साहित्यकार दाजु गुरुङको तेस्रोकृती उपन्यास “निरजोया” हङकङमा लोकार्पण


नारायण भण्डारी २७ मे २०२४ हङकङ

बिगत लामो समयदेखि हङकङलाई कर्मथलो बनाउदै आएका संखुवासभाको मादी नगरपालिकाका स्थाई बासिन्दा उपेन्द्र कोरङ्गी गुरुङ उर्फ दाजु गुरुङले हङकङमानै रहेर आफ्नो तेस्रोकृती उपन्यासको लोकार्पण गराएका हुन। पहिलो “टाकिका फुल” कथा संग्रह र दोस्रो “लाईसी” पछियो यो “निरजोया” उपन्यास उनको तेस्रो कृतारहेको छ।

हङकङ साहित्यिक साझा श्रृंखलाका संरक्षक रहेका दाजु गुरुङ एक बौद्विक व्याक्तित्व पनि हुन त्रिभुवन बिश्व बिधालयबाट स्नाकोत्तर सम्मको शिझा हासिल गरेका र पूर्व सहायक क्याम्पस प्रमुख समेत रहेका साहित्यकार दाजु गुरुङ एक सव्य र भलाद्मी व्याक्तित्व समेत रहेका छन। प्रायसः नहेरीकनै आफ्ना सृजनाहरु वाचन गर्ने दाजु गुरुङले यसपाली भने आफ्नो परिवेस भन्दा टाढाको बिषय बस्तुलाई जिवन्त बनाउने प्रयास आफ्नो तेस्रो कृती “निरजोया” मार्फत गरेका छन।

यसै कथाका पहिलो पात्र निरजले मलेसियामै रहदारा आफ्नो जिवन कथालाई उनले यस उपन्यासमा समेटेका छन। नेपालमा माओवादि द्वन्दकालमा धेरै यूवाहरु पलायन भएका थिए त्यसै मध्येका एक हुन निरोजपनि फ्रि भिसाको प्रयोग गरेर मलेसिया गएको वेला भएको प्रेम अनि पछि हङकङ आएपछि सो कथा उनलाई सुनाएका थिए। सोहि कथाका आधारमा यो उपन्यास तयार भएको हो। नेपाली हिन्दु धर्मालम्वी निरोज र मुस्लिम धर्मालम्वि जोयाको बिचको कारुणिक प्रेम कथा प्रमुख रहेको छ।

हङकङका सहायक नेपाली माहाबाणिज्यदुतावासका प्रतिनिधी लाई प्रमुख अतिथी बनाईएको कार्यक्रमको आयोजक संखुवासभा समाज हङकङ र सह आयोजक हङकङ साहित्यिक साझा श्रृंखला रहेको थियो। हङकङका बिभिन्न संस्थाका प्रतिनिधी, समाजसेवी, वुद्विजिवी, पत्रकारहरु लगायतका नेपाली समुदायका व्याक्तिहरुको व्याक्तिहरुको सहभागिता कार्यक्रममा रहेको थियो।

बिशेषतः नारिवादिकथामा आधारीत रहेको रहेको यो उपन्यास मुस्लिम धर्मालम्विहरुको बाहुल्यता रहेको मलेसियामा पुरुहरु घरमा बस्ने र महिलाहरुले कामगर्ने र पुरुषलाई आफ्नो यौनचाहाना पुरागर्ने साधनको रुपमा उपन्यास केन्दित रहेको छ। त्यसैको प्रतिनिधी पात्र समेत रहेका छन निरोज ६ महिनाको भिजिट भिषामा मलेसिया पुगेका निरोज मलेसियन जोया संग प्रेममा परेपछि उनैको चाहानामा चल्नुपर्ने बाध्यातामा रहेको कुरा कथामा वताईएको छ। मुस्लिमधर्मालम्विको बाहुल्यता रहेपनि यौनको मामिलामा भने मलेसियामा निकै उदार रहेको कुरा समेत उपन्यासमा प्रस्टपारिएको छ। बिबाहित निरोज जोयाको प्रेममा फसेपछिको कारुणिक कथाले सबैको मन छुने कथाको रुपमा प्रस्तुत गरिएको छ।

गजलकार एवं समिक्षक बज्रकुमार ठूलुङ राईले कार्यक्रममा उपन्यासमाथी टिप्पणि गरेको थिए भने साहित्यकार देवेन्द्र खेरेसले समिक्षा गरेका थिए। एन एच डि डि, गुल्मी खवर, एच के नेपाल, र ज्याप स्टुडियो लगायतका मिडियाहरुले कार्यक्रमको छायाचित्र र प्रतण प्रसारण गरी कार्यक्रमलाई संसारमाझ पुर्याउन सहयोग गरेका थिए।

कार्यक्रमको समाप्ति लगत्तै संखुवासभा समाजले आफ्नो वार्षिक मुखपत्र प्कासनको समयमा समय अभावले गर्न नसकेको कार्यक्रमको अंस हङकङमा अध्ययन गर्दै आएका नानिबाबुहरुमध्ये उत्कृष्ट हुनेहरुलाई नगद र प्रमाणपत्रले सम्मान समेत गरेको थियो सम्मानित हुनेहरुमा,

IMG 7709

 

 


Translate »