नारायण भण्डारी हङकङ १६ चैत्र २०७९
नेपाली नया वर्ष नजिकिदै गरेको छ साथमा बिदेशलाई कर्मथलो बनाएका नेपालीहरुले छुट्टिको दिन पारेरै भएपनि आफ्ना मौलिक चाडवाड रितीरिवाज र पर्वहरुलाई मनाउदै आईरहेका छन। यसै क्रममा हङकङमा रहेका गुल्मेलीहरुले स्थापना गरेको गुल्मी समाज हङकङले पनि नेपाली नयॅा वर्ष बि.स. २०८० सालको उपलक्ष्यमा भेटघाट, शुभकामना आदान प्रदान साथमा गुल्मेली पञ्चेबाजा र अतिथी कलाकारहरुलाई समेत आमन्त्रण गरेर बिबिध कार्यक्रम गर्ने भएको छ।
यसपालीको नेपाली नयॅा वर्ष शुक्रबारबाट सुरु भएपनि ३ गते आईतबार अर्थात १६ एप्रिल २०२३ का दिन हङकङको न्यू टेरेटोरीमा रहेको ताईतोङ कन्ट्रिपार्कमा भव्यताकासाथमा कार्यक्रम गर्न थालेको हो। नियमित कार्यक्रमहरु मध्येको भव्यउपस्थितीका साथ मनाईने मध्येको नेपाली नयॅा वर्षको शुभकामना आदानप्रदान तथा भेटघाट कार्यक्रम पनि एक रहेको छ। बिश्वमा चलेको कोरोना माहामारीको प्रकोप पछाडी अर्थात ३ वर्षपछि समाजले आउटडोर अर्थात खुल्लारुपमा यो कार्यक्रमको आयोजना गर्नलागेको हो। त्यसैले पनि हामी सहजै अनुमान गर्न सक्छौकी यसपालीको कार्यक्रममा बाक्लो उपस्थिती हुनेमा कुनै द्विविधा भने पक्कै छैन। कार्यक्रम स्थलसम्म जाने र फर्कनको लागि बसको व्यवस्था गरीएको छ।