हङकङमा लिम्वु र लिम्वुवान ईतिहास समेटिएको “याक्थुङ साप्मुन्धुम” लोकार्पण


IMG 0568
नारायण भण्डारी हङकङ

जिवनको अधिकासं उर्जासिल समय शिक्षण पेसामा पूर्वि नेपालको तेह्रथुम मेयलुङ स्थित श्री सिंहबाहिनी बिधालयका पूर्व प्राध्यानाध्यापक समेत रहेका यश ऐतिहासिक पुस्तक “याक्थुङ साप्मुन्धुम” का लेखक उमेरको हिसावले पनि करिव करिव ९ दशक लाग्नै आटेका श्री लिलाबाहादुर तुङबाहाङ्फेले तयार पारेको दस्ताबेज १३ जुलाई २०२५ का दिन हङकङको जोर्डनमा रहेको व्लु ओसन रेष्टुरेण्ट एण्ड वारको सभाहलमा भव्यताका साथ लोकार्पण गरीएको थियो।

हङकङको राष्ट्रिय सुरक्षा क्षेत्रीय  सल्लाहकार, नेपाली माहासंघ हङकङका पूर्व अध्यक्ष, सामाजिक व्याक्तित्व,  हङकङका नेपालीहरुका माझमा लोकप्रिय मृदुभाषि एवं सफल व्यवसायी श्री टंक रानाको जंयोजकत्वमा आयोजना। गरीएको उक्त लोकार्पण कार्यक्रममा हङकङ र मकाउका लागि माहाबाणिज्यदुत समेत रहेका श्री बिन्देश्वर प्रसाद लेखक प्रमुख अतिथी रहेको कार्यक्रममा कार्यक्रम संचालकको भुमिकामा हास्य कलाकार चलचित्र निर्देशक एव निर्माता समेत रहेका मौषम लिम्बु उर्फ फुलन्देको बाउले संचालन गरेको कार्यक्रमको प्रतुतीकरणले उपस्थित मानिसहरुको अनुहारलाई नहासीकन बस्न दिएको थिएन।

