हङकङमा युन लोङ बाट ३०० किलो पटाका बरामद


7ED0384C 4E4E 4CFB 8EA1 970B130717C8

नारायण भण्डारी हङकङ १९ जनवरी २०२२

हङकङमा युन लङ प्रहरी जिल्लाको सुसासन र सुरक्षा कार्य टोलीले हिजो १८ तारिख राति करिब ११ बजे युन लङको फुङ का वेई नजिकै एउटा बेवारिसे  कन्टेनरमा छापा मारेर घटनास्थलमा करिब ३०० किलोग्राम पटाका बरामद गरेको छ।

उक्त बरामद गरिएको सामानको बजार मूल्य लगभग ३५०,००० हङकङ डलर छ र हाल उक्त घटनाबाट कोही पनि पक्राउ परेको छैन। दुर्घटना वा आगलागी हुन नदिने गरी आतिशबाजीका सामान उत्पादन, बेचबिखन, खरिद, स्वामित्व वा प्रयोग नगर्न प्रहरीले सर्वसाधारणलाई जानकारी र सम्झाईबुझाई गर्दै आईरहेको छ।

खतरनाक बिष्फोटक  सामान अध्यादेश अनुसार अवैध रूपमा आतिशबाजी राख्ने वा फाल्नेलाई अधिकतम २५,००० हङकङ डलर जरिवाना र दोषी ठहरिएमा ६ महिनाको जेल सजाय हुने कुरा कानुनमा रहेको छ।

हङकङमा चाईनिज नयॅा बर्ष र हङकङ ब्रिटिसबाट स्वतन्त्र भएको अक्टुवर १ र अंग्रेजी नयॅा बर्षमा अतिसबाजी गर्ने गरेको छ र उक्त सामानको जोहो सरकार आफैले गर्नेगरेको छ। यहॅा कुनैपनी पसलमा पटका बेचबिखन गर्न र कसैले पनी किन्न पाईदैन।


Translate »