
नारायण भण्डारी हङकङ २ जुन २०२२
हिजो १ जुलाईका दिन हङकङमा रहेको प्रवासी नेपाली एकता समाजको आयोजनामा आव्हान गरीएको रा प्र पा मा नव प्रवेशी साथीहरुलाई पाटि प्रवेस गराउन व्लुओसन रेष्टुरेन्टमा आयोजना गरीएको कार्यक्रममा ९ जना व्याक्तिहरुले पाटि प्रवेश गरेका थिए। जसमा क्रमसः
१. मोती चामलिङ
२. धन वहादुर तामाङ
३. सुरेन लामिछाने
४. उत्तम तामसुहाङ
५. ववता सेन
६. आकाश भुषाल
७. सागर थापा
८. राजेश लिम्वु
९. अशोक मल्ल
लाई समाजका अध्यक्ष ईश्वर विक्रम शाहले टिका तथा समाजका सल्लाहकार प्रकाश पुन ज्यूले खदा लगाएर पाटिमा स्वागत गर्नुभएको थियो।
पाटि प्रवेश पस्चात समाजका अध्यक्षले कार्य समितीके बैठक आवहान गर्नुभएको थियो। उक्त कार्यक्रममा नव प्रवेशी सदस्यहरुलाई कार्यबिभाजन गर्नु भएको थियो। र कार्यसमिती सदस्यको संख्या बढाएर १६ जना गराउनुभएको थियो जसमा मोती चाम्लीङ तथा उत्तम तमसुहाङ लाई सचिवमा सर्वसम्मत रुपमा चयन हुनुभएको थियो भने समाजको प्रवक्तामा मोती चामलिङलाई चयन गरीएको थिय।
यसैगरी नव प्रवेशी आकाश भुषाललाई सह-सचिवको पदमा सर्वसम्मत रुपमा चयन गरीएको थियो। प्रवासी नेपाली एकता समाजको स्थापना कालदेखी नै समाजको लागि सल्लाह सुझाव दिदै आउनुभएका श्री मन बहादुर गुरुङलाई सर्वसम्मत रुपमा सल्लाहकारमा यसरी नै छत्र सुव्वा ज्यूलाई पनी सल्साहकारमै चयन गरीएको थियो।
यसैगरी मिडियाको लागि गुल्मेली अनलाईन टिभीका संथापक नारायण भण्डारी लाई मिडियाको लागि सर्वसम्मत रुपमा चयन गरिएको थियो।