उक्त कार्यक्रमको सभापतित्व  तुम्बाहाङफे सयङका अध्यक्ष सुरेश तुङबाहाङ्फेको अध्यक्षतामा बिभिन्न संघ संस्थाका प्रतिनिधी र  याउ चिं मोङ जिल्ला परिषद् सदस्य अरुणा गुरुङ, हङकङ नेपाली महासङ्घकी अध्यक्ष रिता गुरुङ, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष शशिमदन राई, हङकङ साहित्यिक साझा श्रृङ्खलाकी संयोजक जुनू राना, कृति चिल्ड्रेन सेन्टरकी निर्देशक पुष्पा गुरुङ, मुन्धुम अध्ययन प्रतिष्ठानका प्रमुख तथा अग्रज साहित्यकार भूपेन्द्र चेम्जोङ,तेक्वान्दोमा नवौँ डान प्राप्त गर्ने पहिलो नेपाली तुल्सीकुमार गुरुङ ,आयोजक संस्था सयङका सल्लाहकार शमशेर तुम्बाहाङ्फेलगायतका प्रतिष्ठित व्यक्तित्वहरू विशेष अतिथि रहेका थिए। जोर्डनमा रहेको ब्लु ओसन रेस्टुरेन्टको सभाकक्षमा सञ्चारकर्मीहरूमा NHDD Studio ले कार्यक्रमको लाईभ प्रस्तुत गरेको थियो भने अन्य मिडियाहरुमा HK Nepal dot com. गुल्मी खवर का निर्देशक एवं संपादक नारायण भण्डारी, D2 Entertainment का संचालक फोटोग्राफर धर्मराज, Best Short का संचालक डाईरेक्टर बिजय सुव्वा लगायतका मिडियाको  बाक्लो उपस्थिति बीच गरिएको उक्त लोकार्पण समारोहमा नेपाल चेम्बर अफ कमर्स हङकङका सल्लाहकार तथा व्यवसायी डासुराम पराजुली, लिङ्मा कन्स्ट्रक्सन एन्ड इन्जिनियरिङ कम्पनी लिमिटेडका डाइरेक्टर माया थुलुङ राई, गैरआवासीय नेपाली सङ्घ, अन्तर्राष्ट्रिय समन्वय समितिकी महिला सचिव टिका गुरुङ,गैरआवासीय नेपाली संघ हङकङकी उपाध्यक्ष अनु राई, तामाङ घेदुङ सङ्घकी अध्यक्ष अनिता पाख्रिन,एकीकृत नेपाली समाज(हिन्स)का डाइरेक्टर विनय शाह,नेपाली जनसम्पर्क समिति हङकङका अध्यक्ष शैलेन्द्र सिंह बोगटी, उपाध्यक्ष ताहिर खान ,सल्लाहकार बसन्त श्रीनेत, मिन गुरुङ,सन्तोष घले,देवराजन गुरुङ, नेपाली जनसम्पर्क समिति हङकङका पदाधिकारीहरू, धरान–१७ समाजका अध्यक्ष मधुकुमार चाम्लिङ,याक्थुङ आर्टिस्ट सोसाइटीका श्याम इङ्नाम,याक्थुङ चुम्लुङका पूर्वाध्यक्ष असली वनेम, लिम्बु समुदायका व्यक्तित्वहरु, समाजसेवी एवं कानुन व्यवसायी ईन्द्र बनेम,  नेपाल एयरलाइन्स हङकङका स्टेसन म्यानेजर विजय अधिकारी,व्यवसायी प्रविण काङमाङ,विभिन्न संघसंस्था तथा क्षेत्रका विशिष्ट व्यक्तित्वहरूलगायत साहित्यकार एवं लेखक कमल पौडेल,साहित्यकार तथा सञ्चारकर्मी टंक सम्बाहाम्फे, प्रदिप कन्दङवा, दाजु गुरुङ,भविन लिम्बु, चर्चित उपन्यास ‘प्याउली’ की सर्जक बालिका बान्तवा,सीला घमाल, हङकङ साहित्रोयिक साझा श्रृंखलाका सह-संयोजक रेशन याक्सो लगायतका आदि आदि व्याक्तित्वहरु अतिथिमा आमन्त्रित थिए ।

यसैगरी कार्यक्रममा शुभकामना वक्तव्य राख्नेहरुमा जुनू राना, कमल पौडेल, टंक राना, शम्शेर तुम्बाहाङ्फे, प्रकाशक भावना तुम्बाहाङ्फे लगायतका व्यक्तित्वहरूले थिए भने मुन्धुमविद तथा साहित्यकार भूपेन्द्र चेम्जोङले पुस्तकबारे समीक्षात्मक मन्तव्य राखेका थिए। ’याक्थुङ साप्मुन्धुम’ लिम्बु र लिम्बुवान इतिहासबारे वर्षौं खोज, अध्ययन र अनुसन्धान गरी लेखिएको ऐतिहासिक दस्तावेज भएकोले आफूले केही क्षणको अध्ययनबाट समीक्षा गर्न नसक्ने’ र पुस्तकको कभर र नाम हेरेरमात्र बोल्दा पुस्तक र लेखकमाथी ठूलो अन्याय हुने कुरा  समीक्षकको भूमिकामा रहेका भूपेन्द्र चेम्जोङको भनाई थियो ।

खोज,अनुसन्धान, शिक्षण पेसामा समेत ३४ वर्ष बिताउनु भएका लेखक लिलाबाहुर , लेखन र प्रकाशनमानै आफ्नो जिवनको आधाजसो  जीवन समर्पण गर्नुभएका उहाँले २०६३ सालमा ऐतिहासिक ग्रन्थ ’सातरेनुहाङ तुम्बाहाङ्फे वंशावली र फेदाप लिम्बुवान’ (ऐतिहासिक ग्रन्थ) लेख एवं प्रकाशन गर्नुभएको थियो ।

लेखक लीला बहादुरको हङकङबासी छोरी भावना तुम्बाहाङ्फे र ज्वाई पासाङ नाम्ग्याल लामाले सो पुस्तक प्रकाशन गरेका हुन् भने सो पुस्तकको सम्पादकमा भने डी.बी.आङबुङ रहेका छन।


Translate »