सो द

यो साता तपाईको स्वास्थ्य को वारेम निकै सचेत रहनुहोला । अर्थिक कारोवारवाट तपाईलाई झन्झट मात्र आईलाग्ने योग छ त्यसैले साताको सुरुवातमा नगद कारोवार नगर्दा उत्तम हुनेदेखिन्छ । तर मध्यसाताबाट भने लामो समयदेखी रोकएका कामहरू पुर हुनेछन । तपाईले गरेका काममा पनि सफलता हासिल गर्न सक्नुहुनेछ । यो साता तपाईको लागि ४ र ५ शुभअंक रहेका छन भने सिन्दुरे रंग शुभरंगमा परेको छ । गणेश भगवानको आराधना पश्चात गरेका कामले तपाईलाई सफलता तिर उन्मुख गराउने छन ।

 

00C28400 35D3 47F5 B5B7 9C64B8FA69A4

मीन राशि :-  दि दु थ झ ञ दे दो चा चि

यो साता धर्मकर्म र समाजसेवामा रुचि बढ्नेछ । तपाईले आटे ताकेका राम्रा कामहरू पुराहनेछन । तपाईको चातुर्यतापूर्ण बोलिले गर्दा कार्य सम्पादन गर्न मद्दत मिल्नेछ। आर्थिक आम्दानीका नयाँ नयाँ श्रोतहरु देखापर्ने छन । शुभकार्यको आरम्भ हुनेछ। तपाईका अग्रज र मान्यजनको आशीर्वादले सफलताको उचाईमा पुऱ्याउने छन । यो साता तपाईको लागि ५ र ६ शुभअंक रहेका छन भने सेतो रंग शुभरंगमा परेको छ । महामृत्युन्जयको पाठ वा स्मरण पश्चात गरेका कामले तपाईलाई सफलता तिर उन्मुख गराउने छन ।

यो साता तपाईको शुभ रहोस

जयतु संस्कृतम जयतु सनातनम हरि ॐ


Translate »