२०४६ यताका उच्चपदस्थको सम्पत्ति सुद्धिकरणको माग राख्दै रा प्र पा पुग्यो संम्पत्ति सुद्धिकरण अनुसन्धान बिभाग


 

IMG 0727

नारायण भण्डारी हङकङ १८ जुलाई २०२५

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले २०४६ साल यताका उच्च राजनीतिक र प्रशासनिक पदमा रहेकाहरूको सम्पत्ति छानबिनको माग गर्दै आज सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा औपचारिक ध्यानाकर्षण गराएको छ। लामो समयदेखि पार्टीको प्रमुख एजेण्डा रहँदै आएको यो विषयलाई राप्रपाले आज संस्थागत रूपमा विभागमा दर्ता गराउँदै नयाँ पहलको थालनी गरेको हो।

राप्रपा अध्यक्ष श्री राजेन्द्र लिङ्देनको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले हरिहरभवनस्थित विभागको कार्यालयमा पुगेर महानिर्देशक श्री सुमन दाहाललाई औपचारिक मागपत्र बुझाएको छ।

राजनीतिक नेतृत्वको सम्पत्तिको पारदर्शिता र जवाफदेहिता सुनिश्चित गर्न यस्तो औपचारिक कदम चाल्ने नेपालकै पहिलो दल बन्ने गौरव पनि राप्रपाले हासिल गरेको छ। यस कार्यले राप्रपाको निडर नेतृत्व, सत्यतर्फको प्रतिबद्धता र संस्थागत सुधारप्रतिको दृढ इच्छाशक्तिको स्पष्ट उदाहरण प्रस्तुत गरेको छ।

रा प्र पा को राष्ट्रभक्ति हिन्दुराष्ट्रकायम हुनुपर्ने र संबैधानिक राजतन्त्रको माग राखेर अगाडि बढिरहेको बेलामा बिभिन्न पार्टिबाट रा प्र पा मा प्रबेस गर्नेहरुको घुईचो बढ्दैछ र यूबाहरु समेत अहिले यस पार्टिमा पेकवेस गरिपहेका छन पक्कै पनि अब आउने चुनाबमा पनि रा प्र पा ले आफुलाई समय सापेक्ष परिवर्तन गरेर अगाडि बढ्दा देश र जनताको साथै पार्चिको लागि पनि हित हुनेछ।


Translate »