वान चाईमा एम टि आर को प्ल्याटफर्म वनाउदा फेलापर्यो दोस्रो विश्वयुद्धको वम यात्रुले पाए छुने र हेर्न अवसर


268EFD93 E37A 4AF0 AD05 5103386E1AA9
नारायण भण्डारी हङकङ ५ मे २०२२

हङकङमा चारै तर्फवाट रेल सेवाहरु दिईएको छ र ति रेलहरुको सेवा पनी विस्तारको क्रममा रहेका छन जसरी तुन मुन हुङहाम सम्मको वेस्टरेल लाई वु का साई सम्म विस्तार गरीएको छ भने ईष्ट रेललाई पनी हुङहामवाट सिधै क्रसहार्वर गरेर वानचाईमा रहेको एक्जिविसन सेन्टर सम्म पुर्याईएको छ।

यहि मे १५ तारीकबाट सेवा संचालनमा ल्याउने घोषणा गरीसकिएको छ भने आज मिडियाहरुलाई रिपोर्टको लागि आज खुल्ला गरीएको थियो। उक्त सेन्टरको आकर्षकको रुपमा प्ल्याटफर्म वनाउदा फेला परेको  सेकेण्ड वल्डवार को समयको वेलाको वम फेला परेको थियो र अहिले उक्त वम अहिले सर्व साधारणले अवलोकनको  लागि राखिएको छ र उनिहरुले छुन समेत पाउनेछन।

रेलका फ्यानहरुका लागि रेल संचालनमा आउनु भन्दा अघिल्लो दिन सम्म सर्वसाधारणलाई अवलोकनको लागि सिमित कोटा सहित आगामी सोमवार ९ मे बाट खुल्ला गरिनेछ। एक्जिविसन  सेन्टरको स्टेसन भुमिगत (अण्डर ग्राउण्ड) तीन तला सहितको निर्माण गरिएको छ। जसको नाम स्टेसन लवी, माथिल्लो प्ल्याटफर्म र तल्लो प्ल्याटफर्म नामाकरण गरीएकोछ।

माथिल्लो प्ल्याटफर्म एम टि आर हुदै एडमिरल्टि जान मिल्नेगरी निर्माण गरीएको छ भने  र तल्लो प्ल्याटफर्म एम टि आर हुदै लोक मा चाउ जान मिल्ने गरी निर्माण गरीएको छ।

उक्त स्टेसनमा बाहिरिने बाटाहरु भने २ वचा मात्र बनाईएकोछ। जसमा एक्जिट A and B लाई लोवीमा राखिएकोछ। सर्वसाधारणहरुको सजिलोको लागि ईन्टरचेन्जकोलागी एक्जिविसन सेन्टर र हङकङ कन्भेन्सन एक्जिविसन भनी राखिएकोछ। त्यसरीनै बाहिरिने बाटोबाट फुटव्रिजमा जान सकिनेछ भने प्ल्याटफर्मको करिडोरहुदै ग्रेट ईगल सेन्टर र हार्वर सेन्टर पुग्न सकिनेछ। र यसको बाहिर ७ वटा पसलहरु समेत राखिएकोछ जसमा कन्भेन्सन सपहरु र बैंकहरु समेत रहेकाछन।

 


Translate »