हङकङको साउ माउ पिङ टावरक्रेन खसेर ६ जना घाइते २ जनाको मृत्यु


C37B1BBA 5514 4BB9 BF1A B53AD095DEFD

नारायण भण्डारी हङकङ ७ सेप्टेम्वर २०२२

हङकङको साउ माउ पिङको एन्डरसन रोडमा रहेको निर्माणस्थलमा बुधबार बिहान एउटा ठूलो टावर क्रेन खस्दा कम्तीमा दुई निर्माण मजदुरको मृत्यु भएको छ भने अन्य छ जना घाइते भएका छन।

आज बिहान १०ः५४ बजे भएको घटनाले निर्माणस्थल भित्र रहेका कैयौं कन्टेनरमा क्रेन खसेर धेरै कामदार भित्र फसेका थिए।

DFD3B0C5 389D 4C52 91D7 A3C3AA136794

प्रहरीले दुई कामदारको मृत्यु भएको पुष्टि गरेको छ भने ६ जना घाइते कामदारमध्ये एक बेहोस अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । सात एम्बुलेन्सहरू तैनाथ गरिएका थिए, र  फसेका पीडितहरूलाई उद्धार गर्न अग्नि नियन्त्रकहरूलाई बोलाइयो।

घटनालाई औद्योगिक दुर्घटनाको रूपमा वर्गीकृत गरिएको छ, र अधिकारीहरूले घटनाको कारण अनुसन्धान गरिरहेका छन।


Translate »